आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
17 Jun, 2026
होटल इष्टर्न नेपाल लिमिटेडको विशेष साधारण सभा सूचना

होटल इष्टर्न नेपाल लिमिटेडको विशेष साधारण सभा सूचनाHotel Eastern Nepal Limited: Special General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on June 17, 2026

विशेष साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०३/०३ गते)

श्री आदरणीय शेयरधनी महानुभावहरु,

यस होटल इष्टर्न नेपाल लिमिटेडको सञ्चालक समितिको मिति २०८३/०३/०२ गते बसेको बैठकको निर्णय अनुसार यस कम्पनीको विशेष साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल गरि निर्णय गर्न बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिका लागि अनुरोध गरिन्छ।

सभा हुने मिति, समय र स्थान:

मिति : २०८३ असार १८ गते, बिहीबार ।

समय : बिहान १०:०० बजे ।

स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, महाराजगंज, काठमाण्डौ ।

विशेष साधारण सभाका प्रस्तावहरु:

क) विशेष प्रस्तावहरु:

  1. सर्वसाधारणलाई IPO जारी गर्ने सम्बन्धमा ।
  2. कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा ।
  3. कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धमा ।
  4. विविध ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

विशेष साधारण सभा सम्बन्धी सामान्य जानकारी:

  1. विशेष साधारण सभाको सूचना सम्बन्धी कागजातहरु शेयरधनी लगायत कायम रहेको ठेगानामा पठाइएको छ । कुनै कारणवश कुनै शेयरधनी महानुभावहरुले सूचना समयमै प्राप्त गर्न नसकेको भएमा कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरि प्राप्त गर्न सकिनेछ ।
  2. विशेष साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुलाई आफ्नो परिचय खुल्ने प्रमाण सहित उपस्थित हुन अनुरोध गरिन्छ । अन्यथा सभा कक्षमा प्रवेश गर्न पाइने छैन । सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावले सभाको दिन सभा शुरु हुनु भन्दा अगावै उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । हाजिरी पुस्तिका सभा शुरु हुनु भन्दा ३० मिनेट अगाडी देखि सभा सञ्चालन रहसम खुल्ला रहनेछ ।
  3. सभा सम्बन्धी थप जानकारीका लागि कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
  4. सभामा आफ्नो लिखित राय, सुझाव वा धारणा पेश गर्न चाहने शेयरधनी महानुभावहरुले त्यस्ता राय, सुझाव वा धारणा कम्पनीको आधिकारिक इमेल ठेगानामा पठाउन सक्नु हुनेछ ।

नोट: विशेष साधारण सभा सम्बन्धी अन्य आवश्यक जानकारीका लागि कम्पनीको केन्द्रीय रजिष्टर्ड कार्यालय, का.म.न.पा. वडा नं. ३ महाराजगंज, काठमाण्डौमा वा फोन नं. ०१-४५४०४६५ मा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

Notice regarding Special General Meeting

(First published on 2083/03/03)

Dear Shareholders,

As per the decision of the Board of Directors of Hotel Eastern Nepal Limited meeting held on 2083/03/02, a Special General Meeting of this company will be held on the following date, time, and place to discuss and decide on the following matters. All shareholders are requested to attend.

Date, Time and Place of Meeting:

Date: Thursday, 2083 Ashar 18.

Time: 10:00 AM.

Place: Company's Registered Office, Maharajgunj, Kathmandu.

Proposals of the Special General Meeting:

a) Special Proposals:

1. Regarding issuing IPO to the general public.

2. Regarding increasing the authorized and issued capital of the company.

3. Regarding amendment of the company's memorandum of association.

4. Miscellaneous.

By order of the Board of Directors

Company Secretary

General Information regarding Special General Meeting:

1. The notice and related documents for the Special General Meeting have been sent to the addresses of the shareholders. If any shareholder has not received the notice in time for any reason, they can contact the company's registered office to obtain it.

2. Shareholders interested in participating in the Special General Meeting are requested to attend with proof of identity. Otherwise, entry into the meeting hall will not be permitted. Every shareholder participating in the meeting must sign the attendance register upon arrival before the meeting starts. The attendance register will be open for signing from 30 minutes before the meeting starts.

3. For further information regarding the meeting, please contact the company's registered office.

4. Shareholders wishing to submit their written opinions, suggestions, or views at the meeting can send them to the company's official email address.

Note: For any other necessary information regarding the Special General Meeting, please contact the company's Central Registered Office, K.M.N.P. Ward No. 3 Maharajgunj, Kathmandu or call 01-4540465.