आधिकारिक सूचनाOfficial AnnouncementAuction
9 Jun, 2026
हिमालयन पावर पार्टनरको अवितरित हकप्रद शेयर लिलामी सूचना

हिमालयन पावर पार्टनरको अवितरित हकप्रद शेयर लिलामी सूचनाHimalayan Power Partner: Unsold Rights Share Auction Notice

वर्ग:Category:
Auction
प्रकाशित मिति:Published:
Published on June 9, 2026

हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद शेयर मिति २०८३/०१/१९ गतेका दिन देखि मिति २०८३/०२/०६ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा ४,६८,७४० कित्ता शेयरको लागि आवेदन नपरेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन नं. १५ तथा हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरुको दफा (ङ) मा उल्लेखित प्रावधानको अधिनमा रही उक्त शेयरहरु लिलाम बढाबढ गरी बिक्री गर्न यस कम्पनीको सञ्चालक समितिको निर्णयानुसार उक्त शेयरहरु खरिद गर्न इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीलाई मिति २०८३/०३/०४ गतेभित्र देहाय बमोजिमको स्थानहरुमा आइपुग्ने गरी प्रति कित्ताको कति दर रेटमा लिन कबुल गर्ने हो सो समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न हुन अनुरोध गरिन्छ।

सि.नं. बोलपत्र आवेदन फाराम पाउने र बुझाउने स्थान (संकलन केन्द्र) हरुः

१. श्री ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाण्डौ।

२. श्री ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु क्रमश: (१) विर्तामोड (२) हनुमानदास रोड, विराटनगर (३) जनकपुर (४) आदर्शनगर, वीरगंज (५) हेटौडा (६) नारायणगढ (७) न्यूरोड, पोखरा (८) बुटवल-मिलनचोक (९) बागलुङ्ग (१०) नेपालगञ्ज-त्रिभुवन चोक (११) सुर्खेत (१२) घोराही, दाङ्ग (१३) धनगढी (१४) महेन्द्रनगर।

तपसील

बोलपत्रद्वारा बिक्री गरिने शेयर संख्या: ४,६८,७४० कित्ता

शिलबन्दी बोलपत्र पेश गर्ने शुरु मिति : २०८३/०२/२७ गते

शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति : २०८३/०३/०४ गते बैंकिङ्ग समयसम्म

न्यूनतम मूल्य प्रति शेयर रु. १००/-

यस सम्बन्धी विस्तृत जानकारीको लागि मिति २०८३/०२/२० गतेको “नेपाल समाचारपत्र” तथा “नागरिक” दैनिकमा सूचना प्रकाशित गरिएको हुँदा उक्त सूचना हेर्न हुन समेत अनुरोध गरिन्छ।

नोट: बोलपत्रहरु सम्पूर्ण संकलन केन्द्रहरुबाट बिक्री प्रबन्धकको कार्यालयमा संकलन भए पश्चात शिलबन्दी बोलपत्र खोलिने मिति समय र स्थान उल्लेख गरी राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी जानकारी गराइने पश्चात खोलिने छ।

Himalayan Power Partner Limited had opened applications for its rights shares from 2083/01/19 to 2083/02/06. As applications were not received for 4,68,740 units of shares, and in accordance with Directive No. 15 of the Securities Issuance and Allotment Directive, 2074, and the provisions mentioned in sub-section (ङ) of the arrangements and details regarding rights share issuance, these shares will be sold through auction. Interested individuals, organizations, or companies wishing to purchase these shares are requested to submit sealed bids, clearly stating the rate per unit they are willing to take, to the locations mentioned below by 2083/03/04.

S.N. Locations for obtaining and submitting bid application forms (Collection Centers):

1. Global IME Capital Limited, Naxal, Kathmandu.

2. Branch offices of Global IME Bank Limited, namely: (1) Birtamod (2) Hanumandas Road, Biratnagar (3) Janakpur (4) Adarshnagar, Birgunj (5) Hetauda (6) Narayanagadh (7) Newroad, Pokhara (8) Butwal-Milanchowk (9) Baglung (10) Nepalgunj-Tribhuvan Chowk (11) Surkhet (12) Ghorahi, Dang (13) Dhangadhi (14) Mahendranagar.

Details

Number of shares to be sold through bids: 4,68,740 units

Bid submission start date : 2083/02/27

Bid submission closing date : 2083/03/04 during banking hours

Minimum price per share Rs. 100/-

For detailed information regarding this, please refer to the notice published in “Nepal Samacharpatra” and “Nagarik” dailies on 2083/02/20.

Note: After all bid forms are collected from the collection centers at the office of the sales manager, the sealed bids will be opened after publishing a notice in a national level newspaper stating the date, time, and place of opening.