
अर्बिट इनर्जी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सूचनाOrbit Energy Ltd.: Third Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 20, 2026
ORBIT
ENERGY LTD.
अर्बिट इनर्जी लिमिटेड
काठमाडौं ।
तेस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मिति : २०८३ मंसिर ०३ गते
आदरणीय शेयरधनी महानुभावहरु,
यस अर्बिट इनर्जी लिमिटेडको मिति २०८३/०७/३० गते बसेको सञ्चालक समितिको बैठकको
निर्णयानुसार यस अर्बिट इनर्जी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा निम्न मिति, स्थान, र
समयमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न सञ्चालन हुने भएको छ। कम्पनी ऐन
२०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनीहरु महानुभावहरुको जानकारी एवं उपस्थितिका लागि
यो सूचना प्रकाशित गरिएको छ ।
१. सभा हुने मिति, स्थान तथा समय :
मिति : २०८३ मंसिर २३ गते बुधबार तदनुसार (December 9, 2026)
स्थान : कम्पनी रजिष्ट्रड कार्यालय काठमाडौं
समय : बिहान ठिक ९:०० बजे
२. सभामा छलफल गरिने प्रस्तावहरु :
क) सामान्य प्रस्तावहरु :
१) सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुपर्ने आ.व. २०८२/०८३ को वार्षिक
प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बारे,
२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, तथा सोही मितिमा समाप्त
आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाव, शेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह
विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचीहरु उपर छलफल गरि पारित गर्ने बारे,
३) कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/०८४ को लेखापरीक्षण गर्नको लागि
लेखापरीक्षकको नियुक्ति गर्ने तथानिजको पारिश्रमिक निर्धारण गर्ने बारे,
ख) विशेष प्रस्तावहरु :
१) सञ्चालकहरुको सेवा सुविधा सम्बन्धी,
२) सर्व साधारणका लागि छुट्याइएको शेयर (IPO) जारी गर्ने सम्बन्धमा,
३) सर्वसाधारणका लागि छुट्याइएको शेयर (IPO) जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट
प्रवन्धपत्र तथा नियमावली संशोधन लगायत कुनै पनि किसिमको फेरबदल, संशोधन एवं
थपघट सम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट
गर्ने सञ्चालक समितिको तोकिएको प्रतिनिधिलाई आवश्यक सम्पूर्ण अख्तियारी
प्रदान गर्ने बारे,
४) कम्पनीको चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्री रिजर्भ) को जम्मा रकम भन्दा बढी हुनेगरि कर्जा
लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने बारे,
ग) विविध :
अध्यक्षको आज्ञाले
कम्पनी सचिव
ORBIT
ENERGY LTD.
Orbit Energy Limited
Kathmandu.
Notice Regarding Third Annual General Meeting
Second time published date: 2083 Mangsir 03
Dear Shareholders,
As per the decision of the Board of Directors meeting held on 2083/07/30, the third Annual General Meeting of Orbit Energy Limited will be convened on the following date, place, and time to discuss and decide on the following agenda items. This notice is published for the information and attendance of all shareholders as per Section 67 of the Companies Act, 2063.
1. Date, Place, and Time of the Meeting:
Date: 2083 Mangsir 23, Wednesday (December 9, 2026)
Place: Company's Registered Office, Kathmandu
Time: Exactly 9:00 AM
2. Agenda Items for Discussion at the Meeting:
a) General Agenda Items:
1) To discuss and pass the Annual Report for the fiscal year 2082/083 presented by the Chairman on behalf of the Board of Directors,
2) To discuss and pass the Auditor's Report along with the Balance Sheet as of the end of Ashadh 2083, Profit and Loss Account for the same period, changes in share capital, cash flow statement, and other related schedules,
3) To appoint an auditor for the fiscal year 2083/084 and determine their remuneration as per Section 111 of the Companies Act, 2063,
b) Special Agenda Items:
1) Regarding the service facilities of the Directors,
2) Regarding the issuance of shares to the general public (IPO),
3) Regarding the issuance of shares to the general public (IPO), and to provide necessary full authority to the designated representative of the Board of Directors for any amendments, modifications, and additions to the prospectus and bylaws as received from regulatory bodies,
4) To provide authority to the Board of Directors to obtain loans exceeding the company's paid-up capital and accumulated profit (free reserve),
c) Miscellaneous:
By Order of the Chairman
Company Secretary