Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
20 Sep, 2026
ओरियन्टल होटल्स् लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

ओरियन्टल होटल्स् लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाOriental Hotels Ltd.: Notice of 29th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 20, 2026

उनान्तीसौं (२९) वार्षिक साधारण सभा सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०८३।०६।०४

श्री शेयरधनी महानुभावहरू,

यस ओरियन्टल होटल्स् लिमिटेडको सञ्चालक समितिको मिति २०८३ आश्विन २ गते शुक्रबार बसेको आ.व. २०८३/८४ को दोस्रो बैठकको निर्णय बमोजिम कम्पनीको उनान्तीसौं वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा देहायका विषयहरू उपर छलफल र निर्णय गर्न बस्ने भएकोले उक्त साधारण सभामा शेयरधनीहरू स्वयम् वा रीतपूर्वकको प्रतिनिधित्वद्वारा उपस्थित हुन जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. सभा हुने मिति स्थान र समय:

मिति: २०८३ आश्विन २९ गते बिहीबार (१५ अक्टोबर २०२६)

समय: दिनको ११:०० बजे ।

स्थान: नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर ।

२. छलफलका विषयहरू:

क. सामान्य प्रस्ताव

  1. सञ्चालक समितिको अध्यक्षज्यूको मन्तव्यसहित उनान्तीसौं वार्षिक साधारण सभा आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात तथा आ. व. २०८२/८३ को नाफा नोक्सान हिसाब, एवम् सोही अवधिको नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धी वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।
  3. लेखापरीक्षण समितिको सिफारिस अनुसार आ.व. २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्री सुवोध एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौं, पुनः नियुक्त हुन सक्नुहुने छ ।)

ख. विविध ।

सञ्चालक समितिको आज्ञाले,

कम्पनी सचिव

द्रष्टव्य: शेयरधनी महानुभावहरूको सुविधाको लागि सभाहल बिहानको १० बजेदेखि खुला रहनेछ ।

साधारण सभा सम्बन्धी जानकारी

  1. उनान्तीसौं साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरूले आफ्नो शेयर प्रमाणपत्र वा हितग्राही (Demat Account) शेयर अभौतिकीकरण (Dematerialization) खाताको आधिकारिक निस्साका साथै आफ्नो परिचय खुल्ने प्रमाण (जस्तै: नागरिकताको प्रमाणपत्र, वा अन्य कुनै परिचयपत्र) सभा हुने दिन अनिवार्य रुपमा साथमा लिई आउन हुन अनुरोध छ ।
  2. सभामा भाग लिन तथा मतदान प्रतिनिधि नियुक्त गर्न चाहने महानुभावहरूले सभा शुरु हुने निर्धारित समय भन्दा कम्तीमा ४८ घण्टा अगावै एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा प्रोक्सी दर्ता गरिसक्नु पर्नेछ । प्रतिनिधि नियुक्त गरिसके पछि शेयरधनी स्वयं सभामा उपस्थित भएमा सो प्रोक्सी स्वतः बदर हुनेछ ।
  3. नाबालक वा मानसिक सन्तुलन ठीक नभएको शेयरधनीहरूको तर्फबाट कम्पनीको शेयर लगत दर्ता किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको महानुभावहरूले सभामा भाग लिन, मतदान गर्न वा प्रतिनिधि तोक्न सक्नु हुनेछ ।
  4. संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा शेयरधनीको लगत दर्ता किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति अथवा सर्वसम्मतबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले मात्र सभामा भाग लिन वा मतदान गर्न पाउनुहुनेछ ।
  5. शान्ति सुरक्षाका कारण साधारण सभामा उपस्थित हुनुहुने शेयरधनी महानुभावहरूले झोला/व्याग आदि नल्याई दिनहुन अनुरोध छ । सभा अवधिभर सभा स्थलमा रहेका सुरक्षाकर्मीले आवश्यक देखेमा सुरक्षा जाँच गर्न सक्ने भएको हुँदा सुरक्षा जाँचमा सहयोग गरिदिनहुन शेयरधनी महानुभावहरूलाई अनुरोध छ ।
  6. शेयरधनी महानुभावहरूको सुविधाका लागि हाजिरी पुस्तिका बिहान १०:०० बजेदेखि खुल्ला रहनेछ ।
  7. मिति २०८३/६/१३ गते देखि २०८३/६/२९ गतेसम्म कम्पनीको शेयर दाखिल खारेज बन्द गरिनेछ । साथै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/६/१२ गतेसम्म नियमानुसार कारोबार भई यस कम्पनीको शेयर दाखिल खारेजका लागि प्राप्त हुन आएका शेयरधनी महानुभावहरूलाई यस साधारण सभाको प्रयोजनको लागि शेयरधनी कायम गरिनेछ ।

Notice of the Twenty-Ninth (29th) Annual General Meeting

First Date of Publication: 2083।06।04

Dear Shareholders,

As per the decision of the second meeting of the Board of Directors of Oriental Hotels Ltd. held on Friday, 2083 Ashwin 2 for the Fiscal Year 2083/84, the Twenty-Ninth Annual General Meeting of the company is scheduled to be held at the following date, time, and venue to discuss and decide upon the matters listed below. Therefore, all shareholders are requested to attend the meeting either in person or through a duly authorized proxy.

1. Date, Venue, and Time of the Meeting:

Date: 2083 Ashwin 29, Thursday (15 October 2026)

Time: 11:00 AM

Venue: Nepal Administrative Staff College, Jawalakhel, Lalitpur.

2. Agenda for Discussion:

A. Ordinary Resolutions

1. To discuss and approve the Annual Report of the Board of Directors for the Fiscal Year 2082/83, along with the remarks of the Chairman of the Board of Directors.

2. To discuss and approve the Balance Sheet as of end of Ashad 2083, the Profit and Loss Account for the Fiscal Year 2082/83, the Cash Flow Statement for the same period, the Statement of Changes in Equity, and other annual financial statements along with the schedules and the Auditor's Report.

3. To appoint the Auditor for the Fiscal Year 2083/84 as per the recommendation of the Audit Committee and to determine their remuneration. (The current auditor, M/S Subodh Associates, Chartered Accountants, Kathmandu, is eligible for reappointment.)

B. Miscellaneous

By Order of the Board of Directors,

Company Secretary

Note: For the convenience of the shareholders, the assembly hall will remain open from 10:00 AM.

Information Regarding the Annual General Meeting

1. Shareholders attending the 29th Annual General Meeting are requested to bring their share certificates or official proof of Demat Account (Dematerialization) along with a valid identity document (such as Citizenship Certificate or any other identity card) on the day of the meeting.

2. Shareholders wishing to participate and appoint a proxy for voting must register their proxy at NIMB Ace Capital Limited, Lazimpat, Kathmandu, at least 48 hours before the scheduled start of the meeting. If a shareholder who has appointed a proxy attends the meeting in person, the proxy will automatically be cancelled.

3. In the case of minor shareholders or those of unsound mind, the guardians whose names are registered in the company's share register book may participate, vote, or appoint a proxy on their behalf.

4. In the case of jointly held shares, only the person whose name appears first in the share register book or a single representative appointed by consensus shall be allowed to participate and vote in the meeting.

5. For security reasons, shareholders attending the Annual General Meeting are requested not to bring bags/purses. Security personnel at the venue may conduct security checks if deemed necessary, and shareholders are requested to cooperate with the security checks.

6. For the convenience of the shareholders, the attendance register will remain open from 10:00 AM.

7. The Share Transfer Book of the company will remain closed from 2083/6/13 to 2083/6/29. Shareholders who have traded their shares on Nepal Stock Exchange Limited up to 2083/6/12 and whose names are received for share transfer by the company will be recognized as shareholders for the purpose of this Annual General Meeting.

Advertisement