Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
9 Sep, 2026
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको विशेष साधारण सभाको सूचना

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको विशेष साधारण सभाको सूचनाHulas Finserv Hire Purchase Limited: Notice of Special General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 9, 2026

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका शेयरधनी महानुभावहरूलाई विशेष साधारण सभाको सूचना ।

(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२३)

श्री आदरणीय शेयरधनी महानुभावहरू,

यस हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको मिति: २०८३/०५/०७ मा बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको विशेष साधारण सभा निम्न मिति, समय तथा स्थानमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रेषित गरिएको छ।

१. सभाको मिति, समय तथा स्थान:

मिति: २०८३/०६/०७ (२३ सेप्टेम्बर, २०२६)

समय: ३:०० बजे ।

स्थान: काठमाडौं जिल्ला, का.म.न.पा., वडा नं.०१ स्थित होटल याक एण्ड यति (Hotel Yak & Yeti) को सभाहलमा आयोजना हुनेछ।

२. सभामा छलफल हुने प्रस्तावहरू:

क) सामान्य प्रस्ताव:

१. स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने सम्बन्धमा ।

ख) विशेष प्रस्ताव:

  1. कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ख) बमोजिम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढी भएको कर्जा अनुमोदन गर्ने सम्बन्धमा ।
  2. कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ख) को अनुपालनाको लागि कर्जा सिमा वृद्धि गर्ने सम्बन्धमा ।
  3. कम्पनीको पुँजी वृद्धिको लागि प्रबन्धपत्रको दफा ६ को (क), (ख), (ग) र (घ) मा संशोधन गर्ने सम्बन्धमा ।
  4. कम्पनीको नियमावलीको नियम ३५ र ३६ मा संशोधन गर्ने सम्बन्धमा ।
  5. कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिमको सीमा भन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सहायता रकमलाई अनुमोदन गर्ने सम्बन्धमा ।
  6. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमानुसार संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी वा नियामक निकाय कार्यालयले कुनै फेरबदल संशोधन परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुसार आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समितिलाई पूर्ण अधिकारप्रदान गर्ने सम्बन्धमा ।

ग) विविध:

शेखर गोल्छा

सञ्चालक/अध्यक्ष

Notice of Special General Meeting to the Shareholders of Hulas Finserv Hire Purchase Limited.

(First Date of Publication: 2083/05/23)

Dear Shareholders,

As per the decision of the Board of Directors meeting of Hulas Finserv Hire Purchase Limited held on 2083/05/07, the Special General Meeting of this company is scheduled to be held on the following date, time, and venue to discuss and decide on the following agendas. Therefore, in accordance with Section 67 (2) of the Companies Act, 2063, this notice is published for the information and attendance of all shareholders.

1. Date, Time, and Venue of the Meeting:

Date: 2083/06/07 (23 September, 2026)

Time: 3:00 PM

Venue: Meeting Hall of Hotel Yak & Yeti, Ward No. 01, K.M.C., Kathmandu District.

2. Agendas to be discussed in the meeting:

a) Ordinary Agenda:

1. Regarding the appointment of an Independent Director.

b) Special Agenda:

1. Regarding the approval of loans exceeding the aggregate of paid-up capital and accumulated profits as per Section 105 (1) (ख) of the Companies Act, 2063.

2. Regarding the increase of loan limit for compliance with Section 105 (1) (ख) of the Companies Act, 2063.

3. Regarding the amendment of Clause 6 (क), (ख), (ग), and (घ) of the Memorandum of Association for the increase of the company's capital.

4. Regarding the amendment of Rule 35 and 36 of the Articles of Association of the company.

5. Regarding the approval of the assistance amount deposited in the Prime Minister's Disaster Relief Fund exceeding the limit prescribed under Section 105 (1) (ग) of the Companies Act, 2063.

6. Regarding the delegation of full authority to the Board of Directors of the company to make necessary changes, amendments, modifications, or adjustments in the Memorandum of Association and Articles of Association as per the suggestions or directives of the concerned regulatory or governing body during the process of amendment.

c) Miscellaneous:

Shekhar Golchha

Director/Chairman

Advertisement