Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
30 Sep, 2026
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको विशेष साधारण सभा आह्वान

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको विशेष साधारण सभा आह्वानRapti Hydro and General Construction Limited Calls Special General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 30, 2026

मिति : आश्विन १२, २०८३

श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड,

सिंहदरवार, काठमाण्डौ ।

विषय : विशेष साधारण सभा सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा यस कम्पनीको मिति आश्विन १२, २०८३ गते सोमबार दिउँसोको ४:३० बजे बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा मिति आश्विन २८, २०८३ (अक्टोवर १४, २०२६) गते बुधवार विहानको ९:०० बजे हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललितपुरमा हुने निर्णय भएको जानकारी गराउँदछौं । साथै उक्त विशेष साधारण सभामा पेश गरिने प्रस्तावहरु निम्न बमोजिम रहेका छन् ।

क) विशेष प्रस्तावहरु

१) जारी पूँजी संशोधन सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।

२) कम्पनीको चुक्ता पूँजीको १:०.२५१४११ अनुपातमा हुन आउने रकम रु. ३०,८१,२६,२००/- बराबरको ३०,८१,२६२ कित्ता (विद्युत नियमन आयोगबाट रु. ३०,८१,२६,२४५.३४/- रकम बराबरको ३०,८१,२६२ कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि स्वीकृति दिए पनि दशमलव शेयर संख्या आउने हुँदा नजिकको अंकमा परिवर्तन गरी हुने रकम रु. ३०,८१,२६,२००/-) हकप्रद शेयर निष्काशन गर्ने बारे ।

३) हकप्रद शेयर निष्काशनको सम्बन्धमा नियमनकारी निकायको निर्देशन र सुझाव अनुसारको कुनै कार्यहरु (प्रबन्धपत्र तथा नियमावलीको हेरफेर, परिमार्जन, संशोधन, समायोजन वा थपघट समेत) गर्नु परेमा वा हकप्रद शेयर निष्काशनका क्रममा कुनै बाधा अड्चन परेमा सो फुकाउनका लागि संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।

२) विविध

साथै उक्त विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजीको कार्य मिति आश्विन २०, २०८३ गते एक दिन बन्द रहने छ । शेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन मिति आश्विन १९, २०८३ सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोवार भई सात (७) कार्य दिन भित्र दाखिल खारेजको लागी प्राप्त शेयरहरुबाट कायम रहेका शेयरधनीहरु विशेष साधारण सभामा भाग लिनको लागि योग्य हुनेछन् ।

भवदीय,

सरिता पाण्डे

प्रशासन

बोधार्थ

श्री नेपाल धितोपत्र बोर्ड,खुमलटार, ललितपुर ।

श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, पुतलीसडक, काठमाण्डौ ।

श्री विद्युत नियमन आयोग, सानो गौचरण, काठमाण्डौ ।

Ref. No: RHGCL/EL/13/083/84

मिति : आश्विन १२, २०८३

श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड,

सिंहदरवार, काठमाण्डौ ।

विषय : विशेष साधारण सभा र BOOK CLOSE सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा यस कम्पनीको मिति आश्विन १२, २०८३ गते सोमबार दिउँसोको ४:३० बजे बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा मिति आश्विन २८, २०८३ (अक्टोबर १४, २०२६) गते बुधबार बिहानको ९:०० बजे हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललितपुरमा हुने निर्णय भएको जानकारी गराउँदछौं । साथै उक्त विशेष साधारण सभा प्रयोजनको लागी कम्पनीको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजीको कार्य मिति आश्विन २०, २०८३ गते एक दिनका लागी बन्द रहने छ । शेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन मिति आश्विन १९, २०८३ सम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई सात (७) कार्य दिन भित्र दाखिल खारेजको लागी प्राप्त शेयरहरुबाट कायम रहने शेयरधनीहरु विशेष साधारण सभामा भाग लिनको लागी योग्य हुनेछन् ।

भवदीय,

सरिता पाण्डे

प्रशासन

Date: Ashwin 12, 2083

To,

Nepal Stock Exchange Limited,

Singhadurbar, Kathmandu.

Subject: Regarding Special General Meeting.

Dear Sir/Madam,

In connection with the above subject, as per the decision of the meeting of the Board of Directors of this company held on Monday, Ashwin 12, 2083 at 4:30 PM, we would like to inform you that the Special General Meeting of the company has been scheduled to be held on Wednesday, Ashwin 28, 2083 (October 14, 2026) at 9:00 AM at Himshikhar Party Venue, Chapagaun, Lalitpur. Furthermore, the agendas to be presented in the said Special General Meeting are as follows.

A) Special Agendas

1. To amend the Memorandum of Association and Articles of Association of the company along with the amendment of the issued capital.

2. Regarding the issuance of right shares in the ratio of 1:0.251411 of the paid-up capital of the company, amounting to Rs. 30,81,26,200/- equivalent to 30,81,262 units (even though the Electricity Regulatory Commission had approved the issuance of right shares amounting to Rs. 30,81,26,245.34/- equivalent to 30,81,262 units, due to fractional shares arising, the amount has been adjusted to the nearest whole number to make it Rs. 30,81,26,200/-).

3. To delegate full authority to the Board of Directors to carry out any activities (including modification, revision, amendment, adjustment, or addition/deletion of the Memorandum of Association and Articles of Association) as per the directives and suggestions of the regulatory bodies regarding the right share issuance, or to resolve any obstacles or difficulties that may arise during the process of right share issuance.

2) Miscellaneous

In addition, for the purpose of the said Special General Meeting, the Shareholder Registration Book and share transfer book of the company will remain closed for one day on Ashwin 20, 2083. Shareholders who have traded on Nepal Stock Exchange Limited until the day before the book closure, i.e., Ashwin 19, 2083, and whose share transfers are received for registration within seven (7) working days, will be eligible to participate in the Special General Meeting.

Yours sincerely,

Sarita Pandey

Administration

Cc:

Securities Board of Nepal (SEBON), Khumaltar, Lalitpur.

CDS and Clearing Limited, Putalisadak, Kathmandu.

Electricity Regulatory Commission, Sano Gaucharan, Kathmandu.

Ref. No: RHGCL/EL/13/083/84

Date: Ashwin 12, 2083

To Nepal Stock Exchange Limited,

Singhadurbar, Kathmandu.

Subject: Regarding Special General Meeting and BOOK CLOSE.

Dear Sir,

In connection with the above, we would like to inform you that as per the decision of the Board of Directors' meeting of this company held on Monday, Ashwin 12, 2083 at 4:30 PM, the Special General Meeting of the company is scheduled to be held on Wednesday, Ashwin 28, 2083 (October 14, 2026) at 9:00 AM at Himshikhar Party Venue, Chapagaun, Lalitpur. Furthermore, for the purpose of the said Special General Meeting, the company's shareholder registration book and share transfer registration will remain closed for one day on Ashwin 20, 2083. Shareholders maintained from the shares traded on Nepal Stock Exchange Limited until the previous day of the book closure, i.e., Ashwin 19, 2083, and received for transfer registration within seven (7) working days, will be eligible to participate in the Special General Meeting.

Yours sincerely,

Sarita Pandey

Administration

Advertisement