Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
21 Sep, 2026
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १८औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १८औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाShine Resunga Development Bank: Notice of 18th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 21, 2026

१८औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

यस शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको मिति २०८३ आश्विन ०२ गते बसेको सञ्चालक समितिको ३३९औं बैठकको निर्णय बमोजिम १८औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी एवं उपस्थितीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय र स्थान :

मिति : २०८३ साल आश्विन २८ गते, बुधबार (तदनुसार अक्टोवर १४, २०२६) ।

समय : बिहान ११:३० बजे ।

स्थान : होटल सेफ्रन सि.के. प्रा.लि. (हायात प्लेस), बुटवल, रुपन्देही ।

छलफलका विषयहरु:

क. साधारण प्रस्तावहरु:

  1. आ.व. २०८२/०८३ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आ.व. २०८२/०८३ को नाफा वा नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।
  3. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वितरण योग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १० (दश) प्रतिशतले हुने रकम रु.५०,२१,९७,२७२/९९ (अक्षरेपी पचास करोड एक्काइस लाख सन्तान्नब्बे हजार दुई सय बहत्तर रुपैया र पैसा उनान्सय मात्र) नगद लाभांश (नगद लाभांश र बोनश शेयरको कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।
  4. आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

ख. विशेष प्रस्तावहरु:

  1. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वितरण योग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ६ (छ) प्रतिशतले हुने रकम रु.३०,१३,१८,३६३/८० (अक्षरेपी तीस करोड तेह्र लाख अठार हजार तीन सय त्रिसट्ठी रुपैया र पैसा असी मात्र) बराबरको बोनश शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही बमोजिम जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने ।
  2. सञ्चालकको बैठक भत्ता तथा अन्य सुबिधाहरु वृद्धि/थप गर्ने र सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने ।
  3. प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने ।

ग. विविध ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

वार्षिक साधारण सभा सम्बन्धी जानकारी:-

  1. १८औं वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३/०६/१३ गते बैंकको शेयरधनी दर्ता किताब बन्द रहनेछ । मिति २०८३/०६/१२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम यस बैंकको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेडमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरुले मात्र वार्षिक साधारण सभामा भाग लिन, मतदान गर्न र बोनश शेयर तथा नगद लाभांश प्राप्त गर्न सक्ने छन् ।
  2. सभामा उपस्थित हुने सम्पूर्ण शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने प्रमाणपत्र वा सोको प्रतिलिपि अनिवार्य रुपमा साथमा लिई आउनु हुन अनुरोध छ ।
  3. शेयरधनी महानुभावहरुको उपस्थिति पुस्तिकामा दस्तखत गर्न शेयरधनी उपस्थिति पुस्तिका बिहान १०:०० बजेदेखि सभा सम्पन्न नहुँदासम्म खुल्ला रहनेछ ।
  4. वार्षिक साधारण सभामा सहभागी हुनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचाको प्रतिनिधि पत्र (प्रोक्सी फारम) सभा शुरु हुनुभन्दा न्यूनतम ४८ घण्टा अगावै कार्यालय समय भित्र बैंकको केन्द्रीय कार्यालय, बुटवलमा दर्ता गराई सक्नु पर्नेछ । शेयरधनी महानुभावहरुले एकभन्दा बढी व्यक्तिलाई आफ्नो शेयर विभाजन गरी वा अन्य कुनै किसिमबाट छुट्ट्याई प्रोक्सी दिन पाउनु हुने छैन, दिएमा प्रोक्सी बदर हुनेछ । ईमेल, स्क्यान, फोटो वा अन्य विद्युतीय माध्यमबाट पठाइएको प्रतिनिधिपत्र (प्रोक्सी) लाई पनि मान्यता दिईनेछ ।
  5. प्रोक्सी नियुक्त गरी सक्नु भएका शेयरधनी महानुभावहरु आफै सभामा उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गर्नु भएमा दिईसकेको प्रोक्सी स्वतः बदर हुनेछ ।
  6. नाबालक वा फरक किसिमले सक्षम शेयरधनीहरुको तर्फबाट बैंकको शेयर लगत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन वा प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न र मतदान गर्न सक्नु हुनेछ ।
  7. एकभन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एक जनाले मात्र वा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्ने छन् ।
  8. छलफलका विषयहरु मध्ये विविध शीर्षक अन्तर्गत कुनै प्रस्ताव भएमा, छलफल गर्न इच्छुक शेयरधनी महानुभावहरुले साधारणसभा हुनुभन्दा ७ (सात) दिन अगावै छलफलको विषयको जानकारी कम्पनी सचिव मार्फत् सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनुपर्नेछ ।

पुनश्च :-

Notice of the 18th Annual General Meeting

As per the decision of the 339th meeting of the Board of Directors of Shine Resunga Development Bank Limited held on 2083 Ashwin 02, the 18th Annual General Meeting is scheduled to be held on the following date, time, and venue to discuss and decide on the matters listed below. This notice is published for the information and attendance of all shareholder members.

Date, Time, and Venue of the Meeting:

Date: 2083 Ashwin 28, Wednesday (corresponding to October 14, 2026).

Time: 11:30 AM.

Venue: Hotel Saffron C.K. Pvt. Ltd. (Hyatt Place), Butwal, Rupandehi.

Agenda for Discussion:

A. Ordinary Resolutions:

1. To discuss and approve the Annual Report of the Board of Directors for the F.Y. 2082/083.

2. To discuss and approve the financial statements of the financial position as of Ashad end 2083, along with the Auditor's Report, the Profit and Loss Statement for the F.Y. 2082/083 ending on the same date, and the Cash Flow Statement.

3. To approve the distribution of cash dividend (including tax for cash dividend and bonus shares) of 10 (ten) percent of the paid-up capital amounting to Rs. 50,21,97,272/99 (in words: Rupees fifty crore twenty-one lakh ninety-seven thousand two hundred seventy-two and paisa ninety-nine only) from the distributable accumulated profit as proposed by the Board of Directors.

4. To appoint the Auditor for the audit work of the fiscal year 2083/084 and determine their remuneration.

B. Special Resolutions:

1. To approve the distribution of bonus shares of 6 (six) percent of the paid-up capital amounting to Rs. 30,13,18,363/80 (in words: Rupees thirty crore thirteen lakh eighteen thousand three hundred sixty-three and paisa eighty only) from the distributable accumulated profit as proposed by the Board of Directors, and to increase the issued and paid-up capital accordingly and amend the relevant clauses of the Memorandum of Association.

2. To increase/add meeting allowances and other benefits of the Directors and amend the relevant rules of the Articles of Association accordingly.

3. To authorize the Board of Directors or any person designated by the Board to make necessary additions, modifications, amendments, and corrections to the Memorandum and Articles of Association if directed by the regulatory authorities.

C. Miscellaneous.

By Order of the Board of Directors

Company Secretary

Information regarding the Annual General Meeting:

1. For the purpose of the 18th Annual General Meeting, the Shareholder Registration Book of the Bank will remain closed on मिति 2083/06/13. Only shareholders registered in the records maintained by the Bank's Share Registrar, NIMB Ace Capital Limited, based on transactions in Nepal Stock Exchange Limited up to मिति 2083/06/12 in accordance with prevailing laws, shall be entitled to attend, vote, and receive bonus shares and cash dividends at the Annual General Meeting.

2. All shareholder members attending the meeting are requested to bring an identity card or a copy thereof to establish their identity.

3. The attendance register for shareholders will remain open from 10:00 AM on the day of the meeting until the conclusion of the meeting.

4. Shareholders wishing to appoint a proxy to participate in the Annual General Meeting must submit the proxy form in the format prescribed by the prevailing company law at the Bank's Central Office, Butwal, during office hours at least 48 hours before the commencement of the meeting. Shareholders shall not be allowed to split their shares and appoint more than one proxy, and if done, such proxy shall be void. Proxies sent via email, scan, photo, or other electronic media will also be recognized.

5. If a shareholder who has appointed a proxy attends the meeting in person and signs the attendance register, the proxy previously submitted shall automatically be cancelled.

6. In the case of minors or differently-abled shareholders, the person registered as the guardian in the Bank's share register may participate in the meeting, appoint a proxy, and vote.

7. In the case of joint shareholding, only one person unanimously selected as the representative or the person whose name is listed first in the register shall be entitled to participate in the meeting.

8. If there are any proposals under the miscellaneous agenda, shareholders wishing to discuss them must submit the topic of discussion in writing to the Chairman of the Board of Directors through the Company Secretary at least 7 (seven) days prior to the Annual General Meeting.

Postscript:-

Advertisement