
प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीPrabhu Mahalaxmi Life Insurance: Promoter Share Auction
- वर्ग:Category:
- Auction
- प्रकाशित मिति:Published:
- Published on September 10, 2026
प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको शेयर बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना
शिलबन्दी बोलपत्र पेश गर्ने शुरु भएको मिति : २०८३/०५/२५ गते
शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति : २०८३/०६/०२ गते
प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको जम्मा ३१,५८८ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य रु. २२५/- (दुई सय पच्चिस रुपैया मात्र) मा बिक्री गर्ने भएको हुँदा उक्त शेयरहरू खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले मिति २०८३ साल आश्विन २ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक श्री एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली-११, काठमाडौँमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरूको अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आह्वान गरिन्छ । साथै विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिई ३५ दिने सूचना प्रकाशित गरिसकेको व्यहोरा यसै सूचनाद्वारा विद्यमान संस्थापक शेयरधनीहरूलाई जानकारी गराईन्छ ।
तपसिल
सि.नं. बोलपत्र आवेदन फाराम पाइने र बुझाउने स्थान (संकलन केन्द्र) :
१ श्री एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली - ११, काठमाडौँ ।
तपसिल
सि.नं. शेयर बिक्री गरिने कम्पनीको नाम जम्मा कित्ता न्यूनतम मूल्य न्यूनतम आवेदन दिनुपर्ने कित्ता
१ श्री प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड ३१,५८८ २२५/- ५,०००
शर्तहरू:
- माथि उल्लेखित कम्पनीको शेयर खरीदका लागि प्रचलित कानुन बमोजिम योग्य लगानीकर्ताहरू मात्र सहभागी हुन सक्ने छन् ।
- बोलपत्र आवेदन फारम माथि उल्लेखित संकलन केन्द्रबाट रु.१००/- नगद भुक्तानी गरी प्राप्त गर्न सकिने छ ।
- बोलपत्र आवेदन फारममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै नै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।
- शेयर खरीदको लागि न्यूनतम मूल्य रु.२२५/- (दुई सय पच्चिस रुपैया मात्र) तोकिएको हुँदा उक्त मूल्य भन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन स्वतः रद्द हुनेछ ।
- शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम ५,००० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा माथि उल्लेखित सम्पूर्ण कित्ता सम्मको लागि आवेदन दिन सकिनेछ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले तोकिदिएको खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलवमा (खण्डित रुपमा) आउने गरी शेयर आवेदन गर्न पाइने छैन ।
- शिलबन्दी खाम बाहिर "प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर खरीद आवेदन" उल्लेख भएको हुनु पर्नेछ । गोप्य शिल्ड बोलपत्रमा लाहाछाप गरिएको हुनु पर्नेछ । साथै शिलबन्दी खाम पेश गर्नु पर्ने छ ।
- बोलपत्र पेश गर्नका लागि सूचना प्रकाशित गरिएको मिति २०८३/०५/२५ गते पश्चात् सम्बन्धित कम्पनीबाट घोषणा हुने हकप्रद शेयर, बोनश शेयर तथा लाभांश स्वीकृत आवेदककर्ताहरूले प्राप्त गर्ने छन् ।
- बोलपत्रवालाले आफूले खरीद गर्न चाहेको शेयरको सम्पूर्ण रकम शेयर खरीद आवेदन फाराममा उल्लेखित बैंक खातामा नगद जम्मा गरि सोको सक्कल बैंक भौचर वा एन आई सी एशिया क्यापिटल लिमिटेडको नाममा जारी गरिएको Good for Payment Cheque वा Manager's Cheque संलग्न गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
- शेयर खरीद गर्न ईच्छुक बोलपत्रदाताले सम्बन्धित नियमनकारी निकायको संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test को विवरण, कर्जा सूचना केन्द्रको कालोसूचिमा समावेश नभएको पत्र, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र प्रहरी प्रतिवेदनको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
- कम्पनीको हकमा आवेदनको साथ कम्पनी दर्ता प्रमाणपत्र कर चुक्ता प्रमाणपत्र, शेयर खरीद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि, सदस्य दलाल कहाँ हितग्राही खाता खोल्न आवश्यक परिचय विवरण आदी संलग्न गर्नुपर्नेछ ।
- सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मूल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरू पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ । प्राप्त बोलपत्रहरू कुनै कारण खुलाई वा नखुलाई पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बिक्रीकर्ता तथा सम्बन्धित कम्पनीमा निहित रहनेछ ।
- नेपाल बीमा प्राधिकरणबाट जारी "बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७" मा तोकिएको शर्त तथा प्रावधानहरू पूरा नभएमा उल्लेखित शेयर बिक्री गरिने छैन ।
- प्राप्त बोलपत्रहरू सार्वजनिक सूचना प्रकाशित गरी वा सम्बन्धित आवेदकलाई अन्य कुनै माध्यमबाट जानकारी गराई बोलपत्र खोलिने मिति, समय र स्थानको बारेमा जानकारी गराईनेछ ।
- म्याद नाघि आएको वा रित नपुगेको आवेदन उपर कुनै कारवाही गरिने छैन ।
- स्वीकृत आवेदकलाई बाँडफाँड गर्न सम्बन्धित बिक्रीकर्ताले निर्णय गरेको ३ कार्य दिन पछि बाँडफाँडमा नपरेका आवेदकहरूबाट प्राप्त रकम IPS मार्फत सिधै आवेदकको बैंक खातामा रकमान्तरण गरिने छ ।
- बाँडफाँडमा परेको शेयर आवेदकको नाममा प्रचलित कानुन बमोजिम शेयर खरीद कारोबार तथा नामसारी गरिनेछ । कुनै पनि अवस्थामा आवेदकले ब्याज वा कुनै किसिमको माग दावी गर्न सक्नेछैन । बाँडफाँडमा परेको शेयर तथा प्राप्त बोनश हकप्रद शेयरको खरीद कारोबार तथा नामसारी गर्दा तिर्नु बुझाउनु पर्ने ब्रोकरेज लगायत अन्य सम्पूर्ण दस्तुर र शुल्क आवेदक स्वयंले व्यहोर्नु पर्नेछ । साथै, बाँडफाँडमा परेको प्रति शेयर मूल्य भन्दा नेपाल स्टक एक्सचेन्जले कारोबारको समयमा तोकेको मूल्य फरक परेको खण्डमा उक्त शेयर खरीद बिक्री कारोबार गर्दा लाग्ने थप शुल्क तथा कर समेत सम्बन्धित खरीदकर्ता तथा बिक्री कर्ताले व्यहोर्नु पर्नेछ ।
Notice Regarding Invitation of Sealed Bids for the Sale of Promoter Group Shares of Prabhu Mahalaxmi Life Insurance Limited
Sealed Bid Submission Start Date: 2083/05/25
Sealed Bid Submission End Date: 2083/06/02
Since a total of 31,588 units of promoter group shares of Prabhu Mahalaxmi Life Insurance Limited are being sold at a minimum price of Rs. 225/- (Two Hundred and Twenty-Five Rupees only) per share, eligible interested existing promoters or any individual, company, association, or institution wishing to purchase the said shares are invited to submit sealed bids within office hours on 2083 Ashwin 2, stating the rate per share they are willing to pay, subject to the conditions mentioned in the details below, at the office of the Issue Manager, NIC Asia Capital Limited, Trade Tower Nepal, Thapathali-11, Kathmandu. Additionally, existing promoter shareholders are hereby informed that a 35-day notice giving them priority has already been published.
Details
S.N. Place to Obtain and Submit Bid Application Form (Collection Center):
1 NIC Asia Capital Limited, Trade Tower Nepal, Thapathali - 11, Kathmandu.
Details
S.N. Name of the Company whose Shares are being Sold Total Units Minimum Price Minimum Units to Apply
1 Prabhu Mahalaxmi Life Insurance Limited 31,588 225/- 5,000
Conditions:
1. Only investors eligible under prevailing laws for the purchase of shares of the above-mentioned company can participate.
2. The bid application form can be obtained from the above-mentioned collection center upon cash payment of Rs. 100/-.
3. In the bid application form, the number of shares the applicant wishes to purchase and the rate per share must be clearly written in both figures and words. In case of any discrepancy between figures and words, the words will be recognized. Any corrections must be signed. Bids with excessive corrections where the bid price is illegible will not be recognized.
4. Since the minimum price for share purchase is set at Rs. 225/- (Two Hundred and Twenty-Five Rupees only), applications submitted with a price lower than the said price will be automatically rejected.
5. When bidding for the purchase of shares, applications must be submitted for a minimum of 5,000 units, and for a maximum, applications can be submitted up to the total units mentioned above. However, when adding up the total shares applied for purchase, the application must be submitted such that it does not exceed the maximum limit set by the relevant regulatory body for purchasing or holding shares. Share applications resulting in fractions (decimals) will not be allowed.
6. The outside of the sealed envelope must state "Application for Purchase of Promoter Shares of Prabhu Mahalaxmi Life Insurance Limited". The sealed bid must be wax-sealed. Also, the sealed envelope must be submitted.
7. Approved applicants will receive right shares, bonus shares, and dividends declared by the concerned company after the date of publication of this notice for submitting bids, i.e., 2083/05/25.
8. The bidder must deposit the entire amount for the shares they wish to purchase into the bank account mentioned in the share purchase application form and attach the original bank voucher, or attach a Good for Payment Cheque or Manager's Cheque issued in the name of NIC Asia Capital Limited, and submit the sealed bid.
9. Bidders wishing to purchase shares must attach the Fit & Proper Test details prescribed for promoter shareholders of the relevant regulatory body, a letter showing non-inclusion in the blacklist of the Credit Information Bureau, documents showing source of income, certified copy of citizenship certificate, copy of tax clearance certificate of the latest fiscal year, and copy of police report.
10. In the case of a company, the application must be accompanied by the company registration certificate, tax clearance certificate, copy of the decision of the company's Board of Directors regarding the purchase of shares, and necessary identification details to open a demat account with a member broker.
11. Shares will be sold to the bidder bidding the highest price. If shares remain after this, they will be sold to the next highest bidder. While selling shares through bidding, if there are two or more applicants at the final price, the remaining shares from the bidding will be distributed proportionally based on the number of shares requested. The entire right to accept or reject the received bids, fully or partially, with or without disclosing any reason, shall remain with the seller and the concerned company.
12. The mentioned shares will not be sold if the conditions and provisions specified in the "Directive on Transaction of Promoter Shares of Insurers, 2077" issued by the Nepal Insurance Authority are not met.
13. The date, time, and place of opening the bids will be informed by publishing a public notice or by informing the concerned applicants through any other medium.
14. No action will be taken on applications that are received after the deadline or are incomplete.
15. The amount received from applicants who do not get allotment will be transferred directly to the applicant's bank account through IPS within 3 working days after the concerned seller decides on the allotment to the successful applicants.
16. Shares allotted will be traded and transferred in the name of the applicant in accordance with prevailing laws. Under no circumstances shall the applicant be entitled to claim interest or any other claims. All other fees and charges, including brokerage commission, payable during the purchase transaction and transfer of allotted shares and received bonus/right shares, must be borne by the applicant themselves. Also, if the price per share allotted differs from the price set by the Nepal Stock Exchange at the time of transaction, any additional fees and taxes incurred during the share purchase/sale transaction must be borne by the concerned buyer and seller.