Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAuction
24 Jul, 2026
मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक शेयर लिलामी सूचना

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक शेयर लिलामी सूचनाManjushree Finance Ltd.: Promoter Share Auction Notice

वर्ग:Category:
Auction
प्रकाशित मिति:Published:
Published on July 24, 2026

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न शिलबन्दी बोलपत्र आव्हानको सूचना

शिलबन्दी बोलपत्र पेश गर्ने शुरु मिति : २०८३/०४/०८

शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति : २०८३/०४/१८

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक समूहको ८,३९,५८३ कित्ता शेयर प्रचलित नियम कानून तथा नेपाल राष्ट्र बैंकद्वारा “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १०/०८२ तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्थाको अधिनमा रही संस्थापक समूहका सोही समूहमा नै रहने गरी लिलाम बढाबढद्वारा बिक्री गर्न यस कम्पनीको सञ्चालक समितिबाट मिति २०८३/०४/०४ गतेको ८:०० बजेको निर्णयबाट स्वीकृति प्राप्त भए बमोजिम उक्त शेयरहरु खरीद गर्न इच्छुक योग्य व्यक्ति तथा संगठित संस्थाहरुले मिति २०८३/०४/१८ गते अपरान्ह ३:०० बजेभित्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंबाट प्रति कित्ताको दर रेटमा खरीद गर्नका लागि तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आव्हान गरिन्छ ।

लिलाम बढाबढद्वारा बिक्री गरिने धितोपत्रको विवरण :

बिक्रीको लागि प्रस्ताव गरिएको धितोपत्रको विवरण : ८,३९,५८३ कित्ता (संस्थापक शेयर)

प्रस्ताव गरिएको न्यूनतम मूल्य : प्रति शेयर रु.१२०/-

शर्तहरुः

  1. बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंबाट रु.१००/- नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ । आवेदकले फाराम खरीद गर्दा एनआईएमबि एस क्यापिटल लिमिटेडबाट प्राप्त आवेदन फाराम खरीद गरी लिनुपर्नेछ । छाप नलगाएको वा फोटोकपी गरी पेश गरिएको आवेदन फारामलाई अयोग्य ठहऱ्याई रद्द गरिनेछ । साथै बोलपत्र फाराम लाहाछाप वा ब्याण्डफिड समावेश गरिनेछैन ।
  2. शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१२०/- तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एक व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिनुपर्नेछ । साथै बोलपत्र फाराम लाहाछाप वा ब्याण्डफिड समावेश गरिनेछैन ।
  3. बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा आफूले कबोल गरेको प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट रुपमा लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक परेमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा दस्तखत नगरेमा केरमेट भएको बोलपत्रलाई अयोग्य ठहऱ्याईनेछ । प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नखुलेमा त्यस्तो बोलपत्रलाई अयोग्य ठहऱ्याईनेछ । दशमलव पछिको दुई अंक मात्र मान्य हुनेछ ।
  4. बोलपत्रदाताले बोलपत्र फाराममा आफ्नो नाम, ठेगाना, मोबाईल नम्बर, आफ्नो खाता रहेको बैंकको नाम र खाता नं. तथा आफ्नो हितग्राही खाता नं. (Demat Account No.) लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
  5. संस्थापक शेयर खरीद गर्न इच्छुक सम्पूर्ण बोलपत्रदाताले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूची ३) को विवरण (फोटो सहित), कर्जा सूचना केन्द्र लिमिटेडबाट प्राप्त कालोसूचीमा समावेश नभएको प्रमाणित हुने कागजात (ब्याण्डफिड हुने मिति सम्ममा तीन महिनाको अवधी कायम रहेको), आयस्रोत खुल्ने कागजातको प्रमाणित प्रतिलिपि, पहिलो अ.ब.कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, आफ्नो नाममा वा आफ्नो नाममा रहेको व्यवसायको स्थायी लेखा नं. का साथै नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नु पर्नेछ ।
  6. बोलपत्र पेश गर्दा न्यूनतम ५०,००० कित्ता वा सो भन्दा बढीको १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । आवेदन दिंदा अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नं. (PAN) आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ ।
  7. शेयर आवेदन फाराम नेपाली तथा अंग्रेजी भाषामा BOID भएको विवरणसँग हुबहु मिल्ने गरी पूर्ण रुपले भरी बोलपत्रदाताले आफूले खरीद गर्न चाहेको शेयरको जम्मा मूल्यको ५ (पाँच) प्रतिशत बराबर हुन आउने सम्पूर्ण रकम बोलपत्र पेश गर्दा Connect IPS वा IPS मार्फत रकम बकफाइएको भए सो को Transaction Copy संलग्न गर्नुपर्नेछ । शिलबन्दी बोलपत्र पेश गर्दा Good for Payment Cheque संलग्न गरी शिलबन्दी बोलपत्र फाराम साथै पेश गर्नुपर्नेछ । चेक भुक्तानी नभएमा दरखास्त फाराम स्वतः रद्द हुनेछ । Connect IPS वा IPS मार्फत रकम भुक्तानी गर्ने शिलबन्दी बोलपत्रदाताले स्वयम्ले नै व्यहोर्नुपर्नेछ । भुक्तानी गर्ने दिनु / बुझाउनु पर्ने ब्रोकरेज शुल्क, सेवा शुल्क, सेवा कमिशन र डिपोजिटरी दस्तुर सम्बन्धमा मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति वा नियमनकारी निकायको स्वीकृति पश्चात बिक्री प्रबन्धकले जानकारी गराएको मितिले ३ दिन भित्र रकम जम्मा गर्नु पर्नेछ । साथै सो रकम जम्मा भए पश्चात मात्र शेयर कारोबार प्रक्रिया अगाडी बढाईने छ । बिक्री प्रबन्धकले रकम जम्मा नभएमा धरौटी बापतको रकम फिर्ता हुनेछैन ।
  8. आवेदकले आवेदन साथ देहायका कागजात संलग्न गर्नुपर्नेछ ।

क. आवेदक नेपाली नागरिक भएमा आवेदनको साथ तीनप्रति फोटो, आवेदक स्वयंले प्रमाणित गरेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा सदस्य दलालकाहाँ खाता खोल्न आवश्यक ग्राहक परिचय विवरण तथा बुँदा नं. ५ बमोजिमको आवश्यक कागजात ।

ख. आवेदक नेपालमा दर्ता भएको संगठित संस्था/कम्पनी भएमा कम्पनीको दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, स्थायी लेखा नं., शेयर खरीद गर्न सम्बन्धमा सञ्चालक समितिको निर्णय, संस्था प्रमुखको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कर्जा सूचना केन्द्रबाट प्राप्त कालोसूचीमा समावेश नभएको प्रमाणित हुने कागजात (ब्याण्डफिड हुने मिति सम्ममा तीन महिनाको अवधी कायम रहेको), कम्पनीको प्रबन्धपत्र, नियमावलीको प्रतिलिपि तथा सदस्य दलालकाहाँ खाता खोल्न आवश्यक ग्राहक परिचय विवरण तथा बुँदा नं. ५ बमोजिमको आवश्यक कागजात ।

  1. बोलपत्र आवेदन पेश गर्दा शिलबन्दी खाम बाहिर “मञ्जुश्री फाईनान्स लिमिटेड – शेयर खरीद आवेदन (संस्थापक समूह)” उल्लेख भएको हुनुपर्नेछ ।
  2. बोलपत्र मिति २०८३/०४/१९ गते मंगलबार दिउँसो ३:०० बजे एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा लिखित रुपमा नियुक्त प्रतिनिधिको उपस्थितिमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । उक्त दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको सोही समयमा सोही स्थानमा बोलपत्र खोलिनेछ ।
  3. रितपूर्वक आवेदन गर्ने आवेदकहरुलाई ब्याण्डफिड समावेश गरिनेछ । बिक्रीको लागि आव्हान गरिएको शेयर संख्या भन्दा बढी संख्यामा शेयर खरीदका लागि आवेदन प्राप्त हुन आएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा ब्याण्डफिड गरिनेछ । यसरी ब्याण्डफिड गर्दा समेत केही शेयर कम वा बेशी हुन गएमा आवेदन दिई सम्बन्धित कम्पनीको सञ्चालक समितिको निर्णयानुसार पूर्ण अंकमा रहने गरी शेयर ब्याण्डफिड गरिनेछ ।
  4. ब्याण्डफिड परेका बोलपत्रदातालाई ब्याण्डफिड गर्ने सम्बन्धित कम्पनीको सञ्चालक समितिबाट ब्याण्डफिडको प्रारम्भिक स्वीकृति एवं नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भए पश्चात मात्र ब्याण्डफिड गरिनेछ । कदाचित नेपाल राष्ट्र बैंकबाट ब्याण्डफिडको लागि स्वीकृति प्राप्त नभएमा वा माग गरेको शेयर मध्ये आंशिक शेयरका लागि मात्र स्वीकृति प्राप्त भएमा सोही बमोजिम ब्याण्डफिड गरिनेछ । यसरी ब्याण्डफिड गरिएको बोलपत्रदातालाई स्वीकृति प्राप्त भए पश्चात मात्र शेयर नामसारीको प्रक्रिया अगाडी बढाईने छ ।
  5. ब्याण्डफिड परेका आवेदक संस्थापक शेयरधनीहरुलाई निजको नाममा ब्याण्डफिडमा परेको शेयर निजको हितग्राही खातामा जम्मा गर्नका लागि धितोपत्र दलाल (स्टक ब्रोकर) मार्फत कारोबार गराई जम्मा गर्नुपर्नेछ । सो कारोबार गराई जम्मा गर्दा प्रचलित कानून बमोजिम लाग्ने शुल्क तथा कमिशन सम्बन्धित खरीदकर्ताले नै व्यहोर्नुपर्नेछ । बिक्रेताको लागि लाग्ने उपरोक्त शुल्क, सेवा कमिशन तथा पूँजीगत लाभ कर भने बिक्रेता स्वयंले नै व्यहोर्नुपर्नेछ ।
  6. दरखास्त फाराममा बुझाएको अन्य शुल्क तथा दस्तुर नपुग भएमा वा केही कारणवश परिवर्तन हुन गएमा सो पुनः माग गर्न कुनै बाधा पर्ने छैन ।
  7. बोलपत्र आवेदनहरुमा ब्याण्डफिड नपरेका आवेदकहरुको बोलकबोल बापत जम्मा भएको रकम अन्तिम ब्याण्डफिड पश्चात धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा तोकिएको समयावधिभित्र IPS मार्फत आवेदकहरुको बैंक खातामा सोझै फिर्ता भुक्तानी गरिनेछ । साथै, यस्तो फिर्ता गरिने रकममा कुनै ब्याज प्रदान गरिने छैन ।
  8. यस सूचना बमोजिम निष्काशन गरिएको शेयरका लागि लिलाम बढाबढ गर्दा सबै शेयर खरीदका लागि दरखास्त नपरे पनि निवेदकलाई ब्याण्डफिड गरिनेछ र बाँकी रहेको शेयर सम्बन्धीत बिक्रेताको स्वीकृतिमा पुनः लिलाम बढाबढ गरी बिक्री गर्न सकिनेछैन ।
  9. शेयर ब्याण्डफिड सम्बन्धी कुनै विवाद उत्पन्न भएमा नियमनकारी निकायको राय सुझाव लिई सोही बमोजिम विवादको समाधान गरिनेछ र सो निर्णय खरीदकर्ता तथा बिक्रेता दुवैलाई मान्य हुनेछ ।

बिक्री प्रबन्धकः

एनआईएमबि एस क्यापिटल लिमिटेड

पो.ब.नं. २३२२४, लाजिम्पाट, काठमाडौँ, नेपाल, फोन: ०१-५९७०१२३३

Manjushree Finance Limited's Promoter Group Share Auction Notice

Sealed Bid Submission Start Date: 2083/04/08

Sealed Bid Submission End Date: 2083/04/18

Manjushree Finance Limited's promoter group is inviting sealed bids for the sale of 8,39,583 units of shares through an auction process. This is in accordance with the prevailing laws and regulations, Integrated Directive, 2078 issued by Nepal Rastra Bank to “C” class licensed banks and financial institutions, Directive No. 10/082, and the Securities Registration and Issuance Regulations, 2073. As per the decision of the company's Board of Directors on 2083/04/04 at 8:00 AM, eligible individuals and organized institutions interested in purchasing these shares, while remaining within the promoter group, are invited to submit sealed bid applications at a per-unit rate to the sales manager, NIMB Ace Capital Limited, Lazimpat, Kathmandu, by 3:00 PM on 2083/04/18, subject to the terms and conditions mentioned below.

Details of Securities to be Sold through Auction:

Description of Securities Offered for Sale: 8,39,583 units (Promoter Shares)

Minimum Price Offered: Rs.120/- per share

Terms and Conditions:

1. Bid application forms can be obtained from the sales manager, NIMB Ace Capital Limited, Lazimpat, Kathmandu, upon cash payment of Rs.100/-. Applicants must purchase the application form from NIMB Ace Capital Limited. Applications submitted with no seal or as photocopies will be deemed invalid and cancelled. Also, the bid form will not include a wax seal or band-feed.

2. The minimum price per share is fixed at Rs.120/-, so bids must be made at or above this price. An individual or company must submit only one bid application for the purchase of shares. Also, the bid form will not include a wax seal or band-feed.

3. In the bid application form, the number of shares intended to be purchased and the quoted price per share must be clearly written in both figures and words. If there is a discrepancy between figures and words, the amount written in words will be considered valid. Applications with overwriting without signature will be deemed invalid. Bids without the per-share price or total amount will be deemed invalid. Only two decimal places will be accepted.

4. Bidders must compulsorily mention all details clearly in the bid application form, including their name, address, mobile number, name and account number of the bank where their account is held, and their Demat Account No.

5. All interested bidders for promoter shares must submit the following documents: Fit & Proper Test details (with photo) as prescribed by Nepal Rastra Bank for promoter shareholders (Schedule 3), proof of not being included in the blacklist obtained from Credit Information Bureau Limited (valid for three months until the band-feed date), certified copy of income source documents, certified copy of the first A.B.K. tax clearance certificate, and a copy of their citizenship certificate along with their Permanent Account Number (PAN) if applicable to their name or business.

6. Bids can be submitted for a minimum of 50,000 units or in multiples of 10, up to the maximum total number of shares. It is mandatory to mention the Permanent Account Number (PAN) in the application form when submitting the bid.

7. The bid application form must be completely filled out, matching the BOID details in both Nepali and English. The entire amount equivalent to 5 (five) percent of the total value of shares the bidder wishes to purchase must be submitted along with the bid. If the amount is paid via Connect IPS or IPS, the Transaction Copy must be attached. If submitting a sealed bid, a Good for Payment Cheque must be attached with the sealed bid application form. If the cheque is not honored, the application form will be automatically cancelled. Bidders paying via Connect IPS or IPS will bear the responsibility themselves. Brokerage fees, service charges, service commission, and depository fees to be paid/submitted will be informed by the sales manager within 3 days after approval by the Board of Directors of Manjushree Finance Limited or the regulatory body. Only after this amount is deposited will the share trading process proceed. If the amount is not deposited by the sales manager, the earnest money will not be refunded.

8. Applicants must attach the following documents with the application:

क. If the applicant is a Nepali citizen, three copies of photos with the application, a self-attested copy of the citizenship certificate, and necessary customer identification details required to open an account with a member broker, as per point 5.

ख. If the applicant is an organized institution/company registered in Nepal, the company registration certificate, income tax registration certificate, Permanent Account Number, Board of Directors' decision regarding share purchase, citizenship certificate of the head of the institution, proof of not being included in the blacklist obtained from Credit Information Bureau (valid for three months until the band-feed date), copy of the company's memorandum of association, articles of association, and necessary customer identification details required to open an account with a member broker, as per point 5.

9. The sealed bid envelope must clearly state “Manjushree Finance Limited – Share Purchase Application (Promoter Group)” on the outside.

10. Bids will be opened on Tuesday, 2083/04/19 at 3:00 PM at NIMB Ace Capital Limited, Lazimpat, Kathmandu, in the presence of a duly appointed representative. The bids will be opened even if the bidder or their representative is not present. If that day falls on a public holiday, the bids will be opened at the same time and place on the next working day.

11. Eligible applicants will be included in the band-feed process. If the number of applications for share purchase exceeds the number of shares offered for sale, the shares will be band-fed proportionally based on the demanded shares. Even after this band-feed, if there are some shares remaining or in excess, the shares will be band-fed to the nearest whole number as per the decision of the concerned company's Board of Directors.

12. The band-feed for successful bidders will be carried out only after initial approval from the concerned company's Board of Directors and final approval from Nepal Rastra Bank. If Nepal Rastra Bank does not grant approval for the band-feed, or if approval is granted only for a partial number of shares out of the demanded shares, the band-feed will be done accordingly. Only after the band-feed is approved for the successful bidder will the share transfer process proceed.

13. Successful bidders who are promoter shareholders must deposit the shares allotted to them in their beneficiary account through a stockbroker. The buyer will bear the charges and commission applicable as per prevailing laws for this transaction. The seller will bear the aforementioned charges, service commission, and capital gains tax.

14. If any other fees or charges submitted with the application form are insufficient or change for any reason, they will be re-demanded and will not hinder the process.

15. For applicants whose bids were not successful in the band-feed, the amount deposited for their bid will be refunded directly to their bank account via IPS within the timeframe specified by the Securities Registration and Issuance Regulations, 2073, after the final band-feed. No interest will be provided on such refunded amounts.

16. If all shares offered for sale as per this notice are not subscribed through the auction, the applicants will still be band-fed, but the remaining shares cannot be re-auctioned or sold with the consent of the concerned seller.

17. In case of any dispute regarding share band-feed, the advice and suggestions of the regulatory body will be sought, and the decision will be binding on both the buyer and the seller.

Sales Manager:

NIMB Ace Capital Limited

Advertisement