
हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ब्याज/जरीवाना छुटHimalayan Life Insurance: Interest/Penalty Discount on Lapsed Policies
- वर्ग:Category:
- Interest Rates
- प्रकाशित मिति:Published:
- Published on July 10, 2026
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड
(साविकको प्राइम लाइफ इन्स्योरेन्स कं. लि., युनियन लाइफ इन्स्योरेन्स कं. लि. र गुराँस लाइफ इन्स्योरेन्स कं. लि. गाभिएर बनेको बीमाक)
व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरीवाना) मा छुट गरिएको बारे सूचना !
यस कम्पनी र साविकको प्राइम लाइफ इन्स्योरेन्स कं. लि., युनियन लाइफ इन्स्योरेन्स कं. लि. र गुराँस लाइफ इन्स्योरेन्स कं. लि. बाट विभिन्न मितिमा बीमा गराई व्यतित (Lapse) भएका बीमालेखहरुमा मिति २०८३ आषाढ २५ गतेदेखि ३२ गते सम्ममा नविकरण/पुनर्जगरण गर्दा निम्नलिखित शर्तहरुको अधिनमा रहि बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरीवाना) मा निम्नबमोजिम छुट प्रदान गरिने व्यहोरा सम्बन्धीत सबैलाई जानकारी गराउँदछौं।
क्र.सं. बीमालेख व्यतित अवधि बीमाशुल्कको ब्याज/जरीवानामा प्रदान गरिने छुट सुविधा
१. जतिसुकै अवधिको व्यतित बीमालेख भएमा ब्याज/जरीवानामा ५० प्रतिशत छुट
शर्तहरु:
१. यस किसिमको व्यतित बीमालेख पुनर्जगरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिनेछ ।
२. कम्पनीबाट ब्याज/जरीवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरु बीमालेख नविकरण भएको मितिले दुई वर्ष भित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार समर्पण (Surrender) गर्न चाहेमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याज/जरीवाना वापतको रकम कम्पनीबाट कट्टा गरिनेछ ।
व्यतित भएको बीमालेखले बीमा जोखिम बहन नगर्ने हुँदा समयमा नै आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरीवाना छुटको लाभ लिनुका साथै बीमालेख अनुरुपको जोखिम बहन हुने व्यवस्था गरी ढुक्क हुनुहोस । यस सम्बन्धमा थप जानकारीको लागि यस कम्पनीको आफुलाई पायक पर्ने कुनै पनि प्रादेशिक/उप प्रादेशिक / शाखा / उप-शाखा कार्यालयहरुमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं ।
Himalayan Life Insurance Limited
(An insurer formed by the merger of former Prime Life Insurance Co. Ltd., Union Life Insurance Co. Ltd. and Gurans Life Insurance Co. Ltd.)
Notice regarding discount on late fees (interest/penalty) for lapsed insurance policies!
This company and the former Prime Life Insurance Co. Ltd., Union Life Insurance Co. Ltd. and Gurans Life Insurance Co. Ltd. hereby inform all concerned that a discount will be provided on the late fees (interest/penalty) applicable to insurance premiums for lapsed policies, which were insured on various dates by these companies, if renewed/reinstated from 2083 Ashadh 25 to 32, subject to the following conditions.
Serial No. Lapsed Policy Period Discount facility provided on premium interest/penalty
1. For lapsed policies of any duration 50 percent discount on interest/penalty
Conditions:
1. The discount facility provided for the reinstatement of such lapsed policies will be granted only once during the policy term.
2. If the insured and proposers wish to surrender (Surrender) the policies renewed using the company's interest/penalty discount facility within two years from the date of policy renewal, the amount equivalent to the interest/penalty discount provided at the time of policy renewal will be deducted by the company.
Since a lapsed insurance policy does not cover insurance risk, please renew your policy in time by paying the premium, take advantage of the interest and penalty discount, and ensure that the policy covers the risk as per its terms. For further information in this regard, we request you to contact any of our regional/sub-regional/branch/sub-branch offices convenient to you.