
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाMolung Hydropower Company Limited: 17th Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 24, 2026
१७ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशन मिति २०८३/०६/०८)
आदरणीय शेयरधनी महानुभावहरू,
यस मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको मिति २०८३/०६/०७ गते बुधबार दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको ५८ औं बैठकको निर्णय अनुसार आ.व. २०८२/०८३ अर्थात् १७ औं वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरू उपर छलफल गरी निर्णय बस्ने हुँदा शेयरधनी स्वयं उपस्थित हुन वा रीत पूर्वक प्रतिनिधि मुकरर गरी पठाइदिनुहुन सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीका लागि कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा २ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ साल असोज ३० गते शुक्रवार (तदनुसार १६ अक्टोबर, २०२६)
समय : बिहान ९:०० बजे ।
स्थान : सस त्वा, सागल टोल, कीर्तिपुर, काठमाडौँ ।
वार्षिक साधारण सभाका प्रस्तावहरू :
(क) साधारण प्रस्तावहरू:
- वार्षिक साधारण सभामा सञ्चालक समितिकोतर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने वित्तीय विवरण सहितको आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
- आ.व. २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन र सोही आ.व.को वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरू अनुमोदन गर्ने ।
- आ.व. २०८३/०८४ को लेखापरीक्षण गर्न कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।
(ख) विशेष प्रस्तावहरू
१. प्रबन्ध पत्रको दफा ५ को १ (च) र दफा ६ को ङ, च, छ संशोधन गर्ने सम्बन्धमा ।
ग) विविध ।
वार्षिक साधारण सभा सम्बन्धी थप जानकारीहरू :
- १७ औं वार्षिक साधारण सभामा सहभागि हुनको लागि मिति २०८३/०६/२० गते मंगलबार एक दिन शेयर दाखिल खारेज कार्य बन्द (Book Close) गरिने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा असोज १९ गतेसम्म कारोबार भई, सीडीएस एण्ड क्लियरिङ्ग लि. बाट राफसाफ भएको र कम्पनीको शेयर रजिष्ट्रार श्री लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको अभिलेखमा दर्ता भएका शेयरधनीहरूले मात्र उक्त सभामा सहभागि हुन, भाग लिन र मतदान गर्न योग्य हुने छन् ।
- वार्षिक साधारण सभामा सहभागि हुने शेयरधनी महानुभावहरूको सुविधाको लागि हाजिरी पुस्तिका सभा स्थलमा सभा शुरु हुने दिनको बिहान ८:०० बजेदेखि सभा सञ्चालन रहेसम्म खुल्ला रहने छ ।
- वार्षिक साधारण सभामा भाग लिन र सञ्चालक निर्वाचनमा मतदान गर्न आउनु हुने शेयरधनी महानुभावहरूले आफ्नो परिचय खुल्ने फोटो सहितको परिचय पत्र वा हितग्राही खाता खोलि शेयर अभौतिकीकरण गरिएको यस कम्पनीको विवरण देखिने DEMAT Account Statement वा शेयर प्रमाणपत्र साथमा लिई आउनु हुन अनुरोध गरिन्छ ।
Notice Regarding the 17th Annual General Meeting
(First Date of Publication: 2083/06/08)
Dear Shareholders,
As per the decision of the 58th meeting of the Board of Directors of Molung Hydropower Company Limited held on Wednesday, 2083/06/07 at 3:30 PM, the 17th Annual General Meeting of the company will be held on the following date, time, and venue to discuss and decide on the matters listed below. Therefore, all shareholders are requested to attend in person or appoint a proxy in the prescribed format, in accordance with Section 67, Subsection 2 of the Companies Act, 2063.
Date, Time, and Venue of the Meeting:
Date: Friday, 30th Ashwin 2083 (corresponding to 16 October, 2026)
Time: 9:00 AM
Venue: Sas Twa, Sagal Tol, Kirtipur, Kathmandu.
Agendas of the Annual General Meeting:
(A) Ordinary Agendas:
1. To discuss and approve the Annual Report of the Board of Directors along with the Financial Statements for the F.Y. 2082/083 presented by the Chairman.
2. To approve the Auditor's Report for the F.Y. 2082/083 and the annual financial statements under the said F.Y., including the Balance Sheet, Profit and Loss Account, Cash Flow Statement, Statement of Changes in Equity, and all related schedules.
3. To appoint the Auditor for the F.Y. 2083/084 pursuant to Section 111 of the Companies Act, 2063 and to fix their remuneration.
(B) Special Agendas:
1. Regarding the amendment of Clause 5, Sub-clause 1 (f) and Clause 6, Sub-clauses (e), (f), and (g) of the Memorandum of Association.
(C) Miscellaneous.
Additional Information Regarding the Annual General Meeting:
1. For the purpose of participating in the 17th Annual General Meeting, the Share Register Book of the company will remain closed (Book Close) for one day on Tuesday, 2083/06/20. Only shareholders whose transactions were cleared through CDS and Clearing Ltd. up to 19th Ashwin and whose names are registered in the records of the company's Share Registrar, M/S Laxmi Sunrise Capital Limited, will be eligible to attend, participate, and vote in the meeting.
2. For the convenience of the shareholders participating in the Annual General Meeting, the attendance register will remain open at the meeting venue from 8:00 AM on the day of the meeting until the conclusion of the meeting.
3. Shareholders attending the Annual General Meeting to participate and vote in the election of directors are requested to bring a photo identity card establishing their identity, or a DEMAT Account Statement showing the details of dematerialized shares of this company, or the share certificate.