आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
21 Jun, 2026
एनआईसी एशिया बैंकको अठ्ठाईसौं वार्षिक साधारण सभाको माइन्यूट

एनआईसी एशिया बैंकको अठ्ठाईसौं वार्षिक साधारण सभाको माइन्यूटNIC ASIA Bank: Minutes of the 28th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on June 21, 2026

कम्पनी ऐन, २०६३ को दफा ७५ (३) बमोजिम प्रकाशित अठ्ठाईसौं वार्षिक साधारण सभाको कामकारबाहीको विवरण (माइन्यूट)

१. वैधानिक सभा :

एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णयानुसार बोलाईएको अठ्ठाईसौं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष श्री अशोक कुमार अग्रवालज्यूको अध्यक्षतामा देहाय बमोजिम सु-सम्पन्न भयो ।

२. सभा बसेको मिति, स्थान र समय :

मिति : २०८३ जेष्ठ १८ गते, सोमबार (तदनुसार १ जुन २०२६) ।

समय : बिहान ९:०० बजे ।

स्थान : आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं ।

३. सभाको सूचना तथा आवश्यक विवरण:

अठ्ठाईसौं वार्षिक साधारण सभा बस्ने बारेको सूचना मिति २०८३।०१।२२ को राष्ट्रिय दैनिक पत्रिका “कारोबार” मा र उक्त साधारण सभाको सूचना र संक्षिप्त वार्षिक आर्थिक विवरण मिति २०८३।०२।१४ गतेको राष्ट्रिय दैनिक पत्रिका “आर्थिक अभियान” मा प्रकाशित गरिनुका साथै बैंकको वेवसाईटमा समेत राखी शेयरधनी महानुभावहरुलाई सार्वजनिक रुपले सूचित गरिएको थियो ।

साधारण सभा बस्ने बारेको सूचना तथा आर्थिक वर्ष २०८१/८२ को आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन शेयरधनीहरुले बैंकलाई उपलब्ध गराउनु भएको ठेगानामा समेत पठाइएको थियो ।

४. गणपूरक संख्या एवम् वैधानिकता :

कुल शेयर संख्या स्वयं उपस्थित शेयरधनी संख्या प्रतिनिधिपत्रद्वारा उपस्थित शेयरधनी संख्या जम्मा उपस्थित शेयरधनी संख्या उपस्थित कुल शेयर संख्या बाँडफाँड भएको शेयरको सभामा प्रतिनिधित्व प्रतिशत

१४,९१,७५,६६९ ७७२ २८४ १,०५६ ८,४६,६१,६०१ ५६.७५%

  1. सञ्चालकहरुको उपस्थिति:
  2. श्री अशोक कुमार अग्रवाल - अध्यक्ष (संस्थापक समूह)
  3. श्री त्रिलोक चन्द अग्रवाल - सञ्चालक (संस्थापक समूह)
  4. श्री रामचन्द्र संघई - सञ्चालक (संस्थापक समूह)
  5. श्री राम कृष्ण खतिवडा - स्वतन्त्र सञ्चालक
  6. श्री आदित्य कुमार अग्रवाल - सञ्चालक (सर्वसाधारण समूह)
  7. श्री केशव प्रसाद लम्साल - सञ्चालक (सर्वसाधारण समूह)
  8. श्रीमती अनुपा प्रधान राजभण्डारी - सञ्चालक (सर्वसाधारण समूह) (भिडियो कन्फरेन्स मार्फत)
  9. सभाको निर्णय :

(क) सामान्य प्रस्ताव :

  1. छलफलको लागि साधारण सभामा प्रस्तुत विषयसूची (१) अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को लागि सञ्चालक समितिको प्रतिवेदन छलफल भइसकेकोले सो लाई पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
  2. विषयसूची (२) अन्तर्गत लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात र आ.व. २०८१/८२ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नको लागि राखिएको प्रस्ताव साधारण सभामा छलफल भइसकेकोले सो लाई पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
  3. विषयसूची (३) अन्तर्गत यस बैंक तथा बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. तथा एन आई सी एशिया क्यापिटल लि. को आ.व. २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्नको लागि राखिएको प्रस्ताव उपर साधारण सभामा छलफल भइसकेकोले सो लाई पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
  4. विषयसूची (४) अन्तर्गत लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव साधारण सभामा प्रस्तुत भएपछि लेखापरीक्षण समितिले निर्धारण गरेको Criteria अनुसार पहिलो प्राथमिकतामा M/S S.A.R. Associates, Chartered Accountants, दोश्रोमा M/S B.R.S. Neupane & Co, Chartered Accountants, तेश्रोमा M/S G.P. Rajbahak & Co, Chartered Accountants र चौथोमा M/S R.S.M.A. Associates, Chartered Accountants नियुक्त गर्न सिफारिस गरेकोमा मिति २०८२/०१/२७ मा सम्पन्न लेखापरीक्षण समितिको ३४०औं बैठकको सिफारिस बमोजिम पहिलो प्राथमिकतामा रहेको M/S S.A.R. Associates, Chartered Accountants लाई आ.व. २०८२/८३ को बाह्य लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने र बाह्य लेखापरीक्षकले गर्नुपर्ने लेखापरीक्षण, कर लेखापरीक्षण, Long Form Audit Report (LFAR), Certification of Annual Report related to Corporate Governance Directive Issued to Listed Institution-2074, कम्पनी ऐन अन्तर्गतका अन्य आवश्यक प्रतिवेदन प्रमाणित गर्ने लगायतका सम्पूर्ण आवश्यक कार्यका लागि (सो कार्यको सिलसिलामा भैपरी आउने यातायात लगायतका सम्पूर्ण खर्चहरु समेत गरी) निजलाई मूल्य अभिवृद्धि कर (VAT) सहित रु. ५२,२५०/- (अक्षरेपी बाउन्न लाख छब्बीस हजार दुई सय पचास रुपैयाँ मात्र) पारिश्रमिक प्रदान गर्ने प्रस्ताव निर्णयार्थ साधारण सभामा पेश भएकोमा उक्त प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
  5. विषयसूची (५) अन्तर्गत मिति २०७८/१२/२० मा सम्पन्न यस बैंकको २४औं वार्षिक साधारण सभाको निर्णयानुसार संस्थापक शेयरधनी समूहबाट ४ वर्षको लागि निर्वाचित सञ्चालक श्री तुलसीराम अग्रवालज्यूले मिति २०८२/०१/०४ मा सञ्चालक तथा अध्यक्षको पदबाट राजिनामा दिनुभएकोमा निजको राजिनामा मिति २०८२/०१/०६ मा सम्पन्न सञ्चालक समितिको ८४३औं बैठकको निर्णयानुसार स्वीकृत गरिएकोले निजको राजिनामा स्वीकृत गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।

भएकोमा मिति २०८०/०१/०२ मा सम्पन्न सञ्चालक समितिको ८४३औं बैठकको निर्णयानुसार निजको बाँकी कार्यकालको लागि काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २, लाजिम्पाट (स्थायी ठेगाना धरान वडा नं. ५, सुनसरी) निवासी श्री अशोक कुमार अग्रवालज्यूलाई स्वतन्त्र सञ्चालकको रुपमा ४ वर्ष कार्यकालको लागि नियुक्त गरेको निर्णयलाई अनुमोदन गर्नको लागि राखिएको प्रस्तावलाई पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।

५. विषयसूची (५) अन्तर्गत मिति २०७८/१२/२० मा सम्पन्न यस बैंकको २४औं वार्षिक साधारण सभाको निर्णयानुसार सर्वसाधारण शेयर धनी समूहबाट ४ वर्षको लागि निर्वाचित सञ्चालक श्री गणेश मान श्रेष्ठज्यूले मिति २०८०/०१/१८ मा सञ्चालक पदबाट राजिनामा दिनु भएकोमा मिति २०८०/०१/२० मा सम्पन्न सञ्चालक समितिको ८४४औं बैठकको निर्णयानुसार स्वीकृत भएकोमा मिति २०८०/०१/२२ मा सम्पन्न सञ्चालक समितिको ८४६औं बैठकको निर्णयानुसार निजको बाँकी कार्यकालको लागि ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १० निवासी श्री अनुपा प्रधान राजभण्डारीज्यूलाई नियुक्त गरेको निर्णयलाई अनुमोदन गर्नको लागि राखिएको प्रस्तावलाई पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।

६. विषयसूची (६) अन्तर्गत संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकको लागि निर्वाचन गर्ने प्रस्ताव सम्बन्धमा निर्वाचन अधिकृत श्री लीलामणि पौडेलज्यूले निर्वाचन परिणाम बारे सभालाई जानकारी दिनुहुँदै वार्षिक साधारण सभामा संस्थापक समूहको शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नु हुने सञ्चालक ३ जना र सर्वसाधारण समूहको शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नु हुने सञ्चालक ३ जना गरी कूल ६ जना सञ्चालकहरुको निर्वाचन कार्यक्रम रहेको र निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको निर्वाचन कार्यतालिका बमोजिम बैंकमा निम्नानुसार ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित हुनु भएको घोषणा गर्नुभएको बारे सभाले जानकारी लियो ।

१) श्री अशोक कुमार अग्रवाल सञ्चालक (संस्थापक शेयरधनी समूह)

२) श्री रामचन्द्र संघई सञ्चालक (संस्थापक शेयरधनी समूह)

३) श्री जयन्त कुमार अग्रवाल सञ्चालक (संस्थापक शेयरधनी समूह)

४) श्री आदित्य कुमार अग्रवाल सञ्चालक (सर्वसाधारण शेयरधनी समूह)

५) श्री केशव प्रसाद लम्साल सञ्चालक (सर्वसाधारण शेयरधनी समूह)

६) श्रीमती अनुपा प्रधान राजभण्डारी सञ्चालक (सर्वसाधारण शेयरधनी समूह)

(ख) विशेष प्रस्ताव :

  1. विषयसूची (१) अन्तर्गत प्रचलित कानून एवं नियमनकारी व्यवस्थाहरुको अधिनमा रही सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त भएपश्चात सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको तत्काल कायम रहेको साधारण शेयरको चुक्ता पूँजी रु. १४,२९,८४०,०२२/- (अक्षरेपी चौध अर्ब उनन्तीस करोड चौरासी लाख बाईस रुपैयाँ) लाई २:१ अनुपातमा रु. ७,१४,९२०,०११/- (अक्षरेपी सात अर्ब चौध करोड बानब्बे लाख एघार रुपैयाँ) बराबरको प्रति कित्ता रु. १००/- (अक्षरेपी एक सय रुपैयाँ मात्र) को ७,१४,९२०,०११ (सात करोड चौध लाख बानब्बे हजार एघार) कित्ता हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो । साथै, हकप्रद शेयर जारी गर्न सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै फेरबदल, संशोधन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
  2. विषयसूची (२) अन्तर्गत बैंकको साविक अधिकृत पूँजी रु. १९,००,००,०००/- (अक्षरेपी उन्नाईस अर्ब रुपैयाँ) लाई वृद्धि गरी रु. २७,३७,८३,५०,४२२/- (अक्षरेपी सताईस अर्ब सैंतीस करोड त्रिसठ्ठी लाख पचास हजार चार सय बाईस रुपैयाँ) बनाउन, साविक तत्काल जारी पूँजी रु. १९,२९,८४०,०२२/- (अक्षरेपी उन्नाईस अर्ब उनन्तीस करोड चौरासी लाख बाईस रुपैयाँ) लाई वृद्धि गरी रु. २७,३७,८३,५०,४२२/- (अक्षरेपी सताईस अर्ब सैंतीस करोड त्रिसठ्ठी लाख पचास हजार चार सय बाईस रुपैयाँ) बनाउन र साविक तत्काल चुक्ता पूँजी रु. १४,२९,८४०,०२२/- (अक्षरेपी चौध अर्ब उनन्तीस करोड चौरासी लाख बाईस रुपैयाँ) लाई वृद्धि गरी रु. २७,३७,८३,५०,४२२/- (अक्षरेपी सताईस अर्ब सैंतीस करोड त्रिसठ्ठी लाख पचास हजार चार सय बाईस रुपैयाँ) बनाउन स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
  3. विषयसूची (३) अन्तर्गत बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने विशेष प्रस्ताव पारित गरियोस् भनी निर्णयार्थ पेश भएको विशेष प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
  4. विषयसूची (४) अन्तर्गत प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा सम्बन्धित निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गरियोस् भनी निर्णयार्थ पेश भएको विशेष प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
  5. विषयसूची (५) यस बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २८ कमलादी, प्रज्ञा मार्ग ५१ मा अवस्थित बैंकको आफ्नै भवनमा कायम गर्ने विशेष प्रस्ताव पारित गरियोस् भनी निर्णयार्थ पेश भएको विशेष प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।

(ग) विविध

विषयसूची विविध अन्तर्गत मिति २०८०/०६/०२ मा स्वतन्त्र सञ्चालक श्रीमती विजया स्वारको कार्यकाल समाप्त भएकोमा मिति २०८०/०१/२० मा सम्पन्न सञ्चालक समितिको ८४४ औं बैठकले ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. ४ (स्थायी ठेगाना खोपासी वडा नं. ४, काभ्रे) निवासी श्री राम कृष्ण सतिवडाज्यू (ना.प्र.नं. ५६४८७/१३३७) लाई स्वतन्त्र सञ्चालकको रुपमा ४ वर्ष कार्यकालको लागि नियुक्त गरेको सभाले जानकारी लियो ।

६. धन्यवाद ज्ञापन तथा सभा विसर्जन :

अध्यक्षज्यूले बैंकको अठ्ठाईसौं वार्षिक साधारण सभामा सहभागी भई आफ्नो अमूल्य राय सुझाव दिई साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरिदिनुभएकोमा आदरणीय शेयरधनी महानुभावहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । साथै, आगामी दिनहरुमा पनि सबैले यसै साथ सहयोग र हौसला प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा राख्दै उपस्थित सम्पूर्ण शेयरधनी महानुभावज्यूहरु, नियामक निकायका प्रतिनिधिज्यूहरु, सञ्चालकज्यूहरु, प्रमुख कार्यकारी अधिकृतज्यू, बैंकका पदाधिकारीहरु समस्त कर्मचारीहरुलाई समेत धन्यवाद ज्ञापन गर्दै बैंकको अठ्ठाईसौं वार्षिक साधारण सभा समापन भएको घोषणा गर्नुभयो ।

Minutes of the Proceedings of the Twenty-Eighth Annual General Meeting Published Pursuant to Section 75 (3) of the Companies Act, 2063

1. Statutory Meeting:

The twenty-eighth Annual General Meeting, convened as per the decision of the Board of Directors of NIC ASIA Bank Limited, was successfully concluded as follows under the chairmanship of Mr. Ashok Kumar Agrawal, Chairman of the Board of Directors.

2. Date, Place, and Time of the Meeting:

Date: 2083 Jestha 18, Monday (corresponding to 1 June 2026).

Time: 9:00 AM.

Place: Army Officers Club, Bhadrakali, Kathmandu.

3. Notice and Necessary Details of the Meeting:

The notice regarding the twenty-eighth Annual General Meeting and the brief annual financial statement were published in the national daily newspaper “Karobar” on 2083.01.22 and in the national daily newspaper “Aarthik Abhiyan” on 2083.02.14, respectively. Shareholders were also publicly informed by placing the notice on the bank's website.

The notice regarding the Annual General Meeting and the annual report including the financial statement for the fiscal year 2081/82 were also sent to the addresses provided by the shareholders to the bank.

4. Quorum and Legality:

Total Shares Present Shareholders (Self) Present Shareholders (by Proxy) Total Present Shareholders Total Present Shares Percentage Representation of Allotted Shares in the Meeting

14,91,75,669 772 284 1,056 8,46,61,601 56.75%

  1. Attendance of Directors:
  2. Mr. Ashok Kumar Agrawal - Chairman (Promoter Group)
  3. Mr. Trilok Chand Agrawal - Director (Promoter Group)
  4. Mr. Ramchandra Sanghai - Director (Promoter Group)
  5. Mr. Ram Krishna Khatiwada - Independent Director
  6. Mr. Aditya Kumar Agrawal - Director (Public Group)
  7. Mr. Keshav Prasad Lamsal - Director (Public Group)

7. Mrs. Anupa Pradhan Rajbhandari - Director (Public Group) (via Video Conference)

6. Decisions of the Meeting:

(a) General Resolutions:

1. The proposal presented for decision, to approve the Board of Directors' report for the fiscal year 2081/82 under agenda item (1) of the Annual General Meeting, was unanimously passed by the General Meeting after discussion.

2. The proposal presented for decision, to approve the balance sheet as of Ashadh end 2080, and the profit and loss account, cash flow statement, and other annual financial statements for the fiscal year 2081/82, along with the auditor's report under agenda item (2), was unanimously passed by the General Meeting after discussion.

3. The proposal presented for decision, to approve the integrated financial statements including the financial statements of the bank and its subsidiary companies NIC ASIA Laghubitta Bittiya Sanstha Ltd. and NIC ASIA Capital Ltd. for the fiscal year 2081/82 under agenda item (3), was unanimously passed by the General Meeting after discussion.

4. After the proposal to appoint an external auditor for the fiscal year 2082/83 and fix their remuneration was presented to the General Meeting as per the recommendation of the Audit Committee under agenda item (4), the Audit Committee, based on the criteria it determined, recommended M/S S.A.R. Associates, Chartered Accountants as the first priority, M/S B.R.S. Neupane & Co, Chartered Accountants as the second, M/S G.P. Rajbahak & Co, Chartered Accountants as the third, and M/S R.S.M.A. Associates, Chartered Accountants as the fourth. Based on the recommendation of the 340th meeting of the Audit Committee held on 2082.01.27, M/S S.A.R. Associates, Chartered Accountants was appointed as the external auditor for the fiscal year 2082/83. The proposal to pay them a remuneration of Rs. 52,250/- (in words: Fifty-two Lakh Twenty-six Thousand Two Hundred Fifty Rupees only), including Value Added Tax (VAT), for all necessary tasks including external audit, tax audit, Long Form Audit Report (LFAR), Certification of Annual Report related to Corporate Governance Directive Issued to Listed Institution-2074, and other necessary reports to be certified under the Companies Act (including all transportation and other expenses incurred in the course of such work), was presented for decision to the General Meeting and was unanimously passed by the General Meeting.

5. Under agenda item (5), Mr. Tulsiram Agrawal, a director elected for a 4-year term from the promoter shareholder group as per the decision of the 24th Annual General Meeting of this bank held on 2078.12.20, resigned from the post of director and chairman on 2082.01.04. His resignation was approved as per the decision of the 843rd meeting of the Board of Directors held on 2082.01.06. The proposal presented for decision, to approve his resignation, was unanimously passed by the General Meeting.

As per the decision of the 843rd meeting of the Board of Directors held on 2080/01/02, the proposal to approve the decision to appoint Mr. Ashok Kumar Agrawal, resident of Lazimpat, Ward No. 2, Kathmandu Metropolitan City, Kathmandu District (permanent address Dharan, Ward No. 5, Sunsari) as an independent director for a 4-year term for the remainder of his tenure, was presented for decision and unanimously passed by the General Meeting.

5. Under Agenda (5), Mr. Ganesh Man Shrestha, a director elected from the general shareholder group for a 4-year term as per the decision of the 24th Annual General Meeting of this bank held on 2078/12/20, resigned from the post of director on 2080/01/18. This resignation was approved as per the decision of the 844th meeting of the Board of Directors held on 2080/01/20. Subsequently, as per the decision of the 846th meeting of the Board of Directors held on 2080/01/22, the proposal to approve the decision to appoint Ms. Anupa Pradhan Rajbhandari, resident of Ward No. 10, Lalitpur Metropolitan City, Lalitpur District, for the remainder of his tenure, was presented for decision and unanimously passed by the General Meeting.

6. Under Agenda (6), regarding the proposal to elect 3 directors representing the promoter shareholders and 3 directors representing the general shareholders, Election Officer Mr. Leelamani Poudel informed the meeting about the election results and announced that 6 directors, 3 representing the promoter group and 3 representing the general group, have been unanimously elected as per the election schedule published by the Election Officer's office. The meeting took note of this.

1) Mr. Ashok Kumar Agrawal Director (Promoter Shareholder Group)

2) Mr. Ramchandra Sanghai Director (Promoter Shareholder Group)

3) Mr. Jayant Kumar Agrawal Director (Promoter Shareholder Group)

4) Mr. Aditya Kumar Agrawal Director (General Shareholder Group)

5) Mr. Keshav Prasad Lamsal Director (General Shareholder Group)

6) Mrs. Anupa Pradhan Rajbhandari Director (General Shareholder Group)

(ख) Special Proposals:

1. Under Agenda (1), subject to obtaining necessary approvals from relevant bodies and in accordance with prevailing laws and regulatory provisions, the special resolution to approve the issuance of 7,14,920,011 (seven crore fourteen lakh ninety-two thousand eleven) right shares at a ratio of 2:1 (two for one) at a face value of रु. 100/- (one hundred rupees only) for a total of रु. 7,14,920,011/- (seven billion fourteen crore ninety-two lakh eleven rupees) by increasing the bank's current paid-up capital of रु. 14,29,840,022/- (fourteen billion twenty-nine crore eighty-four lakh twenty-two rupees) was presented for decision and unanimously passed by the General Meeting. Furthermore, the special resolution to authorize the Board of Directors or officials designated by the Board to make any changes, amendments, or additions as instructed or suggested by relevant bodies during the process of obtaining necessary approvals for the right share issuance, was presented for decision and unanimously passed by the General Meeting.

2. Under Agenda (2), the special resolution to approve the increase of the bank's previous authorized capital from रु. 19,00,00,000/- (nineteen billion rupees) to रु. 27,37,83,50,422/- (twenty-seven billion thirty-seven crore eighty-three lakh fifty thousand four hundred twenty-two rupees), to increase the previous issued capital from रु. 19,29,840,022/- (nineteen billion twenty-nine crore eighty-four lakh twenty-two rupees) to रु. 27,37,83,50,422/- (twenty-seven billion thirty-seven crore eighty-three lakh fifty thousand four hundred twenty-two rupees), and to increase the previous paid-up capital from रु. 14,29,840,022/- (fourteen billion twenty-nine crore eighty-four lakh twenty-two rupees) to रु. 27,37,83,50,422/- (twenty-seven billion thirty-seven crore eighty-three lakh fifty thousand four hundred twenty-two rupees), was presented for decision and unanimously passed by the General Meeting.

3. Under Agenda (3), the special resolution to approve contemporary amendments/additions to the bank's Memorandum and Articles of Association was presented for decision and unanimously passed by the General Meeting.

4. Under Agenda (4), the special resolution to authorize the Board of Directors or officials designated by the Board to make any changes, amendments, or additions as instructed or suggested by relevant bodies during the approval process of the Memorandum and Articles of Association amendments, was presented for decision and unanimously passed by the General Meeting.

5. Under Agenda (5), the special resolution to maintain the bank's registered (central) office at its own building located at Pragyapath 51, Kamaladi, Ward No. 28, Kathmandu Metropolitan City, Kathmandu District, was presented for decision and unanimously passed by the General Meeting.

(ग) Miscellaneous

Under Agenda Miscellaneous, the meeting took note that the term of independent director Mrs. Vijaya Swar ended on 2080/06/02, and Mr. Ram Krishna Satiwaju (Citizenship No. 56487/1337), resident of Ward No. 4, Mahalaxmi Municipality, Lalitpur District (permanent address Khopasi, Ward No. 4, Kavre), was appointed as an independent director for a 4-year term by the 844th meeting of the Board of Directors held on 2080/01/20.

6. Vote of Thanks and Adjournment:

The Chairman extended special thanks to the esteemed shareholders for their valuable participation and suggestions, which contributed to the successful completion of the bank's 28th Annual General Meeting. Furthermore, expressing hope for continued support and encouragement in the future, the Chairman declared the 28th Annual General Meeting of the bank concluded, extending thanks to all present esteemed shareholders, representatives of regulatory bodies, directors, the Chief Executive Officer, bank officials, and all employees.