Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
12 Aug, 2026
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आह्वान

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आह्वानLiberty Micro Life Insurance Calls Special General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on August 12, 2026

विशेष साधारणसभा सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०४/२७

आदरणीय शेयरधनी महानुभावहरु,

यस लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको मिति २०८३/०४/२५ गते बिहान ११ बजे बसेको ५० औं संचालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीको विशेष साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल गरि निर्णय गर्नका लागि बस्ने भएको हुँदा शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । अतः यसै सूचनालाई आधार मानी उक्त विशेष साधारण सभामा सम्पूर्ण शेयरधनीहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

विशेष साधारणसभा हुने मिति, समय र स्थान

मिति:- २०८३ साल भाद्र १६ गते मंगलबार (०१ सेप्टेम्बर, २०२६)

स्थान:- न्यूरोड-०८,पोखरा,कम्पनीको प्रधान कार्यालय

समय:- दिउँसो १ बजे

विशेष साधारण सभाको प्रस्तावहरु

  1. संचालक समिति गठन (निर्वाचन) सम्बन्धमा ।
  2. स्वतन्त्र संचालकको नियुक्ती सम्बन्धमा ।
  3. विविध ।

आज्ञाले

कम्पनी सचिव

विशेष साधारण सभा सम्बन्धि जानकारी

  1. शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र वा शेयरधनी प्रमाणपत्र लिई आउन अनुरोध गरिन्छ ।
  2. सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरुले प्रतिनिधि (प्रोक्सी) फारम सभा हुने दिन भन्दा कम्तीमा ४८ घण्टा अगावै दर्ता गराई सक्नु पर्नेछ । एक जना शेयरधनीले एक जना भन्दा बढी प्रतिनिधि (प्रोक्सी) नियुक्त भएको पाइएमा सबैभन्दा पहिला कम्पनीमा दर्ता भएको प्रतिनिधि (प्रोक्सी) मात्र मान्य हुनेछ । प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि प्रतिनिधि (प्रोक्सी) बदर नगरी कुनै शेयरधनीले सभामा भाग लिन चाहेमा भाग लिन सक्नु हुनेछ तर मतदान गर्न पाउनु हुने छैन ।
  3. हाजिर पुस्तिका बिहान १० बजे देखि उपलब्ध रहनेछ ।
  4. सभा सम्बन्धि अन्य विस्तृत जानकारीको लागि कम्पनीको केन्द्रीय कार्यालय न्यूरोड-८, पोखरामा वा बागमती प्रदेश कार्यालय, थापाथली, काठमाडौँमा वा मोबाइल नम्बर ९८०२३५९३७९ मा कार्यालय समय भित्र सम्पर्क गर्न सक्नुहुनेछ ।
  5. निर्वाचन कार्यक्रम निर्वाचन अधिकृतको कार्यालय, कम्पनीको प्रादेशिक कार्यालय, काठमाडौँमा हुनेछ र निर्वाचन कार्यक्रम तालिका मिति २०८३/०५/०३ गते प्रकाशन गरिनेछ । थप जानकारीका लागि निर्वाचन अधिकृतको कार्यालय, कम्पनीको प्रादेशिक कार्यालय, काठमाडौँमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Notice Regarding Special General Meeting

First Date of Publication: 2083/04/27

Respected Shareholders,

As per the decision of the 50th meeting of the Board of Directors of Liberty Micro Life Insurance Limited held on 2083/04/25 at 11:00 AM, the Special General Meeting of this company will be held on the following date, time, and location to discuss and decide upon the agendas listed below. Hence, this notice is published for the information of all shareholders. Therefore, taking this notice as the basis, all shareholders are cordially requested to attend the Special General Meeting.

Date, Time, and Venue of Special General Meeting

Date: 2083 Bhadra 16 Tuesday (01 September, 2026)

Venue: New Road-08, Pokhara, Company's Head Office

Time: 1:00 PM

Agendas of Special General Meeting

1. Regarding the formation (election) of the Board of Directors.

2. Regarding the appointment of an Independent Director.

3. Miscellaneous.

By Order

Company Secretary

Information Regarding Special General Meeting

1. Shareholders are requested to bring their official identity card revealing their identity or shareholder certificate.

2. Shareholders wishing to appoint a proxy to participate in the meeting must submit the proxy form at least 48 hours before the day of the meeting. If a shareholder appoints more than one proxy, only the proxy registered first with the company will be valid. After appointing a proxy, if any shareholder wishes to participate in the meeting without canceling the proxy, they may participate but will not be allowed to vote.

3. The attendance register will be available from 10:00 AM onwards.

4. For further detailed information regarding the meeting, you may contact the company's central office at New Road-8, Pokhara, or Bagmati Province Office, Thapathali, Kathmandu, or mobile number 9802359379 during office hours.

5. The election program will be held at the Election Officer's Office, Provincial Office of the company, Kathmandu, and the election program schedule will be published on 2083/05/03. For further information, you may contact the Election Officer's Office, Provincial Office of the company, Kathmandu.

Advertisement