
नारायणी डेभलपमेन्ट बैंकको २३ र २४औं वार्षिक साधारण सभा आह्वानNarayani Development Bank Calls 23rd & 24th AGM
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on October 16, 2026
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको
२३ र २४औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
संचालक समितिको मिति २०८३/०६/२३ को निर्णयानुसार यस कम्पनीको २३ र २४औं वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा निम्न विषयहरु उपर छलफल गर्न बोलाउने निर्णय भएको हुनाले शेयरधनीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभाको मिति,समय र स्थान
मिति : २०८३/०७/२७
बार : शुक्रवार ।
समय : बिहान ११:०० बजे ।
स्थान : स्मार्ट गार्डेन एण्ड रेष्टुरेन्ट प्रा.लि., बसन्त चोक, भरतपुर १२, चितवन ।
(क) साधारण प्रस्ताव
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को क्रमशः २०८१ असार मसान्त र २०८२ असार मसान्त सम्मको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनको विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू समेत समावेश भएको वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षण समितिको सिफारिस तथा प्रचलित कम्पनी ऐन, २०६३ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणका लागि संचालक समितिबाट नियुक्त लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक/शुल्क अनुमोदन गर्ने ।
- लेखापरीक्षण समितिको सिफारिसमा आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्न प्रचलित कानूनबमोजिम नियुक्त हुने लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक/शुल्क निर्धारण गर्ने ।
- प्रचलित कानून तथा बैंकको प्रबन्धपत्र र नियमावली बमोजिम रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट नियुक्त गरिएका संचालकहरुको नियुक्ति अनुमोदन गर्ने ।
- विविध ।
(ख) विशेष प्रस्ताव
- कम्पनीको नियमावली संशोधन गर्ने ।
- पूँजी वृद्धि गर्ने सम्बन्धमा, विद्यमान हकप्रद शेयर निष्काशनबाट बिक्री हुन बाँकी शेयरको लिलाम प्रक्रिया नियमानुसार सम्पन्न भएपछि, नेपाल राष्ट्र बैंकबाट यस बैंकलाई तोकिएको न्यूनतम चुक्ता पूँजी कायम गर्न आवश्यक पर्ने रकम बराबरको चुक्ता पूँजी वृद्धि गर्न नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा अन्य सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गर्न प्रचलित कानून तथा नियामकीय व्यवस्था बमोजिम आवश्यकता अनुसार हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
- गाभ्ने/गाभिने, प्राप्ति/समाहित तथा रणनीतिक साझेदारी सम्बन्धमा, यस नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति/समाहित (Acquisition) गर्ने, आवश्यकतानुसार रणनीतिक साझेदार तथा नयाँ लगानीकर्ता भित्र्याउने लगायत बैंकको पूँजी, व्यवसाय तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था, रणनीतिक साझेदार तथा लगानीकर्ताको पहिचान गर्ने, आवश्यक छलफल तथा वार्ता गर्ने, समझदारीपत्र (Memorandum of Understanding - MoU) मा हस्ताक्षर गर्ने, त्यसका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित नियामक निकायमा आवेदन/निवेदन पेश गर्ने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (Due Diligence/Valuation) गर्ने प्रयोजनका लागि आवश्यक परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक/शुल्क निर्धारण गर्ने तथा प्रचलित कानून र नियामकीय स्वीकृतिको अधीनमा रही उक्त कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
- प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धमा, बैंकको आवश्यकता, व्यावसायिक संरचना तथा प्रचलित कानूनअनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, थपघट तथा परिमार्जन गर्ने र सो सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितो पत्र बोर्ड वा अन्य सम्बन्धित नियामक निकायबाट कुनै सुझाव, निर्देशन वा संशोधन गर्नुपर्ने भएमा सोहीबमोजिम आवश्यक संशोधन, थपघट तथा परिमार्जन गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने ।
- विविध ।
२३औं र २४औं वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारीहरु:
- २३ र २४औं वार्षिक साधारण सभा प्रयोजनका लागि २०८३/०७/१३ गते शुक्रवार एक (१) दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द रहनेछ । मिति २०८३/०७/११ गते सम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई प्रचलित कानून बमोजिम बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइ.एम.इ क्यापिटल लिमिटेडमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन हाजिर हुन योग्य हुनेछन् ।
- वार्षिक साधारण सभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनी महानुभावले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा वार्षिक प्रतिवेदन पुस्तिकामा प्रकाशित ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) भरी प्रतिनिधि नियुक्त गर्नुपर्नेछ । यसरी नियुक्त प्रतिनिधिले कम्तीमा ४८ घण्टा अगावै बैंकमा प्रतिनिधिपत्र (प्रोक्सी) दर्ता गरिसक्नु पर्नेछ ।
- शेयरधनी, लेखापरीक्षक र कानुनी सल्लाहकार बाहेकका व्यक्तिहरु सभामा ग्राह्य हुने छैनन् ।
- २३ र २४औं साधारण सभा सम्बन्धी थप जानकारीको लागि यस बैंकको केन्द्रीय कार्यालय भरतपुर १०, चितवनमा सम्पर्क गर्नु हुन वा बैंकको सूचना पाटीमा उल्लेखित ब्यहोराको जानकारी लिनु हुन अनुरोध गरिन्छ ।
अध्यक्षज्यूको आज्ञाले
कम्पनी सचिव
Narayani Development Bank Limited
Notice Regarding 23rd and 24th Annual General Meeting
As per the decision of the Board of Directors dated 2083/06/23, the company's 23rd and 24th Annual General Meeting is convened to discuss the following matters at the following date, place, and time. Therefore, this notice is published for the information of all shareholders.
Date, Time and Place of Annual General Meeting
Date: 2083/07/27
Day: Friday.
Time: 11:00 AM.
Place: Smart Garden and Restaurant Pvt. Ltd., Basant Chowk, Bharatpur 12, Chitwan.
(A) Ordinary Proposals
1. To discuss and pass the Annual Report of the financial years 2080/081 and 2081/082 presented by the Chairman on behalf of the Board of Directors.
2. To discuss and pass the auditor's report along with the Balance Sheet, Profit and Loss Account, Cash Flow Statement, Statement of Changes in Equity, and related schedules for the financial years 2080/081 and 2081/082 up to Asadh end 2081 and Asadh end 2082, respectively.
3. To approve the appointment and remuneration/fees of the auditor appointed by the Board of Directors upon the recommendation of the Audit Committee for the auditing of financial year 2081/082 as per the prevailing Companies Act, 2063 and Bank and Financial Institutions Act, 2063.
4. To appoint the auditor and determine their remuneration/fees to conduct the audit for financial year 2082/083 upon the recommendation of the Audit Committee as per prevailing laws.
5. To approve the appointments of directors made by the Board of Directors to vacant director positions as per prevailing laws and the Bank's Memorandum and Articles of Association.
6. Miscellaneous.
(B) Special Proposals
1. To amend the Articles of Association of the company.
2. Regarding capital increase, after completing the auction process of unsold rights shares as per rules, to authorize the Board of Directors to initiate all processes related to issuing rights shares as required under prevailing laws and regulatory provisions to obtain necessary approvals from Nepal Rastra Bank, Securities Board of Nepal, and other concerned regulatory bodies to increase paid-up capital equal to the amount needed to maintain the minimum paid-up capital mandated by Nepal Rastra Bank for this bank.
3. Regarding merger/acquisition and strategic partnership, to authorize the Board of Directors to conduct all necessary activities subject to prevailing laws and regulatory approval, including merging/acquiring (Merger and Acquisition) Narayani Development Bank Limited with other appropriate banks and financial institutions, identifying suitable banks, financial institutions, strategic partners, and investors to increase the bank's capital, business, and institutional capacity including bringing in strategic partners and new investors, holding necessary discussions and negotiations, signing Memorandum of Understanding - MoU, applying/petitioning to Nepal Rastra Bank and other relevant regulatory bodies for in-principle approval based on it, appointing consultants, evaluators, and auditors necessary for Due Diligence/Valuation of assets and liabilities, and determining their remuneration/fees.
4. Regarding amendments to the Memorandum and Articles of Association, to authorize the Board of Directors or officials designated by the Board of Directors to make necessary amendments, additions, and modifications to the Bank's Memorandum and Articles of Association as per the Bank's requirements, business structure, and prevailing laws, and to carry out necessary amendments, additions, and modifications if suggestions, directions, or amendments are required by Nepal Rastra Bank, Office of the Company Registrar, Securities Board of Nepal, or other concerned regulatory bodies.
5. Miscellaneous.
Other Information Regarding 23rd and 24th Annual General Meeting:
1. For the purpose of the 23rd and 24th Annual General Meeting, the company's Shareholder Register Book will remain closed for one (1) day on Friday, 2083/07/13. Only shareholders registered as per prevailing laws based on details received at the bank's share registrar Global IME Capital Limited from trading on Nepal Stock Exchange up to date 2083/07/11 will be eligible to attend and participate in the AGM.
2. Shareholders wishing to appoint a proxy to participate in the Annual General Meeting must fill out the proxy form published in the annual report booklet in the format prescribed by prevailing company law and appoint a proxy. A proxy so appointed must be registered with the bank at least 48 hours in advance.
3. Persons other than shareholders, auditors, and legal advisors shall not be admissible to the meeting.
4. For further information regarding the 23rd and 24th Annual General Meeting, please contact the Central Office of this bank at Bharatpur 10, Chitwan, or check the details posted on the bank's notice board.
By Order of the Chairman
Company Secretary