आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
31 May, 2026
जी.डी. फर्मास्युटिकल्सको विशेष साधारण सभा सूचना

जी.डी. फर्मास्युटिकल्सको विशेष साधारण सभा सूचनाG.D. Pharmaceuticals Special General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on May 31, 2026

जी.डी. फर्मास्युटिकल्स लिमिटेडको

विशेष साधारण सभा सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति जेष्ठ १७, २०८३

उपरोक्त सम्बन्धमा यस जी.डी. फर्मास्युटिकल्स लिमिटेडको जेष्ठ १५, २०८३ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम कम्पनीको विशेष साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयमा छलफल तथा निर्णय गर्न बस्ने भएकाले उक्त विशेष साधारण सभामा उपस्थितिको लागि सम्पूर्ण शेयरधनीहरुलाई सादर अनुरोध गर्दछौँ।

१. सभा हुने मिति, समय र स्थान :

मिति : आषाढ ०१, २०८३ (जुन १५, २०२६)

समय : बिहानको ८:०० बजे, सोमबार

स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाण्डौँ।

२. छलफलको विषय:

क) विशेष प्रस्तावहरु

  1. कम्पनीको जारी पूँजी वृद्धि सहित कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने।
  2. कम्पनीको दायित्व समायोजन गर्नका लागि शेयर विक्री तथा बाँडफाँड गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।
  3. कम्पनीले सर्वसाधारणहरुको लागि प्रारम्भिक शेयर निष्काशन (Initial Public Offering) गर्ने।
  4. सम्बद्ध निकायहरुको निर्देशन अनुसार कम्पनीको प्रवन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।

ख) विविध

G.D. Pharmaceuticals Limited's

Special General Meeting Notice

First published date: Jestha 17, 2083

In relation to the above, as per the decision of the Board of Directors meeting of G.D. Pharmaceuticals Limited held on Jestha 15, 2083, a Special General Meeting of the company will be held as per Section 67 of the Companies Act, 2063, at the following date, time, and place to discuss and decide on the following matters. All shareholders are kindly requested to attend the said Special General Meeting.

1. Date, Time and Place of Meeting:

Date: Ashadh 01, 2083 (June 15, 2026)

Time: 8:00 AM, Monday

Place: Company's Registered Office, Kathmandu.

2. Discussion Topics:

a) Special Resolutions

1. To amend the company's Memorandum and Articles of Association including the increase in the company's issued capital.

2. To authorize the Board of Directors to sell and allot shares for the adjustment of the company's liabilities.

3. To issue Initial Public Offering (IPO) for the general public.

4. To authorize the Board of Directors to modify and add to the proposed amendments in the company's Memorandum and Articles of Association as necessary, as per the directives of the concerned bodies.

b) Miscellaneous