
मल्टीपर्पस फाइनान्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा आह्वानMultipurpose Finance Limited Calls 28th AGM
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on August 8, 2026
२८ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८१।०४।२३
मिति २०८१/०४/२० गते बसेको सञ्चालक समितिको बैठक नं. ४६० को निर्णयानुसार निम्न लिखित मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल गर्नको लागि यस वित्तीय संस्थाको २८ औं वार्षिक साधारण सभा बस्ने भएको हुँदा शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. सभा बस्ने मिति, समय र स्थान:
मिति: २०८१ साल भाद्र १६ गते मंगलबार (तदनुसार सेप्टेम्बर ०१, २०२४)
समय: बिहान ११:०० बजे
स्थान: वित्तीय संस्थाको केन्द्रीय कार्यालय, राजविराज, सप्तरी
२. छलफलका विषयहरु:
(क) सामान्य प्रस्तावहरु:
- आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको २८ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आ.व. २०८०/८१ को नाफा वा नोक्सान विवरण र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को हिसाब लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
(ख) विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
साधारण सभा सम्बन्धी सामान्य जानकारी
- मिति २०८१।०५।०५ गतेका दिन १ दिन शेयर दाखिला खारेज दर्ता बन्द (Book Close) रहने छ । नेपाल स्टक एक्सचेन्ज लि. मा मिति २०८१।०५।०४ गते सम्म कारोबार भई नियमानुसार शेयर नामसारी भई कायम शेयरधनीहरुले मात्र सो सभामा भाग लिन र मतदान गर्न सक्ने छन् ।
- सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुलाई सभा हुने दिन शेयर प्रमाण पत्रमा उल्लेखित परिचयपत्र नं./हितग्राही खाता खोलिएको प्रमाण सहित वित्तीय संस्थाद्वारा जारी गरिएको प्रवेश पत्र साथमा लिई आउन हुन अनुरोध छ । प्रवेश पत्र प्राप्त नगर्नु भएका शेयरधनीले आफ्नो कुनै एक सक्कल शेयर प्रमाणपत्र/हितग्राही खाता खोलिएको प्रमाणपत्र परिचय खुल्ने कुनै प्रमाण (जस्तै नागरिकता प्रमाणपत्र वा अन्य कुनै फोटो सहितको परिचयपत्र) साथमा लिई आउन हुन अनुरोध छ । सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावहरुले सभा हुने स्थानमा उपस्थित भई सभास्थलमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । हाजिरी पुस्तिका बिहान १०:०० बजे देखि खुल्ला रहनेछ ।
- प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले सम्पूर्ण शेयरको प्रतिनिधित्व (प्रोक्सी फाराम) भरी वित्तीय संस्थाको सभा शुरु हुनु भन्दा कम्तीमा ४८ घण्टा अगाडी वित्तीय संस्थाको कर्पोरेट कार्यालय, विद्यापतिचोक, जनकपुरधाम, धनुषामा दर्ता गरी सक्नु पर्नेछ । यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति वित्तीय संस्थाको शेयरधनी हुनु अनिवार्य छ ।
- सभामा भाग लिन प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि सम्बन्धित शेयरधनी स्वयं सभामा उपस्थित भई मतदान गर्न चाहेमा शेयरधनीले गरिदिएको प्रोक्सी स्वतः बदर हुनेछ ।
- सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको अवस्थामा बाहेक एक भन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा (साझा गरी) शेयर लिएको रहेछ भने शेयरधनीको दर्ता किताबमा दर्ता क्रमानुसार पहिलो नाममा उल्लेख भएको व्यक्ति एक जनाले मात्र सभामा भाग लिन सक्नेछ ।
- नाबालक वा विक्षिप्त शेयरधनीको तर्फबाट वित्तीय संस्थाको शेयरधनी दर्ता किताबमा संरक्षकको रुपमा नाम दर्ता भईरहेको व्यक्तिले मात्र सभामा भाग लिन सक्नु हुनेछ । तर संरक्षक आफै शेयरधनी नभएमा संरक्षकको रुपमा नाम दर्ता भईरहेको व्यक्तिले मात्र सभामा भाग लिन सक्नु हुनेछ । तर संरक्षक आफै शेयरधनी नभएमा संरक्षकले अरु शेयरधनीको प्रतिनिधि (प्रोक्सी) भई सभामा भाग लिन सक्नु हुनेछैन ।
- कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नु हुनेछ ।
- प्रतिनिधि मुकरर गर्दा आफ्नो नाममा रहेको सम्पूर्ण शेयरको प्रतिनिधि एकै व्यक्तिलाई गर्नु पर्दछ । एक भन्दा बढी व्यक्तिलाई आधा-आधा वा अरु कुनै किसिमबाट छुट्टाएर दिएमा बदर हुनेछ ।
- छलफलका विषयसूची मध्ये विविध शीर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनु भन्दा ७ (सात) दिन अगावै छलफलको विषय कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनु पर्नेछ । तर त्यस्ता विषयलाई छलफल र पारित हुने प्रस्तावको रुपमा समावेश गरिने छैन ।
Notice Regarding 28th Annual General Meeting
First Published Date: 2081।04।23
As per the decision of the Board of Directors meeting No. 460 held on date 2081/04/20, the 28th Annual General Meeting of this financial institution will be held on the following date, time, and location to discuss the matters below. Hence, this notice is published for the information and attendance of respected shareholders.
1. Date, Time, and Location of the Meeting:
Date: 2081 Bhadra 16 Tuesday (Corresponding to September 01, 2024)
Time: 11:00 AM
Location: Financial Institution's Head Office, Rajbiraj, Saptari
2. Agendas for Discussion:
(a) General Resolutions:
1. To discuss and approve the 28th Annual Report of the Board of Directors for the Financial Year 2080/81.
2. To discuss and approve the annual financial statements including the Financial Position Statement as of end of Ashadh 2081 along with the Auditor's Report, Profit or Loss Statement for F.Y. 2080/81, and Cash Flow Statement for the same period.
3. To appoint the auditor to audit the accounts for the Financial Year 2081/82 as recommended by the Audit Committee and fix their remuneration.
(b) Miscellaneous.
By Order of the Board of Directors
Company Secretary
General Information Regarding the Annual General Meeting
1. The Share Transfer Register (Book Close) will remain closed for 1 day on date 2081।05।05. Shareholders who have traded on Nepal Stock Exchange Ltd. up to date 2081।05।04 and have been registered as shareholders according to rules shall alone be eligible to participate and vote in the meeting.
2. Respected shareholders wishing to attend the meeting are requested to bring the entry pass issued by the financial institution along with proof of identity number/demat account mentioned on the share certificate on the day of the meeting. Shareholders who have not received an entry pass are requested to bring any one original share certificate/demat account opening certificate/identity proof (such as citizenship certificate or any photo ID). Each shareholder attending the meeting must sign the attendance register present at the venue upon arrival. The attendance register will be open from 10:00 AM.
3. Shareholders who wish to appoint a proxy must fill out the proxy form representing their total shares and register it at the financial institution's Corporate Office, Vidyapatichowk, Janakpurdham, Dhanusha at least 48 hours before the commencement of the meeting. The person appointed as a proxy must be a shareholder of the financial institution.
4. If a shareholder who has appointed a proxy attends the meeting in person and wishes to vote, the proxy granted by the shareholder will automatically be cancelled.
5. Except in cases where a proxy is chosen unanimously, if shares are held jointly under more than one person's name (shared), only the single person listed first in order of registration in the shareholders' register book may participate in the meeting.
6. On behalf of a minor or incapacitated shareholder, only the person registered as a guardian in the financial institution's shareholders' register book may participate in the meeting. However, if the guardian themselves is not a shareholder, the guardian cannot act as a proxy for other shareholders in the meeting.
7. In the case where an organized institution or company has purchased shares, the representative nominated by such organized institution or company may participate in the meeting in the capacity of a shareholder.
8. While appointing a proxy, all shares held under one's name must be delegated to a single person. If split into half-half or any other manner to more than one person, it will be void.
9. Shareholders wishing to discuss topics under the 'Miscellaneous' item of the agenda must submit the topic in writing to the Chairman of the Board of Directors via the Company Secretary at least 7 (seven) days prior to the meeting. However, such topics will not be included as resolutions to be discussed and passed.