
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको दोस्रो विशेष साधारण सभा बस्ने सूचनाNepal Infrastructures Investment Fund: Notice of 2nd Special General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 17, 2026
दोस्रो विशेष साधारण सभा बस्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३/०६/०१
यस कम्पनीको मिति २०८३/०५/३१ गते बुधबार बसेको संचालक समितिको बैठकले निर्णय गरे अनुसार यस कम्पनीको दोस्रो विशेष साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. सभा हुने मिति, स्थान र समय
मिति :- २०८३ साल असोज १६ गते (अक्टुबर ०२, २०२६) शुक्रबार
स्थान :- लक्ष्मी कम्प्लेक्स छैठौं तल्ला, हात्तीसार, काठमाडौं
समय :- दिनको ३:०० बजे
२. छलफलका विषयहरु :
क. विशेष प्रस्तावहरु
- यस कम्पनीको प्रबन्धपत्रको दफा ६ का उपदफाहरुमा संशोधन गर्ने ।
- हाल कायम चुक्ता पूँजीको ३३.३३ प्रतिशत (३:१) कित्ता हकप्रद शेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने ।
- संस्थासँग मिल्दो उद्देश्य भएका अन्य लगानी संस्थाहरुसँग मर्जर वा एक्यूजिसन गर्नका लागि संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने ।
ख. विविध
साधारण सभा सम्बन्धी अन्य जानकारी
१. विशेष साधारण सभालाई ध्यानमा राखी मिति २०८३।०६।०९ गते कम्पनीको शेयरधनी दर्ता किताब बन्द रहने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३।०६।०८ गते सम्म कारोबार भई मिति २०८३।०६।१५ गतेभित्र यस कम्पनीको रजिष्टर्ड कार्यालय झम्सिखेल, ललितपुरमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन पाउने छन् ।
२. अन्य जानकारीका लागि यस संस्थाको कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गर्दछौं ।
संचालक समितिको आज्ञाले
कम्पनी सचिव
Notice Regarding the Holding of the Second Special General Meeting
First Date of Publication: 2083/06/01
As per the decision of the Board of Directors' meeting of this company held on Wednesday, 2083/05/31, the Second Special General Meeting of this company is scheduled to be held at the following date, venue, and time to discuss and decide on the following matters. Therefore, this notice is published for the information of all respected shareholders.
1. Date, Venue, and Time of the Meeting
Date :- Friday, Ashoj 16, 2083 (October 02, 2026)
Venue :- Laxmi Complex, 6th Floor, Hattisar, Kathmandu
Time :- 3:00 PM
2. Agenda for Discussion:
A. Special Proposals
1. To amend the sub-clauses of Clause 6 of the Memorandum of Association of this company.
2. To issue right shares at the rate of 33.33 percent (3:1) of the currently maintained paid-up capital and to delegate full authority to the Board of Directors for all necessary actions in this regard.
3. To delegate full authority to the Board of Directors to undergo merger or acquisition with other investment institutions having similar objectives.
B. Miscellaneous
Other Information Regarding the General Meeting
1. In view of the Special General Meeting, the Shareholder Registration Book of the company will remain closed on 2083।06।09. Shareholders whose transactions are completed in Nepal Stock Exchange Limited by 2083।06।08 and whose share transfer documents are received at the registered office of this company in Jhamsikhel, Lalitpur within 2083।06।15, and are registered in the Shareholder Registration Book, will be eligible to participate in the meeting.
2. For other information, we request you to contact the office of this institution.
By Order of the Board of Directors
Company Secretary