आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
18 Jun, 2026
नेशनल हाइड्रो पावर कम्पनीको २२औं वार्षिक साधारणसभा सूचना

नेशनल हाइड्रो पावर कम्पनीको २२औं वार्षिक साधारणसभा सूचनाNational Hydro Power Company's 22nd Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on June 18, 2026

प्रथम पटक प्रकाशित मिति २०८३/०३/०४

यस नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको मिति २०८३/०३/०३ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीको २२औं वार्षिक साधारणसभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल तथा निर्णय गर्नका लागि बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनीहरुको जानकारी एवम् उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

सभा हुने मिति, समय र स्थान :

मिति : २०८३/०३/३१ गते बुधवार ।

समय : बिहान ११:०० बजे ।

स्थान : अमृत भोग क्याटरिङ्ग, कालिकास्थान, काठमाडौं ।

छलफलका विषयहरु:

  1. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
  3. आ.व. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
  4. सञ्चालक समितिमा एक जना महिला सहित ७ (सात) जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा ।
  5. विविध ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

वार्षिक साधारणसभा सम्बन्धी सामान्य जानकारीहरु

  1. २२औं वार्षिक साधारणसभा प्रयोजनका लागि मिति २०८३/०३/१६ गते (एक दिन) शेयर दाखिल खारेज बन्द रहनेछ ।
  2. २२औं वार्षिक साधारणसभाको लागि मिति २०८३/०३/१५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई ३ कार्य दिन भित्र दाखिल खारेज तथा नामसारीका लागि प्राप्त शेयरहरुबाट कायम रहेका शेयरधनीहरु वार्षिक सभामा भाग लिनका लागि योग्य हुनेछन् ।
  3. लेखापरिक्षकको प्रतिवेदन सहित कम्पनीको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा ७८ बमोजिमको प्रतिवेदन समेतका कागजातहरु निरिक्षण गर्न तथा प्रतिलिपी आवश्यक भएमा कार्यालय समय भित्र कम्पनीको कार्यालय बिनायकनगर, नयाँ बानेश्वर, काठमाडौंमा सम्पर्क राख्न सकिने व्यहोरा अनुरोध छ ।

First published date: 2083/03/04

As per the decision of the Board of Directors meeting of National Hydro Power Company Limited held on 2083/03/03, the 22nd Annual General Meeting of this company will be held on the following date, time, and place to discuss and decide on the matters mentioned below. This notice has been published for the information and attendance of all shareholders.

Date, Time and Place of the Meeting:

Date: 2083/03/31 Wednesday.

Time: 11:00 AM.

Place: Amrit Bhog Catering, Kalikasthan, Kathmandu.

Discussion Topics:

1. Regarding the discussion and approval of the annual report of FY 2081/082 from the Board of Directors.

2. Regarding the discussion and approval of the balance sheet, profit and loss account, and cash flow statement for the fiscal year 2081/082 along with related schedules, including the auditor's report.

3. Regarding the appointment of an auditor for FY 2082/083 and the determination of their remuneration.

4. Regarding the election of 7 (seven) directors, including one female member, to the Board of Directors.

5. Miscellaneous.

By order of the Board of Directors

Company Secretary

General Information regarding Annual General Meeting

1. For the purpose of the 22nd Annual General Meeting, the share registration book will be closed on 2083/03/16 (one day).

2. Shareholders whose shares are traded on Nepal Stock Exchange Limited by 2083/03/15 and whose share transfers and registrations are completed within 3 working days will be eligible to participate in the Annual General Meeting.

3. It is requested that the annual financial statements of the company, the Board of Directors' report, and other documents including the auditor's report as per Section 78 of the Companies Act 2063 can be inspected and copies obtained, if necessary, during office hours at the company's office in Binayaknagar, Naya Baneshwor, Kathmandu.