
ह्याप्पी इनर्जी लिमिटेडको प्रथम वार्षिक साधारण सभा आह्वानHappy Energy Limited: Notice of 1st Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on August 10, 2026
प्रथम वार्षिक साधारण सभा सम्बन्धी सूचना
श्री आदरणीय शेयरधनी महानुभावज्यूहरु,
यस कम्पनीको सञ्चालक समितिको मिति २०८३/०४/२१ को बैठकको निर्णयानुसार निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न यस ह्याप्पी इनर्जी लिमिटेडको प्रथम वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३/०५/२५ गते, बिहीवार (तदनुसार सेप्टेम्बर १०,२०२६)
समय : बिहान ११:०० बजे
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, का.म.न.पा.५ हाँडीगाउँ, काठमाडौँ ।
प्रथम वार्षिक साधारण सभामा पेश गर्ने प्रस्तावहरु :
(क) साधारण प्रस्तावहरु :
- आ.व.२०८२/०८३ को सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदन अध्यक्षज्यूबाट सभामा छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आ.व.२०८२/०८३ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्त सम्मको वासलात र आ.व.२०८२/०८३ को वार्षिक नाफा नोक्सान हिसाब विवरण, नगद प्रवाह विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- सञ्चालक समितिको निर्वाचन गर्ने सम्बन्धमा ।
- सञ्चालक समिति तथा अन्य उप-समितिहरुको पारिश्रमिक, भत्ता तथा सेवा सुविधा तोक्ने सम्बन्धमा ।
- अख्तियारी दिने सम्बन्धमा ।
(ख) विशेष प्रस्तावहरु :
- यस कम्पनीको सर्वसाधारण समूहतर्फका लागि छुट्याइएको शेयर (IPO) निष्काशन गर्ने सम्बन्धमा ।
- यस कम्पनीले प्रवर्द्धन गर्दै रहेको आयोजनाको लागि आवश्यक पर्ने कर्जा सुविधा लिने सम्बन्धमा ।
- विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
Notice Regarding 1st Annual General Meeting
Dear Shareholders,
As per the decision of the Board of Directors meeting held on 2083/04/21, the 1st Annual General Meeting of Happy Energy Limited will be held on the following date, time, and location to discuss and decide on the following agenda items. All respected shareholders are cordially requested to attend.
Meeting Date, Time and Venue:
Date: 2083/05/25, Thursday (corresponding to September 10, 2026)
Time: 11:00 AM
Venue: Registered Office of the Company, KMC Ward No. 5, Handigaun, Kathmandu.
Agendas to be presented at the 1st Annual General Meeting:
(a) Ordinary Agendas:
1. To discuss and approve the Annual Report of F.Y. 2082/083 prepared by the Board of Directors as presented by the Chairperson.
2. To discuss and approve the Auditor's Report along with the Balance Sheet as of Ashadh end 2083, Profit and Loss Account for F.Y. 2082/083, Cash Flow Statement, and Schedules.
3. To appoint auditors for F.Y. 2083/084 pursuant to Section 111 of the Companies Act, 2063 and fix their remuneration.
4. Regarding the election of the Board of Directors.
5. Regarding determining the remuneration, allowances, and facilities of the Board of Directors and other sub-committees.
6. Regarding granting authority.
(b) Special Agendas:
1. Regarding the issuance of Initial Public Offering (IPO) allocated for the general public.
2. Regarding obtaining the required credit facilities for the project being promoted by the company.
3. Miscellaneous.
By Order of the Board of Directors
Company Secretary