Go Premium — real-time NEPSE signals & analyticsAdvertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
6 Aug, 2026
हिमालयन पावर पार्टनरको तेह्रौं वार्षिक साधारण सभाको निर्णय विवरण

हिमालयन पावर पार्टनरको तेह्रौं वार्षिक साधारण सभाको निर्णय विवरणHimalayan Power Partner: Decisions of 13th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on August 6, 2026

हिमालयन पावर पार्टनर लिमिटेड

तेह्रौं वार्षिक साधारण सभाको निर्णय विवरण (माईन्यूटका) संक्षिप्त जानकारी

यस हिमालयन पावर पार्टनर लिमिटेडको मिति २०८३/०३/१० मा बसेको सञ्चालक समितिको ८१औं बैठकको निर्णय अनुसार मिति २०८३ साल आषाढ ३२ गतेका दिन कम्पनीको तेह्रौं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष श्री गुरुप्रसाद ढकालज्यूको अध्यक्षतामा आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौँमा बिहान ९:०० बजेदेखि बसि निम्न बमोजिमको प्रस्ताव उपर छलफल तथा निर्णय पारित गरि सभा सम्पन्न भयो ।

सभाबाट भएका निर्णयहरु:

(क) सामान्य प्रस्ताव उपर छलफल तथा निर्णय:

  1. सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री गुरुप्रसाद ढकालज्यूले प्रस्तुत गर्नु भएको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि उक्त वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्ने निर्णय गर्‍यो ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा मिति २०८१ श्रावण १ देखि २०८२ आषाढ मसान्तसम्मको नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विवरण पारित गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश भएकोमा सभाले सर्वसम्मतिबाट उक्त प्रस्ताव पारित गर्‍यो ।
  3. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिशमा लेखापरीक्षक PYC & Associates, Chartered Accountants संस्थालाई लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश भएकोमा सभाले मु.अ. कर बाहेक एकमुष्ट पारिश्रमिक रु.२२०,०००/- (अक्षरूपी: रु. दुई लाख बीस मात्र) दिने गरी लेखापरीक्षक PYC & Associates, Chartered Accountants संस्थालाई नियुक्त गर्ने उक्त प्रस्ताव सर्वसम्मतिले पारित गर्‍यो ।
  4. सञ्चालक समितिको निर्वाचन गर्ने सम्बन्धमाः

वर्तमान सञ्चालक समितिको ४ वर्ष कार्यकाल समाप्त भएकोले सञ्चालक समितिको निर्वाचन गर्न गराउनका लागि सञ्चालक समितिको मिति २०८३/०३/१० को बैठकको निर्णय अनुसार वरिष्ठ अधिवक्ता श्री विष्णु प्रसाद बाँस्कोटालाई निर्वाचन अधिकृत नियुक्त गरिएकोमा निजले सञ्चालक समितिको निर्वाचन गर्न २०८३/०३/२२ मा निर्वाचन कार्यक्रम समेत प्रकाशन गरि निर्वाचन सम्बन्धी तोकिएका सम्पूर्ण कार्यक्रम सम्पन्न भएको जानकारी गराउँदै संस्थापक शेयरधनी समूहबाट उम्मेदवारी दर्ता गराएका श्री चन्द्र प्रसाद ढकाल, श्री स्वेच्छा ढकाल र सर्वसाधारण शेयरधनी समूहबाट उम्मेदवारी दर्ता गराएका श्री अर्जुन पौडेल शर्मा, श्री स्वरुप ढुङ्गाना, श्री निर्मल अधिकारी र श्री अम्बिका प्रसाद पौडेलले उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिए पश्चात निर्वाचन गर्नु पर्ने पद संस्थापक शेयरधनी समूहबाट ४ भएकोमा श्री गुरुप्रसाद ढकाल, श्री महेन्द्र राज अधिकारी र श्री अतुल आचार्य गरी ३ जनाको मात्र उम्मेदवारी कायम रहेको तथा सर्वसाधारण शेयरधनी समूहबाट श्री दिवाकर पौडेल र श्री हेमन्त राज पाण्डेय गरी २ जना मात्र उम्मेदवारी कायम भएकाले देहाय बमोजिमका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको घोषणा गर्न भयो ।

संस्थापक शेयरधनीबाट निर्विरोध निर्वाचित सञ्चालक:

(क) श्री गुरुप्रसाद ढकाल

(ख) श्री महेन्द्र राज अधिकारी

(ग) श्री अतुल आचार्य

सर्वसाधारण शेयरधनीबाट निर्विरोध निर्वाचित सञ्चालक:

(क) श्री दिवाकर पौडेल

(ख) श्री हेमन्त राज पाण्डेय

निर्वाचन अधिकृतले उल्लेखित शेयरधनीहरु ४ वर्ष पदावधिका लागि कम्पनीको संचालकमा निर्विरोध निर्वाचित भएको कुरा सभामा पढेर जानकारी गराउनु हुँदै नवनिर्वाचित संचालकहरुको कार्यकालको सफलताको कामना सहित निर्वाचनको सम्पूर्ण कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भयो । साथै निर्वाचन अधिकृतले सञ्चालक निर्वाचन सम्बन्धी गरेको घोषणालाई सभाबाट अनुमोदन गरियो ।

५. स्वतन्त्र सञ्चालक नियुक्त गर्ने सम्बन्धमाः

स्वतन्त्र सञ्चालक नियुक्तिका सम्बन्धमा सञ्चालक समितिले कम्पनी ऐन, २०६३ तथा कम्पनीको नियमावलीको नियम २९ मा भएको प्रावधान अनुसार योग्यता र अनुभव पुगेको तपसीलका व्यक्तिहरु मध्ये एक जनालाई स्वतन्त्र सञ्चालक नियुक्ति गरियोस् भनी अध्यक्षज्यूले सभा समक्ष प्रस्ताव पेश गर्नु भएकोमा सभाले सर्वसम्मतिबाट डा. हेमन्त कुमार दवाडीलाई स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने निर्णय गर्‍यो ।

(ख) विशेष प्रस्ताव उपर छलफल तथा निर्णय:

१. कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोग रकम रु.१,४३,०००/- लाई अनुमोदन गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश भएकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित गर्‍यो ।

२. कम्पनीको प्रबन्धपत्र र नियमावलीका प्रावधानहरु संशोधन गर्ने सम्बन्धमा प्रस्ताव पेश भएकोमा सभाले सर्वसम्मतिबाट देहाय बमोजिम हुने गरी प्रबन्धपत्रका दफा र नियमावलीको नियम संशोधन गर्ने निर्णय गर्‍यो ।

(क) प्रबन्धपत्रमा भएको संशोधन:

दफा ८ शेयर खरिद वा हक हस्तान्तरण गर्न कुनै बन्देज रहेको भए सो कुरा :

(१) शेयरधनीले हकप्रद शेयर खरिद गर्न हक हस्तान्तरण गर्न चाहेमा निजले चाहेको व्यक्तिलाई शेयर खरिद गर्ने हक हस्तान्तरण गर्न सक्नेछ । शेयर खरिद तथा हस्तान्तरण गर्न बन्देज सम्बन्धी अन्य व्यवस्था कम्पनी ऐन, धितोपत्र कारोबार सम्बन्धी कानुन तथा अन्य प्रचलित कानुनमा उल्लेख भए बमोजिम हुनेछ ।

(ख) नियमावलीमा भएको संशोधन:

नियम २७ सञ्चालक समितिको गठन, संख्या र कार्यकाल:

(२) यस कम्पनीमा शेयरधनीहरुको सहमतिबाट मनोनित वा शेयरधनीहरुबाट निर्वाचित ६ (छ) जना र स्वतन्त्र (विशेषज्ञ) सञ्चालक १ (एक) जना गरी जम्मा ७ (सात) जनाको सञ्चालक समिति रहनेछ ।

३. कम्पनीको प्रबन्धपत्र र नियमावलीमा भएको संशोधन सम्बन्धित नियमनकारी निकायहरुबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा वा त्रुटी सच्याउनु परेमा सोही बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश भएकोमा सभाले सर्वसम्मतिबाट उक्त प्रस्ताव पारित गर्‍यो ।

Himalayan Power Partner Limited

Summary of Decisions (Minutes) of the 13th Annual General Meeting

As per the decision of the 81st Board of Directors meeting of Himalayan Power Partner Limited held on 2083/03/10, the company's 13th Annual General Meeting was successfully conducted under the chairmanship of Mr. Guru Prasad Dhakal, Chairman of the Board of Directors, at Amrapali Banquet, Baluwatar, Kathmandu on Ashadh 32, 2083 from 9:00 AM, discussing and passing the following proposals.

Decisions made by the Meeting:

(a) Discussion and decisions on Ordinary Proposals:

1. The meeting unanimously decided to approve the Annual Report for the fiscal year 2081/082 presented by the Chairman, Mr. Guru Prasad Dhakal, on behalf of the Board of Directors.

2. Upon presentation of the proposal to approve the Auditor's Report along with the Balance Sheet as of Ashadh end, 2082, the Profit and Loss Account from Shrawan 1, 2081 to Ashadh end, 2082, and the Cash Flow Statement for the same period, the meeting unanimously passed the said proposal.

3. Upon presentation of the proposal to appoint PYC & Associates, Chartered Accountants as auditor to audit the fiscal year 2082/083 as per Section 111 of the Companies Act, 2063 on recommendation of the Audit Committee and fix their remuneration, the meeting unanimously passed the proposal to appoint PYC & Associates, Chartered Accountants with a lump-sum remuneration of Rs. 220,000/- (In words: Rupees Two Lakhs Twenty Thousand only) excluding VAT.

4. Regarding the election of the Board of Directors:

Since the 4-year term of the current Board of Directors had expired, as per the decision of the Board meeting held on 2083/03/10, Senior Advocate Mr. Bishnu Prasad Baskota was appointed as Election Officer. The Election Officer published the election schedule on 2083/03/22 and completed all scheduled election programs. Candidates from the promoter shareholder group, Mr. Chandra Prasad Dhakal and Ms. Swechha Dhakal, and candidates from the general shareholder group, Mr. Arjun Paudel Sharma, Mr. Swarup Dhungana, Mr. Nirmal Adhikari, and Mr. Ambika Prasad Paudel, withdrew their candidacies. Consequently, for the 4 positions to be elected from the promoter shareholder group, only 3 candidates remained—Mr. Guru Prasad Dhakal, Mr. Mahendra Raj Adhikari, and Mr. Atul Acharya—and for the general shareholder group, only 2 candidates remained—Mr. Diwakar Paudel and Mr. Hemanta Raj Pandey. Therefore, the following candidates were declared elected unopposed.

Directors elected unopposed from Promoter Shareholders:

(a) Mr. Guru Prasad Dhakal

(b) Mr. Mahendra Raj Adhikari

(c) Mr. Atul Acharya

Directors elected unopposed from General Shareholders:

(a) Mr. Diwakar Paudel

(b) Mr. Hemanta Raj Pandey

The Election Officer announced to the meeting that the mentioned shareholders were elected unopposed as directors of the company for a term of 4 years, wished the newly elected directors a successful tenure, and declared the election process completed. The meeting also endorsed the election announcement made by the Election Officer.

5. Regarding appointment of Independent Director:

Regarding the appointment of an Independent Director, in accordance with the provisions of Section 29 of the Companies Act, 2063 and the company's Articles of Association, upon presentation of the proposal by the Chairman to appoint one qualified and experienced person from among the listed individuals, the meeting unanimously decided to appoint Dr. Hemanta Kumar Dawadi as an Independent Director.

(b) Discussion and decisions on Special Proposals:

1. Upon presentation of the proposal to ratify the financial assistance amount of Rs. 1,43,000/- provided under Corporate Social Responsibility, the meeting unanimously passed the proposal.

2. Upon presentation of the proposal to amend provisions of the Memorandum and Articles of Association of the company, the meeting unanimously decided to amend clauses of the Memorandum and Articles of Association as follows:

(a) Amendment to Memorandum of Association:

Clause 8 Restrictions, if any, on purchase or transfer of shares:

(1) If a shareholder wishes to transfer rights to purchase right shares, they may transfer such rights to a person of their choice. Other provisions regarding restrictions on purchase and transfer of shares shall be as specified in the Companies Act, Securities Trading Laws, and other prevailing laws.

(b) Amendment to Articles of Association:

Article 27 Composition, number, and tenure of the Board of Directors:

(2) The Board of Directors of this company shall consist of a total of 7 (seven) members, comprising 6 (six) directors nominated or elected by shareholders and 1 (one) independent (expert) director.

3. Upon presentation of the proposal to authorize the Board of Directors to make necessary amendments to the Memorandum and Articles of Association if any suggestions or directions for amendment, modification, or addition are received from regulatory authorities or to correct any errors, the meeting unanimously passed the proposal.

Advertisement