
एन.आई.एम.बि. स्टक मार्केट्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्बन्धी सूचनाNIMB Stock Markets Limited: Notice of 4th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 20, 2026
एन.आई.एम.बि. स्टक मार्केट्स लिमिटेडको
चौथो वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०३
यस एन.आई.एम.बि. स्टक मार्केट्स लिमिटेडको मिति २०८३ साल आश्विन १ गते बसेको ६२औं सञ्चालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीको चौथो वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्न बस्ने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ साल आश्विन २६ गते, सोमबार (तदनुसार 12th October 2026)
समय : दिउँसो ३:३० बजे ।
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, आई.टी. प्लाजा, कमलादी-२८, काठमाण्डौ ।
छलफलका विषयहरु :
(क) साधारण प्रस्तावहरु
- अध्यक्षज्यूको मन्तव्य सहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०८२/०८३ पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८२/०८३ को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण लगायतका सम्बन्धित वित्तीय विवरणहरु पारित गर्ने ।
- कम्पनीको आ.व २०८२/८३ को मुनाफा तथा रिजर्भ कोषबाट कम्पनीको चुक्ता पुँजीको ३.७५ प्रतिशत (कर सहित) हुन आउने रकम रु. २,२५,००,०००।- (अक्षरेपी दुई करोड पच्चिस लाख) कम्पनीको शेयरधनीलाई नगद लाभांश वितरण गर्ने ।
- कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- कम्पनीको प्रचलित कानुन, नियमावली तथा सम्बन्धित नियामकीय व्यवस्था बमोजिम कम्पनीमा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने ।
(ख) विविध
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
NIMB Stock Markets Limited
Notice of the 4th Annual General Meeting
First Date of Publication: 2083/06/03
As per the decision of the 62nd Board of Directors meeting of NIMB Stock Markets Limited held on Ashwin 1, 2083, the 4th Annual General Meeting of this company is scheduled to be held on the following date, time, and venue to discuss and decide on the following agendas. This notice is published for the information of all concerned.
Date, Time, and Venue of the Meeting:
Date: Ashwin 26, 2083, Monday (corresponding to 12th October 2026)
Time: 3:30 PM
Venue: Registered Office of the Company, IT Plaza, Kamaladi-28, Kathmandu.
Agendas for Discussion:
(A) Ordinary Resolutions
1. To approve the Board of Directors' Annual Report for the fiscal year 2082/083 along with the Chairman's address.
2. To approve the Balance Sheet as of Ashad end 2083, Profit and Loss Account for the fiscal year 2082/083, Profit and Loss Appropriation Account for the same period, Cash Flow Statement, and other related financial statements along with the Auditor's Report.
3. To distribute a cash dividend of 3.75 percent (including tax) of the company's paid-up capital, amounting to Rs. 2,25,00,000।- (in words, Two Crore Twenty-Five Lakhs only) to the shareholders from the profit and reserve fund of the fiscal year 2082/83.
4. To appoint the Auditor for the fiscal year 2083/084 pursuant to Section 111 of the Companies Act, 2063 and to determine their remuneration.
5. To approve the appointment of an Independent Director in the company in accordance with the prevailing laws, regulations, and relevant regulatory provisions.
(B) Miscellaneous
By Order of the Board of Directors
Company Secretary