आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
22 May, 2026
ग्रामीण विकास लघुवित्तको मर्जर प्रस्ताव सहितको प्रथम वार्षिक साधारण सभा सूचना

ग्रामीण विकास लघुवित्तको मर्जर प्रस्ताव सहितको प्रथम वार्षिक साधारण सभा सूचना

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Updated on May 29, 2026
English translation is not available for this announcement. Showing the original Nepali notice below.

प्रथम वार्षिक साधारण सभा सम्बन्धी अत्यन्त जरुरी सूचना

(प्रथम पटक प्रकाशित मिति : २०८३/०२/०८)

यस संस्थाको मिति २०८३/०२/०३ गते बसेको सञ्चालक समितिको १७औं बैठकको निर्णयानुसार साविकको समाज लघुवित्त वित्तीय संस्थासँग भएको मर्जर पछिको संस्थाको प्रथम वार्षिक साधारण सभा देहायका विषयमा छलफल तथा निर्णय गर्न निम्न मिति, समय र स्थानमा भौतिक उपस्थिति र विद्युतीय/भर्चुअल/(Zoom) माध्यमबाट सञ्चालन हुने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि कम्पनी ऐन, २०६३ को दफा (६७) तथा संस्थाको नियमावलीको नियम (४) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।

साधारण सभा हुने मिति, समय र स्थान :

मिति : २०८३ असार १४ गते आइतबार (तदनुसार जुन २८, २०२६)

समय : बिहान ११:०० बजे

स्थान : सिद्धार्थ कटेज रेष्टुरेन्ट, मिलन चोक, बुटवल-९, रुपन्देही । साधारण सभा भौतिक उपस्थिति र विद्युतीय/भर्चुअल/(Zoom) माध्यमबाट सञ्चालन हुनेछ । साथै, साधारण सभाको भर्चुअल मिटिङको लिङ्क शेयरधनी महानुभावहरुले उपलब्ध गराएको इमेल ठेगानामा पठाइनेछ ।

छलफलका विषय सूचीहरु :

(क) साधारण प्रस्ताव :

  1. सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने । साथै यसै वार्षिक प्रतिवेदनको खण्ड (ख) मा रहेको साविक समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर पूर्वको संलग्न आ.व. २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु तथा सम्बन्धित अनुसूचीहरु समेत पारित गर्ने ।
  3. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस संस्थाको आ.व. २०८२/८३ अवधिको र साविक समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८२/८३, (२०८२ साउन १ गते देखि २०८२ कार्तिक ०१ गतेसम्म, मर्जर पूर्वको) समेत बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
  4. संस्थापक समूह (क) को (आ) बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुको तर्फबाट प्रतिनिधित्व हुने गरी निर्वाचित कम्तीमा १ (एक) जना महिला सहित ३ (तीन) जना सञ्चालक चयन गर्ने ।
  5. सर्वसाधारण समूह (ख) को शेयरधनीहरुबाट निर्वाचित हुने २ (दुई) जना सञ्चालक चयन गर्ने ।

(ख) विशेष प्रस्ताव :

१. ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने प्रयोजनका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता पत्र (Memorandum of Understanding) मा को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन (Due Diligence Audit) गर्न परामर्श दाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एवं अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ति गर्ने लगायतका कार्यहरुसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

२. नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको निर्देशन लगायत अन्य कारणबाट संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा कुनै संशोधन परिमार्जन थपघट वा परिवर्तन गर्नुपर्ने अवस्था भएमा सोही बमोजिम संशोधन/परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्ने सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

(ग) विविध :

साधारण सभा सम्बन्धमा अन्य थप जानकारी :

  1. प्रथम वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३/०२/२२ गते १ दिन यस वित्तीय संस्थाको शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ ।
  2. मिति २०८३/०२/२१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि.मा कारोबार भई शेयर नामसारी भएका शेयरधनीहरु मात्र संस्थाको प्रथम वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।
  3. वार्षिक साधारण सभामा भाग लिन आउने शेयरधनी महानुभावहरुले आफ्नो शेयर प्रमाणपत्र वा हितग्राही खाता नं. र शेयर सङ्ख्याको विवरण वा परिचय खुल्ने कुनै आधिकारिक प्रमाणपत्र सहित उपस्थितिको जानकारी सभा समक्ष गराउनुपर्नेछ । सङ्गठित संस्थाबाट प्रतिनिधित्व गर्ने भएमा सङ्गठित संस्थाको आधिकारिक पत्र पेश गर्नुपर्नेछ । भौतिक रुपमा उपस्थित हुन नसक्ने शेयरधनी महानुभावहरुलाई विद्युतीय/भर्चुअल (Zoom) माध्यमबाट साधारण सभामा सहभागी भइदिनुहुन अनुरोध छ ।
  4. विद्युतीय/भर्चुअल (Zoom) माध्यम मार्फत सहभागी हुन शेयरधनी महानुभावहरुलाई संस्थाको तर्फबाट User ID/Password उपलब्ध गराइनेछ । साधारण सभा सुरु हुनुभन्दा एक घण्टा अगावै विद्युतीय/भर्चुअल (Zoom) प्रणाली खुला गरिनेछ । सो समय अगावै सभामा सहभागी हुन चाहने शेयरधनीहरुले संस्थाबाट प्रदान गरिएको User ID र Password को माध्यमबाट Login गरी आफ्नो परिचय, शेयरधनी नं./हितग्राही खाता नं. र शेयर संख्या सहित उपस्थितिको जानकारी सभा समक्ष गराउनुपर्नेछ ।
  5. भर्चुअल माध्यमबाट सहभागी शेयरधनीहरुको हाजिरी निजहरु Login भएको देखिने गरी प्रमाणका निमित्त फोटो खिचेर तथा सभा सञ्चालन अवधिवरको भिडियो रेकर्ड गरेर राखिनेछ । यस किसिमको उपस्थितिलाई सभाहलमा उपस्थित भए सरहको मान्यता दिइनेछ ।
  6. विद्युतीय/भर्चुअल (Zoom) माध्यमबाट वार्षिक साधारण सभामा भाग लिँदा/प्रोक्सी दर्ता गर्दा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
  7. शेयरधनी महानुभावहरुले छलफलका विषयहरुमध्ये विविध शीर्षक अन्तर्गत वित्तीय संस्था सम्बन्धी केही जिज्ञासा भए साधारण सभा हुनुभन्दा ७ दिन अगावै कम्पनी सचिवको इमेल मार्फत सञ्चालक समितिका अध्यक्षलाई लिखित रुपमा दिनुपर्नेछ । साधारण सभामा सहभागी हुनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले संस्थाको अर्को शेयरधनीलाई तोकिएको ढाँचा (प्रोक्सी नियुक्तिको निवेदनको ढाँचा संस्थाको वेबसाइटमा राखिएको छ) बमोजिमको प्रोक्सी फाराम भरी प्रतिनिधि नियुक्त गरी सभा सुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै अर्थात मिति २०८३/०३/१२ गते बिहान ११:०० बजेभित्र संस्थाको प्रधान कार्यालय, बुटवलमा दर्ता गराइसक्नुपर्नेछ ।
  8. संस्थाको शेयरधनी बाहेक अरुलाई प्रतिनिधि (प्रोक्सी) मुकरर गर्न र एकभन्दा बढी व्यक्तिलाई आफ्नो शेयर विभाजन गरी तथा अन्य कुनै किसिमबाट छुट्याई प्रतिनिधि (प्रोक्सी) मुकरर गर्न पाइनेछैन, त्यस्तो रितपूर्वक नियुक्त भएको प्रतिनिधि (प्रोक्सी) लाई मात्र सभामा सहभागी गराइनेछ । साथै, संस्थामा कार्यरत कर्मचारीहरुले सञ्चालक उम्मेदवारको प्रस्तावक तथा समर्थक हुन र प्रतिनिधि भई प्रोक्सी लिन पाइनेछैन ।
  9. एकजना शेयरधनीले एकभन्दा बढीलाई प्रतिनिधि (प्रोक्सी) मुकरर गरेमा पहिलो प्रतिनिधि, प्रोक्सी) लाई मात्र मान्यता दिइनेछ ।
  10. संयुक्त रुपमा शेयर खरिद गरेको अवस्थामा शेयर लगत किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति वा संरक्षकको रुपमा नाम भएको व्यक्तिले मात्र सभामा भाग लिन पाउनेछन् ।
  11. संरक्षक रहनुभएका शेयरधनी महानुभावहरुको तर्फबाट यस संस्थाको शेयर लगत किताबमा संरक्षकको रुपमा नाम भएको व्यक्तिले मात्र सभामा भाग लिन वा प्रतिनिधि नियुक्त गर्न पाउनेछैन ।
  12. सङ्गठित संस्थाका शेयरधनी भएमा त्यस्ता सङ्गठित संस्थाहरुद्वारा मनोनित व्यक्तिले ल्याउने प्रतिनिधि (प्रोक्सी) फाराममा संस्थाको छाप भएको हुनुपर्नेछ ।
  13. सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहरुले सभा हुने स्थानमा रहेको उपस्थिति पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । शेयरधनी उपस्थिति पुस्तिका बिहान ९:०० बजेदेखि खुला रहनेछ ।
  14. शेयरधनीहरुबाट उठेका प्रश्न, जिज्ञासा वा मन्तव्यहरुको सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष वा निजबाट अनुमति प्राप्त व्यक्तिले जवाफ दिन सक्नेछन् ।