
नबिल बैंकको ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिने सम्बन्धी सूचनाNabil Bank Notice on Collection of Unclaimed Dividends Older Than 5 Years
- वर्ग:Category:
- Dividend, Bonus & Rights
- प्रकाशित मिति:Published:
- Published on August 10, 2026
५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिने सम्बन्धी सूचना
यस बैंक (साविक युनाइटेड फाइनान्स लि. र साविक नेपाल बाङ्ग्लादेश बैंक लिमिटेड समेत) ले लाभांश घोषणा गरेको मितिले पाँच वर्षसम्म पनि सो लाभांश लिन नआएका सम्बन्धित शेयरधनी वा निजको हकवालाहरुका लागि नेपाल राष्ट्र बैंकको ई.प्रा. निर्देशन नं. १६/०८२ को बुँदा ३(५) प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ । अतः बैंकको ५ वर्ष भन्दा पहिले सम्पन्न आ.व. २०७६/७७ सम्मका वार्षिक साधारण सभा(हरू)बाट पारित भएको नगद लाभांश बुझिलिन बाँकी रहेका सम्बन्धित शेयरधनी वा निजको हकवालाहरुलाई बैंकको शेयर रजिस्ट्रार श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, नारायणचौर, काठमाडौँमा यथाशीघ्र सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
पुनश्चः बैंकले सम्बन्धित शेयरधनी वा निजको हकवालाहरुले बुझिलिन बाँकी रहेको आ.व. २०७६/७७ सम्मको नगद लाभांश “लगानीकर्ता संरक्षण कोष” मा दाखिला/जम्मा गरेको रकम समेत बैंकको शेयर रजिस्ट्रार मार्फत माग गर्न सकिने व्यहोरा अनुरोध छ । उपर्युक्त बमोजिमको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूको विवरण यस बैंकको वेबसाइटमा राखिएको व्यहोरा समेत जानकारी गराइन्छ । साथै बैंकको आ.व. २०८०/८१ सम्मको वितरित नगद लाभांश समेत यदि शेयरधनीहले नबुझेको वा प्राप्त नगरेको भए समेत यस बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा सम्पर्क राखी बुझिलिन अनुरोध गरिन्छ ।
Notice Regarding Collection of Cash Dividend Older Than 5 Years
This notice is published for the purpose of Point 3(5) of Nepal Rastra Bank's Unified Directive No. 16/082 for the concerned shareholders or their legal heirs who have not come to collect the dividend even after five years from the date of dividend declaration by this Bank (including former United Finance Ltd. and former Nepal Bangladesh Bank Limited). Therefore, concerned shareholders or their legal heirs who have remaining unclaimed cash dividends passed by the Annual General Meeting(s) up to F.Y. 2076/77 completed more than 5 years ago are requested to contact the Bank's Share Registrar, Nabil Investment Banking Limited, Naxal, Narayan Chaur, Kathmandu as soon as possible.
P.S.: It is informed that the cash dividend up to F.Y. 2076/77 remaining to be collected by the concerned shareholders or their legal heirs, which has been deposited/credited into the "Investor Protection Fund" by the Bank, can also be claimed through the Bank's Share Registrar. It is also informed that the details of shareholders who have remaining cash dividends to be collected as mentioned above have been placed on this Bank's website. Furthermore, if shareholders have not collected or received the distributed cash dividend up to F.Y. 2080/81 of the Bank, they are also requested to contact the office of this Bank's Share Registrar and receive it.