
आईएमई लिमिटेडको २६औं वार्षिक साधारण सभा बोलाउने सम्बन्धी सूचनाIME Limited: Notice of 26th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 8, 2026
आईएमई लिमिटेडको
छब्बिसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
आदरणीय शेयरधनी महानुभावहरू,
यस आईएमई लिमिटेडको मिति २०८३/०५/२२ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको आ.ब. २०८२/०८३ को वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । वार्षिक साधारण सभाका दिन निम्न मिति, स्थान र समयमा शेयरधनीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
सभा हुने मिति स्थान र समय:
मिति : २०८३ साल असोज महिना १४ गते, बुधबार (September 30, 2026)
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, आईएमई कम्प्लेक्स पानीपोखरी, काठमाण्डौं ।
सभा शुरु हुने समय : अपरान्ह ४:०० बजे ।
छलफलका विषयहरू :
क. सामान्य प्रस्तावहरू:
- सञ्चालक समितिको आ.ब २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
- लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तको वासलात तथा मिति २०८२ श्रावण १ देखि २०८३ आषाढ मसान्त सम्मको नाफा-नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने ।
- यस कम्पनीको सहायक कम्पनी आईएमई खल्ती लिमिटेडको आ.ब. २०८२/०८३ को वित्तीय विवरण सहितको (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।
- कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.ब.२०८३/०८४ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
- २०% (कर समेत) नगद लाभांश बितरण गर्ने सम्बन्धमा ।
ख. विविध ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
IME Limited
Notice of the 26th Annual General Meeting
Dear Shareholders,
As per the decision of the Board of Directors meeting of IME Limited held on 2083/05/22, the Annual General Meeting of the company for the F.Y. 2082/083 is scheduled to be held on the following date, venue, and time to discuss and decide on the following agendas. Hence, this notice is published for the information of all shareholders in accordance with the Companies Act, 2063. Shareholders are cordially requested to attend the Annual General Meeting on the specified date, venue, and time.
Date, Venue, and Time of the Meeting:
Date: Ashoj 14, 2083, Wednesday (September 30, 2026)
Venue: Registered Office of the Company, IME Complex, Panipokhari, Kathmandu.
Meeting Start Time: 4:00 PM.
Agendas for Discussion:
A. Ordinary Proposals:
1. Regarding the approval of the Board of Directors' Annual Report for the F.Y. 2082/083.
2. To discuss and approve the Balance Sheet as of Ashad end 2083, along with the Auditor's Report, and the Profit and Loss Account and Cash Flow Statement for the period from Shrawan 1, 2082 to Ashad end 2083.
3. To approve the Consolidated Financial Statements including the financial statements of the company's subsidiary, IME Khalti Limited, for the F.Y. 2082/083.
4. Regarding the appointment of an external auditor for the F.Y. 2083/084 pursuant to Section 111 of the Companies Act, 2063, and fixing their remuneration.
5. Regarding the distribution of 20% (including tax) cash dividend.
B. Miscellaneous.
By Order of the Board of Directors,
Company Secretary