Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
23 Jul, 2026
ह्याम्स अस्पतालको वार्षिक साधारण सभा सूचना: IPO निष्काशन र लाभांश प्रस्ताव

ह्याम्स अस्पतालको वार्षिक साधारण सभा सूचना: IPO निष्काशन र लाभांश प्रस्तावHAMS Hospital Annual General Meeting Notice: IPO Issuance and Dividend Proposal

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on July 23, 2026

हस्पिटल फर एडभान्सड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) को

वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३ साल श्रावण ०७ गते)

यस कम्पनीको मिति २०८३/०४/०५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय तथा कम्पनीको स्वीकृत नियमावलीको नियम १८ (३) बमोजिम २१ दिन अगावै शेयरधनीहरुलाई वार्षिक साधारण सभाको सूचना दिनुपर्ने व्यवस्था बमोजिम यस कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा बस्ने तथा उक्त सभामा निम्न बमोजिमका प्रस्तावहरु छलफलको लागि प्रस्तुत हुने व्यहोरा सम्पूर्ण शेयरधनीहरुलाई जानकारीको निमित्त सूचित गरिन्छ ।

सभा हुने मिति, समय र स्थान

मिति :- २०८३ साल श्रावण २५ गते शुक्रबार (तदनुसार अगष्ट १५, २०२६)

स्थान :- स्मार्ट दरबार, धुम्बाराही, काठमाण्डौं

समय :- दिउँसो २:०० बजे ।

छलफलका विषय सूचीहरु :

क. सामान्य प्रस्तावहरु

  1. अध्यक्षज्यूको मन्तव्य तथा आर्थिक वर्ष (आ.व.) ०८२/०८३ को वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने ।
  2. आ.व. ०८२/०८३ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।
  3. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
  4. आ.व. ०८२/०८३ मा सञ्चालक समितिले पारित गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।
  5. सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

ख. विशेष प्रस्तावहरु

  1. सर्वसाधारण समूहलाई प्राथमिक शेयर (IPO) निष्काशन सम्बन्धमा ।
  2. सार्वजनिक निष्काशनबाट प्राप्त पूँजीको उपयोग सम्बन्धमा ।
  3. कम्पनीको प्रबन्धपत्र/नियमावली संशोधन गर्ने तथा सार्वजनिक शेयर निष्काशन सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्ने निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्चाउनको लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने ।

ग. विविध

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

Hospital for Advanced Medicine and Surgery Limited (HAMS Hospital)

Notice regarding Annual General Meeting

(First published on 2083 Shrawan 07)

As per the decision of the Board of Directors meeting held on 2083/04/05 and in accordance with the provision of Rule 18 (3) of the company's approved Articles of Association, which requires giving notice of the Annual General Meeting to shareholders 21 days in advance, this notice is hereby issued to all shareholders for their information that the Annual General Meeting of this company for the fiscal year 2082/083 will be held on the following date, time, and place, and the following proposals will be presented for discussion in the said meeting.

Date, Time and Place of the Meeting

Date: Friday, 2083 Shrawan 25 (corresponding to August 15, 2026)

Place: Smart Durbar, Dhumbaharahi, Kathmandu

Time: 2:00 PM

Agenda Items for Discussion:

a. General Resolutions

1. To discuss and approve the annual report presented by the Board of Directors for the Annual General Meeting of the fiscal year (F.Y.) 082/083, including the Chairman's statement.

2. To discuss and approve the financial statements including the balance sheet, profit and loss account, and cash flow statement along with the auditor's report for F.Y. 082/083.

3. To appoint an auditor for F.Y. 2083/84 as per Section 111 of the Companies Act, 2063, and to determine their remuneration.

4. To approve the decisions passed by the Board of Directors in F.Y. 082/083.

5. To approve the proposal for cash dividend distribution as proposed by the Board of Directors.

b. Special Resolutions

1. Regarding the issuance of primary shares (IPO) to the general public.

2. Regarding the utilization of capital obtained from public issuance.

3. To amend the company's Memorandum of Association/Articles of Association and to authorize the Board of Directors or a person designated by the Board of Directors to add, subtract, modify, amend, and correct the same as necessary, if instructed by regulatory bodies regarding public share issuance.

c. Miscellaneous

By order of the Board of Directors

Company Secretary

Advertisement