
गरिमा विकास बैंकको भुक्तानी नभएको नगद लाभांश बुझिलिन आउने बारे सूचनाGarima Bikas Bank: Notice to claim unclaimed cash dividends
- वर्ग:Category:
- NEPSE News
- प्रकाशित मिति:Published:
- Published on June 18, 2026
भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिनका लागि शेयरधनी महानुभावहरुको जानकारीको लागि जारी गरिएको सूचना
यस गरिमा विकास बैंक लिमिटेड र यस विकास बैंकमा गाभिनुपूर्व साविक निलगिरी विकास बैंक लिमिटेड, साविक शुभेच्छा विकास बैंक लिमिटेड र साविक सहारा विकास बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०६६/६७ देखि २०७३/७४ सम्ममा पारित भएको नगद लाभांशमध्ये शेयरधनी महानुभावहरुबाट कुनै आर्थिक वर्षको नगद लाभांश बुझिलिन बाँकी रहेमा, यो सूचना प्रकाशित भएको मितिले एक महिना भित्र यस विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौ वा शेयर रजिष्ट्रार श्री एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौमा सम्पर्क गरी बुझिलिनुहुन अनुरोध गर्दछौं । तोकिएको मिति सम्ममा पनि नगद लाभांश बुझिलिन नआएमा बाँकी लाभांश रकम कम्पनी ऐन २०६३ को दफा १७२ को उपदफा (१) मा भएको व्यवस्था बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराईन्छ ।
Notice issued for the information of shareholders to claim unclaimed cash dividends.
Garima Bikas Bank Limited and its merged entities, namely Nilgiri Bikas Bank Limited, Shubhechha Bikas Bank Limited, and Sahara Bikas Bank Limited, have passed cash dividends from the Annual General Meetings for the fiscal years 2066/67 to 2073/74. If any shareholder has not claimed their cash dividend for any fiscal year, they are requested to contact the central office of this development bank at Lazimpat, Kathmandu, or the share registrar, NIMB Ace Capital Limited, Lazimpat, Kathmandu, within one month from the date of publication of this notice to claim it. It is also informed through this notice that if the cash dividend is not claimed by the specified date, the remaining dividend amount will be deposited into the Investor Protection Fund as per the provision of Sub-section (1) of Section 172 of the Companies Act, 2063.