
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभाको माइन्युटRastriya Beema Company Limited: Minutes of 4th AGM
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on October 16, 2026
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभाको कामकारवाहीको विवरण (माइन्युट)
सूचना प्रकाशित मिति २०८३/०६/३० गते आर्थिक अभियान राष्ट्रिय दैनिक
१. वैधानिक सभा :
कम्पनी ऐन, २०६३ र यस कम्पनीको नियमावली बमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा श्री निर्मल ढकालको अध्यक्षतामा तल उल्लेखित, समय र स्थानमा बसी देहायका विषयहरु उपर छलफल तथा निर्णयहरु गरियो ।
२. सभाको मिति, समय र स्थान :
मिति : २०८३/०६/०२ गते शुक्रबार (१८ सेप्टेम्बर २०२६)
समय : बिहान ११:०० बजे
स्थान : अनमोल क्याटरिङ्ग सर्भिस प्रा.लि, शंखमुल, काठमाडौँ ।
३. सभाको सूचना :
कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम यस कम्पनीको चौथो वार्षिक साधारण सभा बस्ने बारेको सूचना तथा आर्थिक वर्ष २०७७/७८ र आ.व.२०७८/७९ को वार्षिक प्रतिवेदन एवं वित्तीय विवरणहरु समेत सबै शेयरधनीहरुलाई निजहरुले कम्पनीलाई उपलब्ध गराउनु भएको ठेगानामा पठाउनुका साथै सभा बस्ने सूचना प्रथम पटक मिति २०८३ भाद्र ९ गते कम्पनीको वेवसाइटमा, दोस्रो पटक मिति २०८३ भाद्र १० गते राष्ट्रिय दैनिक गोरखापत्रमा र तेस्रो पटक आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रिकामा मिति २०८३ भाद्र २५ गते सभाहुने मिति, समय, स्थान र छलफल हुने विषयहरुको सूचना शेयरधनी महानुभावहरुको जानकारीको लागि प्रकाशित गरिएको थियो ।
४. छलफलका विषयहरु :
क. सामान्य प्रस्ताव :
(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
(२) राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने ।
(३) महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एवं पारिश्रमिक समर्थन गर्ने ।
(४) विविध ।
५. उपस्थिति :
५.१ कम्पनी ऐन, २०६३ को दफा ६८ अनुरूप साधारण सभामा उपस्थित सञ्चालकहरू :
श्री निर्मल ढकाल अध्यक्ष, अर्थ मन्त्रालय, नेपाल सरकार
श्री बोलराज आचार्य सञ्चालक, अर्थ मन्त्रालय, नेपाल सरकार
श्री सागर कुमार सिंह सञ्चालक, कर्मचारी सञ्चय कोष
श्री प्रतिभा डंगोल सञ्चालक, नेपाल बैंक लिमिटेड
श्री रवि कुमार टिबडेवाला सञ्चालक, सर्वसाधारण शेयरधनी
श्री लक्ष्मी प्रसाद श्रेष्ठ सञ्चालक, स्वतन्त्र सञ्चालक
५.२ अन्यपदाधिकारीहरूको उपस्थित
श्री हिम्मत बहादुर भण्डारी प्रमुख कार्यकारी अधिकृत
श्री सुवास कोइराला नायव प्रमुख कार्यकारी अधिकृत
श्री कविता लामा कम्पनी सचिव
६. गणपूरक संख्या :
कुल शेयरधनीको संख्या स्वयं उपस्थित प्रतिनिधिद्वारा उपस्थित जम्मा उपस्थित बाँडफाँड भएको शेयरको सभामा प्रतिनिधित्व प्रतिशत
५९३६ १९६ ४ २०० ८१.५%
७. सभाको वैधानिकता, गणपूरक संख्या तथा अध्यक्षता :
७.१ कम्पनी ऐन, २०६३ तथा यस कम्पनीको नियमावली बमोजिम सभा बोलाइएको र कम्पनी ऐनको दफा ७३ को उपदफा २ र कम्पनीको नियमावलीको नियम २३ बमोजिम साधारण सभाको गणपूरक संख्या बाँडफाँड कुल शेयर संख्याको ५०% भन्दा बढी शेयरधनीहरूका प्रतिनिधि हुने गरी कुल शेयरधनीहरूमध्ये कम्तीमा ३ जना शेयरधनीहरू स्वयं वा आफ्नो प्रतिनिधि मार्फत उपस्थित हुनु पर्ने प्रावधान बमोजिम यस कम्पनीको चौथो वार्षिक साधारण सभामा राखिएको शेयरधनीहरूको हाजिरी पुस्तिकामा हाजिरी जनाउने शेयरधनीहरूको संख्या ३ भन्दा बढी र बाँडफाँड कुल शेयर संख्याको ८१.५०% भन्दा बढी प्रतिनिधित्व भएको हुँदा कम्पनी सचिवले यस साधारण सभाको गणपूरक संख्या पुगेको प्रमाणित गरी प्रचलित कम्पनी ऐन अनुसार सभा वैधानिक भएको जानकारी गराउनु भयो ।
७.२ कम्पनी सचिवले उपस्थित सबै शेयरधनीहरूलाई अभिवादन गर्दै अध्यक्षज्यू, सञ्चालकज्यूहरू, प्रमुखकार्यकारी अधिकृतज्यू, र नायव प्रमुख कार्यकारी अधिकृतज्यू, संस्थापक शेयरधनीका प्रतिनिधिज्यू, सम्बन्धित कार्यालयका प्रतिनिधिज्यूलाई आसन ग्रहणको लागि अनुरोध गरी सभाको कामकारवाही अगाडि बढाउनु भयो ।
७.३ कम्पनीको नियमावलीमा व्यवस्था भए बमोजिम यस सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्षज्यूले गर्ने जानकारी गराउँदै कम्पनी सचिवले कम्पनीको चौथो वार्षिक साधारण सभा सञ्चालनको लागि अध्यक्षज्यूसँग अनुमति लिई स्वागत तथा आफ्नो मन्तव्य व्यक्त गर्न प्रमुख कार्यकारी अधिकृतज्यूलाई आग्रह गर्नुभयो ।
८. चौथो वार्षिक साधारण सभाको प्रस्तुती :
८.१. सभा प्रारम्भको क्रममा पूर्वनिर्धारित छलफलका विषयसूची अनुसार छलफलका विषयहरू अध्यक्षज्यूको अनुमतिबाट संस्थाका कम्पनी सचिवज्यूले क्रमशः दफावार रूपमा प्रस्तुत गर्नुभयो ।
९. छलफलका लागि आव्हान र सहभागी शेयरधनी प्रतिनिधिहरूको जिज्ञासा तथा सुझाव :
९.१. कम्पनीको आ.व.२०७७/०७८ र २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन तथा आ.व.२०७७/०७८ र २०७८/०७९ असार मसान्तको वासलात, नाफा-नोक्सान हिसाब, आय व्यय तथा नगद प्रवाह विवरण लगायत एजेण्डाहरु उपर आ-आफ्नो जिज्ञासा तथा सुझाव भए जानकारी गराउन अध्यक्षज्यूले शेयरधनी महानुभावहरू समक्ष अनुरोध गर्नुभयो ।
९.२. छलफलमा सहभागी हुने शेयरधनी र सम्बन्धित कार्यालयको प्रतिनिधिको नाम :
(१) श्री प्रभा ढुंगाना, नेपाल सरकार, अर्थ मन्त्रालय
(२) श्री बसन्त न्यौपाने, नेपाल बैंक लिमिटेड
(३) श्री रामचन्द्र पोखरेल, कर्मचारी सञ्चय कोष
(४) श्री चन्द्रमान गुप्त, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
(५) श्री सुनिता अधिकारी, महालेखा परीक्षकको कार्यालय
(६) श्री अस्मिता भट्टराई, महालेखा परीक्षकको कार्यालय
(७) श्री रवि लामा, कम्पनी रजिष्ट्रारको कार्यालय
१०.छलफलमा सहभागी हुने शेयरधनी महानुभावहरूको जिज्ञासा तथा सुझावको सारांश :
१०.१ छलफलमा श्री शत्रुघन श्रेष्ठ, श्री उद्धव प्रसाद घिमिरे, श्री चन्द्र नारायण श्रेष्ठ, श्री डम्बर बल्लभ घिमिरे, श्री कृष्णमणी आचार्य, श्री राजकाजी रञ्जित, श्री लक्ष्मण प्रसाद अधिकारी, श्री इन्द्र कृष्ण श्रेष्ठ, श्री उत्सव सुन्दर श्रेष्ठ, श्री अविवेश्वर ओली, श्री निरुपमा गुप्ता, श्री प्रो.डा. रामजी प्रसाद पण्डित, श्री लम राज जोशी लगायतका शेयरधनीले आफ्नो जिज्ञासा र सुझाव राख्नु भएको थियो ।
१०.२ साधारण सभामा वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण उपर सन्तुष्ट हुने अवस्था नरहेको, लाभांश वितरण नभएको, लेखापरीक्षण र वार्षिक साधारण सभा समयमा नभएको, कम्पनीको संस्थागत क्षमता विस्तार हुन नसकेको विषयमा ध्यानाकर्षण गराउनु भएको थियो । त्यस्तै कम्पनीको व्यवस्थापन चुस्त दुरुस्त हुन पर्ने, व्यवसाय विस्तारमा ध्यान दिनुपर्ने, बीमामा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने सुझावहरू प्राप्त भएको थियो ।
१०.३ अध्यक्षज्यूले अधिकांश शेयरधनी महानुभावहरूबाट चासो जाहिर भएको लाभांशको विषय तथा अन्य जिज्ञासाहरूको प्रत्युत्तर सभा समक्ष राख्दै यथाशिघ्र बाँकी आर्थिक वर्षको साधारण सभा सम्पन्न गरी लाभांश वितरण गर्न कम्पनी प्रतिवद्ध रहेको र त्यसको लागि कम्पनीले आवश्यक कार्य गरिरहेको र सम्पूर्ण प्राप्त सुझावको मनन गर्दै जाने जानकारी दिनु भयो । उक्त सभामा निर्णयार्थ प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत रूपले पारित भएको थियो ।
११.सभामा शेयरधनीका प्रतिनिधिले राख्नु भएको जिज्ञासाको जवाब :
सभामा जिज्ञासा व्यक्त गर्ने शेयरधनीहरुलाई धन्यवाद दिदै अध्यक्षज्यूले अधिकांश शेयरधनी महानुभावहरूबाट चासो जाहिर भएको लाभांशको विषय तथा अन्य जिज्ञासाहरूको प्रत्युत्तर सभा समक्ष राख्दै यथाशिघ्र बाँकी आर्थिक वर्षको साधारण सभा सम्पन्न गरी लाभांश वितरण गर्न कम्पनी प्रतिवद्ध रहेको र त्यसको लागि कम्पनीले आवश्यक कार्य गरिरहेको जानकारी गराउनु भयो ।
१२. सभाको निर्णयहरु :
१२.१ सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्दा उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।
१२.२ राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्दा उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।
१२.३ महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एवं पारिश्रमिक अनुमोदन गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्दा उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।
१३. धन्यवाद ज्ञापन :
सभामा छलफलको लागि विविध अन्तर्गत कुनै प्रस्ताव नभएको हुँदा अध्यक्षज्यूले शेयरधनी महानुभावहरूलाई उहाँहरूको उपस्थिति, सहयोग तथा सुझावहरूकालागि धन्यवाद व्यक्त गर्दै चौथो वार्षिक साधारण सभा सफलतापूर्वक सञ्चालन एवं सम्पन्न गर्न आफ्नो अमूल्य समय दिनु भएकोमा सम्पूर्ण शेयरधनीका प्रतिनिधिहरु र शेयरधनी सम्बन्धित सबै प्रति कृतज्ञता प्रकट गर्नुभयो ।
१४.सभा विसर्जन :
अन्त्यमा अध्यक्षज्यूले कम्पनीको चौथो वार्षिक साधारण सभा सफलतापूर्वक सञ्चालन एवं सम्पन्न गर्न आफ्नो अमूल्य समय दिई उपस्थित हुनु भएकोमा तथा सकारात्मक र सक्रिय रूपले छलफलमा सहभागी हुनुभई कम्पनीको प्रगतिको लागि आवश्यक मार्गदर्शन समेत प्रदान गरिदिनु भएकोमा सम्पूर्ण शेयरधनी महानुभावहरु, आमन्त्रित व्यक्तिहरू सबैमा धन्यवाद ज्ञापन गर्दै साधारण सभा विसर्जन गर्नुभयो ।
कविता लामा
कम्पनी सचिव
निर्मल ढकाल
अध्यक्ष
Minutes of Proceedings of the 4th Annual General Meeting of Rastriya Beema Company Limited
Notice Published Date: 2083/06/30 in Arthik Abhiyan National Daily
1. Legal Meeting:
As per the Companies Act, 2063 and the Articles of Association of this company, the 4th Annual General Meeting of Rastriya Beema Company Limited was held under the chairmanship of Mr. Nirmal Dhakal at the specified time and location below, and discussions and decisions were made on the following matters.
2. Date, Time and Place of Meeting:
Date: 2083/06/02 Friday (18 September 2026)
Time: 11:00 AM
Place: Anmol Catering Service Pvt. Ltd., Shankhamul, Kathmandu.
3. Notice of Meeting:
As per Section 67 of the Companies Act, 2063, notice regarding the holding of the 4th Annual General Meeting of this company along with the Annual Report and Financial Statements for fiscal years 2077/78 and F.Y. 2078/79 were dispatched to the addresses provided by all shareholders to the company, and notice regarding the meeting date, time, venue, and agendas to be discussed was published for the information of respected shareholders for the first time on date 2083 Bhadra 9 on the company's website, second time on date 2083 Bhadra 10 in Gorkhapatra National Daily, and third time in Arthik Abhiyan National Daily newspaper on date 2083 Bhadra 25.
4. Agenda Items for Discussion:
a. General Agenda:
(1) To discuss and pass the Annual Report for fiscal year 2077/78 and fiscal year 2078/79 presented by the Chairman on behalf of the Board of Directors.
(2) To discuss and pass the Balance Sheet as of Ashadh end along with the Auditor's Report of Rastriya Beema Company Limited for fiscal year 2077/78 and fiscal year 2078/79, the Profit and Loss Account and Cash Flow Statement for the period ending on the same date, and the schedules related to the financial statements of the said period.
(3) To endorse the appointment and remuneration of the auditor appointed by the Board of Directors for fiscal years 2079/80, 2080/81 and 2081/82 as per the advice of the Office of the Auditor General.
(4) Miscellaneous.
5. Attendance:
5.1 Directors present at the General Meeting pursuant to Section 68 of Companies Act, 2063:
Mr. Nirmal Dhakal Chairman, Ministry of Finance, Government of Nepal
Mr. Bolraj Acharya Director, Ministry of Finance, Government of Nepal
Mr. Sagar Kumar Singh Director, Employees Provident Fund
Ms. Pratibha Dangol Director, Nepal Bank Limited
Mr. Ravi Kumar Tibrewala Director, Public Shareholders
Mr. Laxmi Prasad Shrestha Director, Independent Director
5.2 Attendance of Other Officials
Mr. Himmat Bahadur Bhandari Chief Executive Officer
Mr. Subas Koirala Deputy Chief Executive Officer
Ms. Kabita Lama Company Secretary
6. Quorum Count:
Total Number of Shareholders Present in Person Present by Proxy Total Present Share Capital Represented in Meeting Percentage
5936 196 4 200 81.5%
7. Legality of Meeting, Quorum and Chairmanship:
7.1 Pursuant to the Companies Act, 2063 and the Articles of Association of this company, the meeting was called, and per Subsection 2 of Section 73 of the Companies Act and Rule 23 of the company's Articles of Association, requiring representatives of shareholders representing more than 50% of total allotted shares with at least 3 shareholders present in person or via representative, the Company Secretary certified that quorum for this General Meeting was met as the number of shareholders signing the attendance register exceeded 3 and represented more than 81.50% of total allotted shares, informing that the meeting was legally constituted according to the prevailing Companies Act.
7.2 Greeting all shareholders present, the Company Secretary requested the Chairman, Directors, Chief Executive Officer, Deputy Chief Executive Officer, representatives of promoter shareholders, and representatives of related offices to take their seats and proceeded with the meeting proceedings.
7.3 Informing that as per the company's Articles of Association, the Chairman of the Board of Directors chairs this meeting, the Company Secretary requested permission from the Chairman to conduct the company's 4th Annual General Meeting and invited the Chief Executive Officer to deliver welcome remarks and address.
8. Presentation of 4th Annual General Meeting:
8.1. At the commencement of the meeting, the Company Secretary sequentially presented the pre-determined discussion items agenda clause by clause with the permission of the Chairman.
9. Call for Discussion and Queries & Suggestions of Participating Shareholder Representatives:
9.1. The Chairman requested respected shareholders to state their queries and suggestions, if any, regarding the Board of Directors' Report for F.Y. 2077/078 and 2078/079, and the Balance Sheet, Profit-Loss Account, Income-Expense and Cash Flow Statements as of Ashadh end of F.Y. 2077/078 and 2078/079, as well as other agendas.
9.2. Names of participating shareholders and representatives of related offices in the discussion:
(1) Mr. Prabha Dhungana, Government of Nepal, Ministry of Finance
(2) Mr. Basanta Neupane, Nepal Bank Limited
(3) Mr. Ramchandra Pokharel, Employees Provident Fund
(4) Mr. Chandraman Gupta, Public Debt Management Office
(5) Ms. Sunita Adhikari, Office of the Auditor General
(6) Ms. Asmita Bhattarai, Office of the Auditor General
(7) Mr. Ravi Lama, Office of the Company Registrar
10. Summary of Queries and Suggestions of Respected Shareholders Participating in Discussion:
10.1 In the discussion, shareholders including Mr. Shatrughan Shrestha, Mr. Uddhav Prasad Ghimire, Mr. Chandra Narayan Shrestha, Mr. Dambar Ballav Ghimire, Mr. Krishnamani Acharya, Mr. Rajkaji Ranjit, Mr. Laxman Prasad Adhikari, Mr. Indra Krishna Shrestha, Mr. Utsav Sundar Shrestha, Mr. Avibheshwar Oli, Ms. Nirupama Gupta, Prof. Dr. Ramji Prasad Pandit, Mr. Lam Raj Joshi placed their queries and suggestions.
10.2 Attention was drawn regarding dissatisfaction with the annual report and financial statements at the general meeting, non-distribution of dividends, audit and annual general meetings not occurring on time, and the inability to expand the company's institutional capacity. Similarly, suggestions were received that company management should be agile and efficient, focus on business expansion, and adopt modern technology in insurance.
10.3 Responding before the meeting to dividend matters of concern expressed by most respected shareholders and other queries, the Chairman informed that the company is committed to completing AGMs for remaining financial years as soon as possible to distribute dividends and is undertaking necessary tasks for the same, assuring that all received suggestions will be taken to heart. All proposals presented for decision at the said meeting were unanimously passed.
11. Response to Queries Raised by Shareholder Representatives in Meeting:
Thanking shareholders expressing queries in the meeting, the Chairman, while responding to dividend matters of concern expressed by most respected shareholders and other queries, informed that the company remains committed to completing AGMs for remaining financial years as soon as possible to distribute dividends and is carrying out necessary work for the same.
12. Decisions of the Meeting:
12.1 When the proposal presented by the Chairman on behalf of the Board of Directors to pass the Annual Report of Rastriya Beema Company Limited for fiscal year 2077/78 and fiscal year 2078/79 was presented to the meeting, the proposal was passed unanimously.
12.2 When the proposal to pass the Auditor's Report along with Balance Sheet as of Ashadh end of Rastriya Beema Company Limited for fiscal year 2077/78 and fiscal year 2078/79, the Profit/Loss Account and Cash Flow Statement for the period ending on the same date, and the schedules related to financial statements of the said period was presented to the meeting, the proposal was passed unanimously.
12.3 When the proposal to endorse the appointment and remuneration of the auditor appointed by the Board of Directors for fiscal years 2079/80, 2080/81 and 2081/82 as per the advice of the Office of the Auditor General was presented to the meeting, the proposal was passed unanimously.
13. Vote of Thanks:
As there were no proposals under miscellaneous for discussion in the meeting, the Chairman expressed thanks to respected shareholders for their attendance, support, and suggestions, and expressed gratitude to all shareholder representatives and everyone concerned with shareholders for devoting their valuable time to successfully conduct and complete the 4th Annual General Meeting.
14. Adjournment of Meeting:
Finally, expressing thanks to all respected shareholders and invited persons present for giving their valuable time to successfully conduct and complete the company's 4th Annual General Meeting and for actively participating in positive discussions and providing necessary guidance for the company's progress, the Chairman adjourned the General Meeting.
Kabita Lama
Company Secretary
Nirmal Dhakal
Chairman