
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आह्वानGuardian Micro Life Insurance Calls Special General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 2, 2026
विशेष साधारणसभा सम्बन्धि सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३।०७।१६ आर्थिक अभियान राष्ट्रिय दैनिकमा प्रकाशित)
आदरणीय शेयरधनी महानुभावहरु,
यस गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको मिति २०८३।०७।१५ गते बसेको ६८ औं सञ्चालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीको विशेष साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल गरी निर्णय गर्नका लागि बस्ने भएको हुँदा शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। अतः यसै सूचनालाई आधार मानी उक्त विशेष साधारण सभामा सम्पूर्ण शेयरधनीहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
विशेष साधारणसभा हुने मिति, समय र स्थान
मितिः- २०८३ साल मंसिर ३ गते बिहीबार (१९ नोभेम्बर, २०२६)
स्थानः- होटल एअरपोर्ट, बिराटनगर मोरङ
समयः- दिउँसो १ बजे
विशेष साधारण सभाको प्रस्तावहरु
- संस्थापक (Promotor) समुहका शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने ।
- सर्वसाधारण (Public) शेयरधनीहरु तर्फको रिक्त १ सञ्चालकको निर्वाचन गर्ने ।
- विविध ।
आज्ञाले
कम्पनी सचिव
विशेष साधारण सभा सम्बन्धि जानकारी
- शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र वा शेयरधनी प्रमाणपत्र लिई आउन अनुरोध गरिन्छ ।
- सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरुले प्रतिनिधि (प्रोक्सी) फारम सभा हुने दिन भन्दा कम्तीमा ४८ घण्टा अगावै दर्ता गराई सक्नु पर्नेछ । एक जना शेयरधनीले एक जना भन्दा बढी प्रतिनिधि (प्रोक्सी) नियुक्त भएको पाएमा सबैभन्दा पहिला कम्पनीमा दर्ता भएको प्रतिनिधि (प्रोक्सी) मात्र मान्य हुनेछ । प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि प्रतिनिधि (प्रोक्सी) बदर नगरी कुनै शेयरधनीले सभामा भाग लिन चाहेमा भाग लिन सक्नु हुनेछ तर मतदान गर्न पाउनु हुने छैन ।
- विशेष साधारण सभा प्रयोजनका लागि मिति २०८३।०७।२७ गते एक दिनको लागि शेयर दा.खा. बन्द रहनेछ र नेपाल स्टक एक्सचेन्ज लि. मा मिति २०८३।०७।२० गते सम्म कारोबार भई प्रचलित कानून बमोजिम कायम शेयरधनीहरुले उक्त विशेष साधारण सभामा भाग लिन तथा निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
- हाजिर पुस्तिका बिहान १० बजे देखि उपलब्ध रहनेछ ।
- सभा सम्बन्धि अन्य बिस्तृत जानकारीको लागि कम्पनीको केन्द्रीय कार्यालय मुनालपथ-७, विराटनगर मोरङमा वा प्रादेशिक कार्यालय, सानो गौचरण, काठमाडौंमा वा फोन नम्बर ०१-५९१८०१७/१८ मा कार्यालय समय भित्र सम्पर्क गर्न सक्नुहुनेछ ।
Notice Regarding Special General Meeting
(First Published Date: 2083।07।16 in Arthik Abhiyan National Daily)
Dear Shareholders,
As per the decision of the 68th Board of Directors meeting of Guardian Micro Life Insurance Limited held on 2083।07।15, the Special General Meeting of this company will be held on the following date, time, and location to discuss and decide upon the following matters. Hence, this notice is published for the information of all shareholders. Therefore, taking this notice as the basis, we cordially request all shareholders to attend the said Special General Meeting.
Date, Time, and Venue of the Special General Meeting
Date:- 2083 Mangsir 3, Thursday (19 November, 2026)
Venue:- Hotel Airport, Biratnagar Morang
Time:- 1:00 PM in the afternoon
Agendas of the Special General Meeting
1. To elect 4 Directors representing the Promoter group shareholders.
2. To elect 1 vacant Director position representing the Public shareholders.
3. Miscellaneous.
By Order
Company Secretary
Information Regarding Special General Meeting
1. Shareholders are requested to bring an official identification card disclosing their identity or shareholder certificate.
2. Shareholders wishing to appoint a proxy to participate in the meeting must register the proxy form at least 48 hours before the meeting date. If a shareholder is found to have appointed more than one proxy, only the proxy registered first with the company will be valid. If a shareholder wishes to attend the meeting after appointing a proxy without canceling the proxy, they may attend but will not be allowed to vote.
3. For the purpose of the Special General Meeting, the shareholder register book will remain closed for one day on 2083।07।27, and shareholders maintained according to prevailing laws having traded in Nepal Stock Exchange Ltd. up to 2083।07।20 will be eligible to participate in the Special General Meeting and vote in the election.
4. The attendance register will be available from 10:00 AM in the morning.
5. For other detailed information regarding the meeting, please contact the company's central office at Munalpath-7, Biratnagar Morang or provincial office at Sano Gaucharan, Kathmandu or phone numbers 01-5918017/18 during office hours.