Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
17 Aug, 2026
माछापुच्छ्रे क्यापिटलको सातौं वार्षिक साधारण सभा आह्वान

माछापुच्छ्रे क्यापिटलको सातौं वार्षिक साधारण सभा आह्वानMachhapuchchhre Capital Calls 7th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on August 17, 2026

माछापुच्छ्रे क्यापिटल लिमिटेडको

सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/०१ गते)

श्री शेयरधनी महानुभावहरु,

यस माछापुच्छ्रे क्यापिटल लिमिटेडको मिति २०८३/०४/२१ मा बसेको संचालक समितिको ९९औं बैठकको निर्णयानुसार यस कम्पनीको सातौं वार्षिक साधारण सभा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्नका लागि निम्न लिखित मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि अनुरोध गर्दछु ।

साधारण सभा हुने मिति, समय र स्थान :

मिति : २०८३/०५/२४ गते (सेप्टेम्बर ०९, २०२६), बुधबार ।

समय : दिनको १२ : ३० बजे ।

स्थान : बालुवाटार प्यालेस ब्यांक्वेट, गैह्रीधारा, बालुवाटार, काठमाडौं ।

छलफलका विषयहरु :

(क) सामान्य प्रस्तावहरु:

१) आर्थिक वर्ष २०८२/८३ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित क्यापिटलको २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८२/८३ को नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।

३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/०८४ को बाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) संचालक समितिले प्रस्ताव गरे बमोजिम रु.२,००,४३,७६५/- (दुई करोड त्रिचालिस हजार सात सय पैंसट्ठी रुपैयाँ) बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) अर्थात चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश (लाभांश कर सहित) प्रदान गर्न स्वीकृत गर्ने ।

(ख) विशेष प्रस्ताव :

(ग) विविध प्रस्ताव :

सातौं वार्षिक साधारण सभा सम्बन्धी थप जानकारीहरु :

शेयरधनी महानुभावहरुलाई शेयरधनीको दर्ता किताबमा कायम रहेको इमेल ठेगानामा कम्पनीको सातौं वार्षिक साधारण सभा बस्ने जानकारी पत्रका साथै वार्षिक प्रतिवेदन पुस्तिकाको विद्युतीय प्रति पठाउने व्यवस्था गरिएको छ । कुनै कारणवश उक्त पुस्तिका नपाउनु भएमा क्यापिटलको केन्द्रीय कार्यालय, बागदरबार, काठमाडौंबाट प्राप्त गर्न सक्नु हुनेछ ।

अन्य जानकारीको लागि क्यापिटलको केन्द्रिय कार्यालय, बागदरबार, काठमाडौंमा सम्पर्क राख्नु हुन अनुरोध छ ।

संचालक समितिको आज्ञाले,

कम्पनी सचिव

Machhapuchchhre Capital Limited

Notice Regarding 7th Annual General Meeting

(First Published Date: 2083/05/01)

Dear Shareholders,

As per the decision of the 99th meeting of the Board of Directors of Machhapuchchhre Capital Limited held on 2083/04/21, the Company's 7th Annual General Meeting will be held on the following date, time, and venue to discuss and decide on the matters listed below. Therefore, in accordance with Section 67 of the Companies Act, 2063, all respected shareholders are cordially requested to attend.

Date, Time and Venue of the General Meeting:

Date: 2083/05/24 (September 09, 2026), Wednesday.

Time: 12 : 30 PM.

Venue: Baluwatar Palace Banquet, Gairidhara, Baluwatar, Kathmandu.

Agendas for Discussion:

(A) Ordinary Resolutions:

1) To discuss and approve the annual report of the Board of Directors for the fiscal year 2082/83.

2) To discuss and approve all financial statements including the Balance Sheet of the Capital as of end of Ashadh 2083, along with the Auditor's Report, and the Profit and Loss Statement and Cash Flow Statement for the fiscal year 2082/83 ended on the same date.

3) Pursuant to Section 111 of the Companies Act, 2063, to appoint an auditor for the external audit of F.Y. 2083/084 and fix their remuneration.

4) To approve the distribution of cash dividend amounting to Rs. 2,00,43,765/- (Two Crore Forty Three Thousand Seven Hundred Sixty Five Rupees) (including tax applicable on cash dividend), which is 7 percent of the paid-up capital (including dividend tax), as proposed by the Board of Directors.

(B) Special Resolutions:

(C) Miscellaneous Resolutions:

Additional Information Regarding the 7th Annual General Meeting:

Arrangements have been made to send the notice letter for attending the company's 7th Annual General Meeting along with the electronic copy of the Annual Report booklet to the email addresses of the shareholders maintained in the shareholder register. If for any reason the said booklet is not received, it can be obtained from the Capital's Central Office, Bagdurbar, Kathmandu.

For any other information, please contact the Capital's Central Office, Bagdurbar, Kathmandu.

By Order of the Board of Directors,

Company Secretary

Advertisement