Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
9 Sep, 2026
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचनाNabil Investment Banking Limited: Notice of 17th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 9, 2026

सत्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२४ गते)

यस कम्पनीको मिति २०८३/०५/१८ मा बसेको सञ्चालक समितिको १३१औं बैठकको निर्णयानुसार यस कम्पनीको सत्रौं वार्षिक साधारण सभा देहायका विषयहरूमा छलफल तथा निर्णय गर्न निम्न लिखित मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा बस्ने मिति, समय र स्थान :

मिति : २०८३ साल आश्विन २० गते (तदनुसार अक्टोबर ०६, २०२६), मंगलबार ।

समय : बिहान ११:०० बजे ।

स्थान : सेन्ट्रल प्लाजा - तेस्रो तल्ला, नारायणचौर, नक्साल, काठमाडौँ ।

छलफलका विषयहरू :

(क) सामान्य प्रस्तावहरू :

  1. आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा-नोक्सान विवरण, अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने ।
  3. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित ११.०५२६३१५८ प्रतिशतले हुने रकम रु.४,४७,६३,१५७/८९ (अक्षेरुपी चार करोड सच्चालिस लाख एक सय सन्ताउन्न रुपैयाँ पैसा उन्नानअसी मात्र) नगद लाभांश स्वीकृत गर्ने ।
  4. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
  5. अन्य

(ख) विशेष प्रस्तावहरू :

  1. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि १० प्रतिशतले हुने रकम रु.४,०५,००,०००/- (अक्षेरुपी चार करोड पाँच लाख रुपैयाँ मात्र) बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।
  2. कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनहरू स्वीकृत गर्ने ।
  3. प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रियामा नियमनकारी निकाय/कार्यालयबाट कुनै फेरबदल/परिमार्जन गर्न वा मिलाउन सुझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

(ग) विविध ।

सञ्चालक समितिको आज्ञाले,

कम्पनी सचिव

वार्षिक साधारणसभा सम्बन्धी अन्य जानकारी :

  1. वार्षिक साधारणसभा प्रयोजनार्थ मिति २०८३/०६/०८ गते एक दिन शेयर दर्ता किताब बन्द (Book Close) रहनेछ ।
  2. साधारण सभाको हुने दिन सभामा उपस्थितिका लागि हाजिर पुस्तिका बिहान १०:०० बजेदेखि खुल्ला रहने छ ।
  3. प्रतिनिधि नियुक्ति गर्न चाहने शेयरधनीहरूले आफ्नो सम्पूर्ण शेयरको प्रतिनिधि एउटै व्यक्ति हुने गरी प्रतिनिधि मनोनयनपत्र मिति २०८३ आश्विन १६ गते कार्यालय समयभित्र यस कम्पनीमा भौतिक/विद्युतीय माध्यम मार्फत दर्ता गराई सक्नु पर्नेछ ।
  4. साधारण सभा सम्बन्धी थप जानकारीको लागि कम्पनीको सेन्ट्रल प्लाजा, नारायणचौर, नक्साल, काठमाडौँ स्थित कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ ।

Notice of the 17th Annual General Meeting

(First Date of Publication: 2083/05/24)

As per the decision of the 131st meeting of the Board of Directors of this company held on 2083/05/18, the 17th Annual General Meeting of this company will be held on the following date, time, and venue to discuss and decide on the following matters. Therefore, in accordance with Section 67 (2) of the Companies Act, 2063, this notice is published for the information and attendance of all shareholders.

Date, Time, and Venue of the Meeting:

Date: 2083 Ashwin 20 (corresponding to October 06, 2026), Tuesday.

Time: 11:00 AM.

Venue: Central Plaza - Third Floor, Narayanchaur, Naxal, Kathmandu.

Agenda for Discussion:

(A) Ordinary Resolutions:

1. To discuss and approve the Annual Report of the Board of Directors for the Fiscal Year 2082/83.

2. To discuss and approve the Balance Sheet as of Ashad end 2083, the Profit and Loss Statement for the Fiscal Year 2082/83, other comprehensive income statements, cash flow statements, and other annual financial statements along with the Auditor's Report.

3. To approve a cash dividend of 11.05263158 percent including tax, amounting to Rs. 4,47,63,157/89 (in words, Rupees four crore forty-seven lakh sixty-three thousand one hundred fifty-seven and paisa seventy-nine only) for the Fiscal Year 2082/83 as proposed by the Board of Directors.

4. To appoint an auditor for the Fiscal Year 2083/84 pursuant to Section 111 of the Companies Act, 2063 and to determine their remuneration.

5. Miscellaneous.

(B) Special Resolutions:

1. To approve the distribution of 10 percent bonus shares amounting to Rs. 4,05,00,000/- (in words, Rupees four crore five lakh only) for the Fiscal Year 2082/83 as proposed by the Board of Directors.

2. To approve necessary amendments to the Memorandum of Association and Articles of Association by increasing the issued and paid-up capital of the company.

3. To delegate full authority to the Board of Directors to make necessary changes/modifications to the Memorandum of Association and Articles of Association if any changes, modifications, or suggestions are received from regulatory bodies/offices during the process of updating records.

(C) Miscellaneous.

By Order of the Board of Directors,

Company Secretary

Other Information Regarding the Annual General Meeting:

1. For the purpose of the Annual General Meeting, the Share Register Book will remain closed (Book Close) for one day on 2083/06/08.

2. On the day of the Annual General Meeting, the attendance register will remain open from 10:00 AM for the attendance of participants.

3. Shareholders wishing to appoint a proxy must submit their proxy form, appointing a single person as proxy for all their shares, to this company physically or through electronic means within office hours by 2083 Ashwin 16.

4. For further information regarding the Annual General Meeting, please contact the company's office located at Central Plaza, Narayanchaur, Naxal, Kathmandu.

Advertisement