
मन्जुश्री फाइनान्सको १९औं वार्षिक साधारण सभाका प्रस्तावहरूManjushree Finance: Agendas for 19th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on October 16, 2026
उन्नाईसौं वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिने प्रस्तावहरु :
(क) सामान्य प्रस्ताव :
- आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात एवं आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।
- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम यस संस्थाको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८३/०८४ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/०८३ को वितरण योग्य रकमबाट यस संस्थाको हाल कायम चुक्ता पूँजी रु. १,३५,१५,५२,८४८।८० (अक्षरेपी एक अर्ब पैंतिस करोड पन्ध्र लाख बाउन्न हजार आठ सय अड्चालिस र पैसा असी मात्र) को १५% ले हुन आउने रकम रु. २०,२७,३२,९२७।३२ (अक्षरेपी बिस करोड सत्ताईस लाख बत्तिस हजार नौ सय सत्ताईस र पैसा बत्तिस मात्र) बराबरको नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
(ख) विशेष प्रस्तावहरु :
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८३ साल आषाढ मसान्त सम्ममा कायम रहेको सञ्चित मुनाफाबाट यस संस्थाको हाल कायम चुक्ता पूँजी रु. १,३५,१५,५२,८४८।८० (अक्षरेपी एक अर्ब पैंतिस करोड पन्ध्र लाख बाउन्न हजार आठ सय अड्चालिस र पैसा असी मात्र) को ५% (पाँच प्रतिशत) ले हुन आउने रकम रु. ६,७५,७७,६४२।४४ (अक्षरेपी छ करोड पचहत्तर लाख सतहत्तर हजार छ सय बयालिस र पैसा चवालिस मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम तोकिएको व्यवस्था तथा शर्तहरु सहित रु. १००/- का दरले ४० लाख इकाई अर्थात रु. ४० करोड बराबरको ८.७५ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने ।
- संस्थाको अधिकृत पूँजी रु. १,३६,००,००,०००/- (अक्षरेपी एक अर्ब छत्तीस करोड मात्र) रहेकोमा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम उल्लेखित बोनस शेयर समायोजन तथा अग्राधिकार शेयर जारी गरे पश्चात अधिकृत पूँजी रु. १,८३,००,००,०००/- (अक्षरेपी एक अर्ब त्रियासी करोड मात्र) पुर्याउने प्रस्तावलाई पारित गर्ने ।
- विशेष प्रस्ताव (प्रस्ताव नं. १ र २) पारित भए अनुसार हुने गरी जारी तथा चुक्ता पूँजी वृद्धि गर्न वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियमावलीमा रहेको विद्यमान व्यवस्थामा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
- नेपाल राष्ट्र बैंकको स्वीकृत लिई अध्यक्ष तथा सञ्चालकहरुको बैठक भत्ता तथा सुविधालाई थप गरी यस वित्तीय संस्थाको नियमावलीको नियम २९(१)(ख) लाई संशोधन गर्ने ।
- वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीको संशोधन, अग्राधिकार शेयर जारी/दर्ता/सूचीकरण गर्ने लगायतका सोसँग सम्बन्धित कार्यहरुको अनुमति/स्वीकृति/अभिलेख/अद्यावधिक आदी गर्ने क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट प्राप्त हुन आउने निर्देशन वा सुझाव बमोजिम परिवर्तन, परिमार्जन, भाषा तथा अन्य सुधार वा थपघट लगायत आवश्यक संशोधन गर्नु पर्ने भएमा त्यस्तो परिवर्तन, परिमार्जन, भाषा तथा अन्य सुधार वा थपघट लगायत आवश्यक संशोधन गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।
(ग) विविध :
Agendas presented for discussion at the 19th Annual General Meeting:
(a) Ordinary Agendas:
1. To discuss and pass the Board of Directors' annual report for the fiscal year 2082/083.
2. To discuss and pass the financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement as of end of Ashadh 2083 along with the Auditor's Report for the fiscal year 2082/083.
3. Pursuant to Section 63 of the Bank and Financial Institutions Act, 2063 and Section 111 of the Companies Act, 2063, to appoint an external auditor for the fiscal year 2083/084 as recommended by the Audit Committee and fix their remuneration.
| 4. To approve the distribution of cash dividend (including for tax purposes on bonus shares and cash dividend) amounting to Rs. | 20,27,32,927।32 | 1,35,15,52,848।80 | |
| (b) Special Agendas: | |||
| 1. To approve the distribution of bonus shares amounting to Rs. | 6,75,77,642।44 | 1,35,15,52,848।80 | 2083 |
2. To approve the proposal to increase primary capital by issuing Perpetual Non-Cumulative Preference Shares at Rs. 100/- per unit for 40 lakh units amounting to Rs. 40 crore with a dividend rate of 8.75%, where dividend will be distributed only in profitable years, subject to necessary terms and conditions proposed by the Board of Directors and upon receiving approval from Nepal Rastra Bank and other relevant regulatory bodies.
3. As the current authorized capital of the institution is Rs. 1,36,00,00,000/- (In words: One Billion Thirty Six Crore only), to pass the proposal to increase the authorized capital to Rs. 1,83,00,00,000/- (In words: One Billion Eighty Three Crore only) after adjusting the mentioned bonus shares and issuing preference shares as proposed by the Board of Directors.
4. To pass the proposal regarding necessary amendments to the Memorandum of Association and existing provisions in the Articles of Association of the financial institution to effect the increase in issued and paid-up capital as per the adoption of special agendas (Agenda Nos. 1 and 2).
5. To amend Rule 29(1)(b) of the Articles of Association of this financial institution by adding meeting allowance and facilities for the Chairman and Directors after obtaining approval from Nepal Rastra Bank.
6. To delegate authority to the Board of Directors or an official designated by the Board of Directors to make necessary changes, modifications, language corrections, or additions/deletions in the Memorandum and Articles of Association, or in process of preference share issuance/registration/listing and related activities as directed or suggested by regulatory bodies such as Nepal Rastra Bank, Office of the Company Registrar, Securities Board of Nepal, etc.
(c) Miscellaneous: