
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाKalinchowk Darshan Limited: Notice of 12th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 10, 2026
१२ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति :- २०८३ भदौ २५ गते
आदरणीय शेयरधनी महानुभावहरु यस कम्पनीको संचालक समितिको मिति २०८३ भदौ २४ गते सम्पन्न १०२ औं बैठकको निर्णय अनुसार यस कम्पनीको १२ औं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हो ।
साधारण सभा बस्ने :
मिति :- २०८३ साल असोज १६ गते शुक्रवार र (तदनुसार अक्टोबर २, २०२६)
समय :- दिनको ११:३० बजे ।
स्थान :- जर्मन होम्स होटल,मध्यपुर ठिमी,गठाघर,भक्तपुर ।
सामान्य प्रस्तावहरू :
- संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को अन्तिम आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण आदि) छलफल गरी पारित गर्ने ।
- आ.व. २०८३/०८४ को लेखापरीक्षण कार्यका लागि संचालक समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।
- संचालक को नियुक्ति बाकी अवधि को लागि अनुमोदन गर्ने बारे ।
विशेष प्रस्तावहरू :
१) संचालक समितिको अघिल्लो बैठकले सिफारिस गरे बमोजिम हालको चुक्ता पूँजी रु. ६३,००,००,०००/- को ८.५% ले हुन आउने रु. ५,३५,५०,०००/- बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४४७४% ले हुन आउने रु. २८,१८,४२१.०५/- नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
२) कम्पनीको साविक प्रक्रियामा रहेको हकप्रद सेयर निष्कासनको सम्बन्धमा, प्रस्तावित ८.५०% बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी रु. ६८,३५,५०,०००/- मा पूर्वनिर्धारित १:१ (१००%) को अनुपातमा प्रतिसेयर रु. १००/- अंकित दरका कुल ६८,३५,५०० कित्ता हकप्रद सेयर निष्कासन तथा समायोजन गर्ने प्रस्ताव पारित गर्ने ।
३) कम्पनीको व्यावसायिक कार्यक्षेत्र विस्तार तथा लगानी विविधीकरण गर्न कृषि, जलविद्युत, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रहरूमा लगानी एवं व्यवसाय सञ्चालन गर्ने गरी प्रबन्धपत्रको दफा ४ मा उद्देश्यहरू थप तथा परिमार्जन गर्ने प्रस्ताव पारित गर्ने ।
४) प्रस्तावित बोनस सेयर तथा हकप्रद सेयर जारी पश्चात हुने पूँजी वृद्धिलाई समायोजन गर्न कम्पनीको जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने र सो बमोजिम प्रबन्धपत्रको दफा तथा नियमावलीका सम्बन्धित नियमहरूमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।
५) प्रबन्धपत्र तथा नियमावलीको संशोधन, हकप्रद सेयर निष्कासन तथा नियमनकारी निकायहरू (कम्पनी रजिस्टारको कार्यालय, नेपाल धितोपत्र बोर्ड आदि) बाट कुनै फेरबदल, थपघट वा संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम समायोजन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।
ख) विविध :
नोट :
• कम्पनीको शेयरधनि दर्ता किताब मिति २०८३ असोज ९ गते शुक्रवार १ (एक) दिनको लागि बन्द रहने व्यहोरा अनुरोध छ ।
• कम्पनीको साधारण सभामा भाग लिन आउने शेयरधनिले आफ्नो पहिचान खुल्ने परिचयपत्र अनिवार्य पेश गर्नु पर्ने छ अन्यथा सभा स्थल प्रवेशमा रोक लगाईने छ ।
Notice of the 12th Annual General Meeting
First Date of Publication: 2083 Bhadra 25
Dear Shareholders, as per the decision of the 102nd meeting of the Board of Directors of this company held on 2083 Bhadra 24, the 12th Annual General Meeting of this company will be held on the following date, time, and venue to discuss and decide on the following matters. This notice is published for the information of all shareholders in accordance with Section 67 of the Companies Act, 2063.
Details of the AGM:
Date: Friday, 2083 Ashwin 16 (corresponding to October 2, 2026)
Time: 11:30 AM
Venue: German Homes Hotel, Madhyapur Thimi, Gathaghar, Bhaktapur.
Ordinary Agendas:
1. To discuss and approve the Annual Report of the Fiscal Year 2082/083 presented by the Chairman on behalf of the Board of Directors.
2. To discuss and approve the audited financial statements of the Fiscal Year 2082/083 (Balance Sheet, Profit and Loss Account, Cash Flow Statement, etc.) along with the Auditor's Report.
3. To appoint an external auditor for the auditing work of the Fiscal Year 2083/084 as recommended by the Board of Directors and to fix their remuneration.
4. Regarding the approval of the appointment of directors for the remaining tenure.
Special Agendas:
1) To pass the proposal to distribute bonus shares worth Rs. 5,35,50,000/- which is 8.5% of the current paid-up capital of Rs. 63,00,00,000/- as recommended by the previous meeting of the Board of Directors, and cash dividend worth Rs. 28,18,421.05/- (0.4474%) for tax purposes of the same.
2) Regarding the issuance of right shares of the company which is in the previous process, to pass the proposal to issue and adjust a total of 68,35,500 units of right shares at the face value of Rs. 100/- per share in the pre-determined ratio of 1:1 (100%) on the paid-up capital of Rs. 68,35,50,000/- maintained after the distribution of the proposed 8.50% bonus shares.
3) To pass the proposal to add and amend objectives in Clause 4 of the Memorandum of Association to expand the company's business scope and diversify investments by investing in and operating businesses in agriculture, hydropower, information technology, and productive sectors.
4) To pass the proposal to increase the issued capital and paid-up capital of the company to adjust the capital increase after the issuance of the proposed bonus shares and right shares, and to make necessary amendments to the relevant rules of the Memorandum of Association and Articles of Association accordingly.
5) To pass the proposal to grant full authority to the Board of Directors to make adjustments as per instructions received from regulatory bodies (Office of the Company Registrar, Securities Board of Nepal, etc.) for any changes, additions, or amendments to the Memorandum of Association and Articles of Association, and the issuance of right shares.
B) Miscellaneous:
Note:
• Shareholders are requested to note that the Shareholder Registration Book of the company will remain closed for 1 (one) day on Friday, 2083 Ashwin 9.
• Shareholders attending the Annual General Meeting must present an identity card revealing their identity, otherwise entry to the meeting venue will be restricted.