Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
19 Nov, 2026
लक्ष्मी सनराइज बैंकको २६औं वार्षिक साधारण सभा आह्वान

लक्ष्मी सनराइज बैंकको २६औं वार्षिक साधारण सभा आह्वानLaxmi Sunrise Bank Calls 26th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 20, 2026

लक्ष्मी सनराइज बैंक लिमिटेडको

छब्बिसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति : २०८३ मंसिर ३)

श्री शेयरधनी महानुभावहरु,

मिति २०८३ साल मंसिर महिना २ गते बुधवार तदनुसार १८ नोभेम्बर २०२६ मा बसेको बैंकको ३३३ औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार बैंकको छब्बिसौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न प्रस्तावहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. सभा हुने मिति, स्थान र समय

मिति : २०८३ साल मंसिर २५ गते शुक्रवार (११ डिसेम्बर २०२६)

स्थान : अग्रवाल भवन, कमलपोखरी, काठमाडौँ ।

समय : बिहान १०:०० बजे ।

२. छलफलका विषयहरु :

क. सामान्य प्रस्ताव

  1. छब्बिसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गर्ने ।
  3. बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आ.व. २०८३/०८४ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
  4. बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.२६ प्रतिशतका दरले रु. ६,९६,३१,०२५.०० (अक्षरेपि रु. छ करोड ९६ लाख ३१ हजार २५ मात्र) बराबर नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने ।

ख. विशेष प्रस्ताव

  1. बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हालको चुक्ता पूँजीको ५ प्रतिशतका दरले रु. १,३३,९०,५८,१७३.०० (अक्षरेपि रु. एक अर्ब ३३ करोड ९० लाख ५८ हजार एक सय त्रिहत्तर मात्र) बराबरको बोनस शेयर जारी गर्ने ।
  2. उल्लेखित बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने ।
  3. विशेष प्रस्ताव नं. (१) र (२) सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन/समायोजन गर्न बैंकको सञ्चालक समिति (वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारी) लाई अख्तियारी दिने ।

ग. विविध

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

साधारण सभा सम्बन्धी सामान्य जानकारी

१. छब्बिसौं वार्षिक साधारण सभामा उपस्थिति तथा मतदान, बोनस शेयर तथा नगद लाभांशको लागि बैंकको शेयर दाखिला खारेजको काम २०८३ साल मंसिर महिना १४ गते सोमबार ३० नोभेम्बर २०२६ बन्द रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८३/०८/१४ भन्दा अघिल्लो दिन सम्म कारोबार भई मिति २०८३/०८/१५ गते कार्यालय समय भित्रमा बैंकको शेयरधनी किताबमा कायम शेयरधनीहरूले सो सभामा भाग लिन तथा बोनस शेयर र नगद लाभांश पाउन योग्य हुनेछन् ।

Laxmi Sunrise Bank Limited

Notice Regarding 26th Annual General Meeting

(First publication date: 2083 Mangsir 3)

Dear Shareholders,

As per the decision of the 333rd Board of Directors meeting of the bank held on Wednesday, 2083 Mangsir 2 (corresponding to 18 November 2026), the 26th Annual General Meeting of the bank will be held on the following date, venue, and time to discuss and decide on the following proposals. Therefore, this notice is published for the information of all shareholders pursuant to Section 67 of the Companies Act, 2063.

1. Date, Venue, and Time of the Meeting

Date: 2083 Mangsir 25, Friday (11 December 2026)

Venue: Agrawal Bhawan, Kamalpokhari, Kathmandu.

Time: 10:00 AM

2. Agenda Items:

A. Ordinary Proposals

1. To discuss and adopt the Board of Directors' report for the 26th Annual General Meeting.

2. To discuss and approve the auditor's report along with the Balance Sheet as of end of Ashadh 2083, Profit and Loss Account for the FY 2082/083 ending on the same date, Cash Flow Statement, and related schedules (including subsidiary companies).

3. To appoint an auditor for FY 2083/084 as recommended by the bank's Audit Committee and fix their remuneration.

4. To distribute cash dividend at the rate of 0.26 percent of paid-up capital amounting to Rs. 6,96,31,025.00 (In words: Rupees six crore ninety-six lakh thirty-one thousand twenty-five only) as proposed by the Board of Directors for tax purposes on bonus shares.

B. Special Proposals

1. To issue bonus shares at the rate of 5 percent of the bank's current paid-up capital amounting to Rs. 1,33,90,58,173.00 (In words: Rupees one arba thirty-three crore ninety lakh fifty-eight thousand one hundred seventy-three only) as proposed by the Board of Directors.

2. To increase the authorized, issued, and paid-up capital as required for issuing the aforementioned bonus shares.

3. To approve amendments to the Memorandum and Articles of Association of the bank for implementing Special Proposal Nos. (1) and (2), and to authorize the Board of Directors (or any official designated by the Board) to make necessary amendments/adjustments if any alterations or suggestions are received from regulatory bodies regarding the proposed amendments.

C. Miscellaneous

By Order of the Board of Directors

Company Secretary

General Information Regarding the General Meeting

1. For attendance and voting at the 26th Annual General Meeting, as well as for bonus shares and cash dividend, the bank's share transfer book will remain closed on 2083 Mangsir 14, Monday (30 November 2026). Shareholders whose names are maintained in the bank's share register within office hours on 2083/08/15 having traded on Nepal Stock Exchange Limited up to the day before 2083/08/14 will be eligible to participate in the meeting and receive bonus shares and cash dividend.

Advertisement