आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
17 Jul, 2026
नेशनल हाइड्रो पावरको २२औं वार्षिक साधारणसभा पुनः आह्वान

नेशनल हाइड्रो पावरको २२औं वार्षिक साधारणसभा पुनः आह्वानNational Hydro Power's 22nd AGM Re-convened Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on July 17, 2026

नेशनल हाइड्रो पावर कम्पनी लि.

काठमाडौं १०, विनायकनगर, बानेश्वर

२२औं वार्षिक साधारणसभा सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३/०४/०१

यस नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको मिति २०८३/०३/०३ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार, यस कम्पनीको २२औं वार्षिक साधारणसभा मिति २०८३/०३/३१ गते बिहान ११:०० बजे अमृत भोग क्याटरिङ्ग, कालिकास्थान, काठमाडौंमा गर्ने भनि दुई पटक राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरी उक्त दिन साधारणसभा गर्नको लागि गणपूरक संख्या कम्पनीको नियमावलीको नियम १६(ख) र कम्पनी ऐन २०६३ को दफा ७३(२) बमोजिम उपस्थित शेयरधनीहरुको गणपूरक संख्या नपुगी स्थगित भएको यस कम्पनीको २२औं वार्षिक साधारणसभा, सञ्चालक समितिको मिति २०८३/०३/३२ गतेको निर्णय अनुसार निम्न बमोजिमको मिति, समय र स्थानमा बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय र स्थान :

मिति : २०८३ साल श्रावण २२ गते, (अगष्ट, ०७, २०२६)

समय : बिहान ८:३० बजे

स्थान : अमृत भोग क्याटरिङ्ग, कालिकास्थान, काठमाडौं

छलफलका विषयहरु

  1. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
  3. आ.व. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
  4. सञ्चालक समितिमा एक जना महिला सहित ७ (सात) जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा ।
  5. विविध ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

वार्षिक साधारणसभा सम्बन्धी सामान्य जानकारीहरु

  1. २२औं वार्षिक साधारणसभा प्रयोजनका लागि मिति २०८३/०३/१६ गते (एक दिन) शेयर दाखिल खारेज बन्द रहनेछ ।
  2. २२औं वार्षिक साधारणसभाको लागि मिति २०८३/०३/१५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई ३ कार्य दिनभित्र दाखिल खारेज तथा नामसारीका लागि प्राप्त शेयरहरुबाट कायम रहेका शेयरधनीहरु वार्षिक सभामा भाग लिनका लागि योग्य हुनेछन् ।
  3. लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा ७८ बमोजिमको प्रतिवेदन समेतका कागजातहरु निरीक्षण गर्न तथा प्रतिलिपी आवश्यक भएमा कार्यालय समय भित्र कम्पनीको कार्यालय विनायकनगर, नयाँबानेश्वर, काठमाडौंमा सम्पर्क राख्न सकिने व्यहोरा अनुरोध छ ।

National Hydro Power Company Ltd.

Kathmandu 10, Binayaknagar, Baneshwor

Notice regarding 22nd Annual General Meeting

First published date: 2083/04/01

As per the decision of the Board of Directors meeting of National Hydro Power Company Limited held on 2083/03/03, the 22nd Annual General Meeting of this company was scheduled to be held on 2083/03/31 at 11:00 AM at Amrit Bhog Catering, Kalikasthan, Kathmandu. Public notices were published twice in national daily newspapers for this purpose. However, due to the quorum of shareholders not being met as per Rule 16(ख) of the company's articles of association and Section 73(2) of the Companies Act, 2063, the 22nd Annual General Meeting of this company was postponed. As per the decision of the Board of Directors meeting held on 2083/03/32, this notice is published for the information of all shareholders regarding the new date, time, and place as follows.

Meeting Date, Time and Place:

Date: 2083 Shrawan 22, (August, 07, 2026)

Time: 08:30 AM

Place: Amrit Bhog Catering, Kalikasthan, Kathmandu

Discussion Topics

1. Regarding discussion and approval of the Chairman's annual report for the fiscal year 2081/082 on behalf of the Board of Directors.

2. Regarding discussion and approval of the balance sheet, profit and loss account, and cash flow statement along with related schedules for the fiscal year 2081/082, including the auditor's report.

3. Regarding the appointment of an auditor for the fiscal year 2082/083 and determination of their remuneration.

4. Regarding the election of 7 (seven) directors, including one female director, to the Board of Directors.

5. Miscellaneous.

By order of the Board of Directors

Company Secretary

General Information regarding Annual General Meeting

1. For the purpose of the 22nd Annual General Meeting, the share registration book will be closed on 2083/03/16 (one day).

2. For the 22nd Annual General Meeting, shareholders whose shares are traded on Nepal Stock Exchange Limited by 2083/03/15 and whose shares are registered and transferred within 3 working days will be eligible to participate in the annual meeting.

3. It is requested that the auditor's report, the company's annual financial statements, the Board of Directors' report, and other documents including the report as per Section 78 of the Companies Act, 2063, can be inspected and copies obtained, if necessary, by contacting the company's office in Binayaknagar, Naya Baneshwor, Kathmandu during office hours.