Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
23 Aug, 2026
हिल्टन हाइड्रो इनर्जीको पाँचौ वार्षिक साधारण सभा आह्वान

हिल्टन हाइड्रो इनर्जीको पाँचौ वार्षिक साधारण सभा आह्वानHilton Hydro Energy Calls 5th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on August 23, 2026

को

पाँचौ वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०५/०६ गते)

श्री आदरणीय शेयरधनीमहानुभावहरु,

यस हिल्टन हाइड्रो इनर्जी लिमिटेडको मिति २०८३/०५/०२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको पाँचौ वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा देहायका प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा (२) तथा कम्पनी नियमावलीको नियम १८ को उपनियम (३) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ । ।

सभा हुने मिति, समय र स्थानः

सभा हुने मिति : २०८३ साल भाद्र २७ गते शनिबार (तदनुसार सेप्टेम्बर १२, २०२६) ।

सभा शुरु हुने समय : अपरान्ह १:०० बजे ।

सभा हुने स्थान : द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँ ।

छलफलका विषयहरुः

क) साधारण प्रस्तावहरु :

  1. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८२/८३ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।
  3. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/०८४ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
  4. सञ्चालक समिति बैठकमा उपस्थित सदस्यहरुको बैठक भत्ता परिमार्जन गर्ने ।
  5. सञ्चालक समिति बैठकको सिफारिस बमोजिम आ.व. २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको कर सहित २०% (बीस प्रतिशत) नगद लाभांश वितरण गर्ने ।
  6. सञ्चालक समितिको मिति २०८२/१०/२६ को बैठकको निर्णय बमोजिम एनएमबी बैंक लिमिटेडबाट Loan Against IPO स्वीकार गर्ने सम्बन्धी निर्णय अनुमोदन गर्ने ।
  7. सञ्चालक समितिले विभिन्न जलविद्युत आयोजना/कम्पनीमा शेयर लगानी गर्ने सम्बन्धमा गरेको निर्णय अनुमोदन गर्ने ।

ख) विविध ।

सञ्चालक समितिको आज्ञाले,

कम्पनी सचिव

साधारण सभा सम्बन्धी अन्य जानकारीहरु :

  1. प्रतिनिधि (प्रोक्सी) मार्फत साधारण सभामा भाग लिन चाहने शेयरधनीहरुले कम्तीमा ४८ घण्टा अगावै कम्पनीको केन्द्रीय कार्यालयमा कम्पनीले तोकेको प्रोक्सी फाराम भरेर पेश गरिसक्नु पर्नेछ । एक भन्दा बढी प्रोक्सीको नाम उल्लेख गरेमा प्रोक्सी फाराम रद्द गरिनेछ ।
  2. मिति २०८३/०५/१९ गते देखि साधारण सभा नभईञ्जेलसम्म शेयर दाखिल खारेज बन्द गरिनेछ ।
  3. छलफलका विषयसूची मध्ये विविध शिर्षक अर्न्तगत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनु भन्दा ७ (सात) दिन अगावै सो सम्बन्धी प्रस्ताव कारण सहित उल्लेख गरी कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनु पर्नेछ ।
  4. सभामा भाग लिन आउनु हुने महानुभावहरुले प्रवेश पत्र वा आफ्नो शेयर प्रमाणपत्र प्रस्तुत गरेपछि मात्र सभा कक्षमा प्रवेश गर्न पाउनु हुनेछ । कुनै महानुभावले कुनै कारणवश प्रवेश पत्र वा शेयर प्रमाणपत्र प्राप्त गर्न नसक्नु भएमा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क राखि साधारण सभा हुने मिति अगावै प्रवेश पत्र प्राप्त गर्नुहुन अनुरोध गरिन्छ ।
  5. अन्य जानकारीको लागि कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौँमा फोन नं. ०१-४४४२७८२ मा सम्पर्क राख्नुहुन अनुरोध छ ।

Notice Regarding

5th Annual General Meeting

(First Published Date: 2083/05/06)

Respected Shareholders,

As per the decision of the Board of Directors meeting of this Hilton Hydro Energy Limited held on 2083/05/02, the 5th Annual General Meeting of this company is scheduled to be held on the date, time, and venue mentioned below to discuss and decide upon the following agendas. Therefore, this notice is published for the information and attendance of all respected shareholders pursuant to Section 67, Sub-section (2) of the Companies Act, 2063 and Rule 18, Sub-rule (3) of the Company Regulations.

Date, Time and Venue of the Meeting:

Meeting Date: Saturday, Bhadra 27, 2083 (Corresponding to September 12, 2026).

Meeting Start Time: 1:00 PM.

Meeting Venue: The Everest Hotel, New Baneshwor, Kathmandu.

Agendas for Discussion:

A) Ordinary Agendas:

1. To discuss and approve the Annual Report of F.Y. 2082/83 presented by the Chairperson on behalf of the Board of Directors.

2. To discuss and approve the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the Auditor's Report for the F.Y. 2082/83.

3. To appoint an external auditor for the F.Y. 2083/084 pursuant to Section 111 of the Companies Act, 2063 and fix their remuneration.

4. To revise the meeting allowance of the members attending the Board of Directors meetings.

5. To approve the distribution of a 20% (twenty percent) cash dividend (including tax) from the profit of F.Y. 2082/83 based on the paid-up capital as recommended by the Board of Directors.

6. To endorse the decision of the Board of Directors meeting dated 2082/10/26 regarding accepting a Loan Against IPO from NMB Bank Limited.

7. To endorse the decisions made by the Board of Directors regarding equity investment in various hydropower projects/companies.

B) Miscellaneous.

By Order of the Board of Directors,

Company Secretary

Other Information Regarding the Annual General Meeting:

1. Shareholders wishing to participate in the Annual General Meeting through a proxy must fill out the proxy form prescribed by the company and submit it to the company's central office at least 48 hours prior to the meeting. If more than one proxy is named, the proxy form will be invalidated.

2. The share transfer book will remain closed from the date 2083/05/19 until the conclusion of the Annual General Meeting.

3. Shareholders wishing to discuss matters under the "Miscellaneous" agenda must submit a written proposal along with reasons to the Chairperson of the Board of Directors through the Company Secretary at least 7 (seven) days before the meeting.

4. Shareholders attending the meeting will be allowed entry into the meeting hall only after presenting their entry pass or share certificate. If any shareholder has not received the entry pass or share certificate for any reason, they are requested to contact the company's central office to obtain the entry pass prior to the meeting date.

5. For further information, please contact the company's central office at Gyaneshwor, Kathmandu, Phone No. 01-4442782.

Advertisement