
रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलको पाँचौ वार्षिक साधारण सभा सम्बन्धी सूचनाReliable Investment & Merchant Capital: Notice of 5th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 16, 2026
रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको
पाँचौ वार्षिक साधारण सभा सम्बन्धी सूचना
श्री शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०५/२९ गतेको दिन बसेको सञ्चालक समितिको ७० औं बैठकको निर्णयानुसार पाँचौं वार्षिक साधारण सभा निम्न मिति, समय तथा स्थानमा देहायका विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा शेयरधनी महानुभावहरुको जानकारीका लागि कम्पनी ऐन, २०६३ को दफा ७७(३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान:
मिति : २०८३/०६/३० गते (तद्नुसार १६ अक्टोवर, २०२६)
समय : अपरान्ह १:०० बजे ।
स्थान : रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको कार्यालय, बालुवाटार, काठमाण्डौ ।
छलफलका विषयहरु:
क) सामान्य प्रस्तावहरु:
१) आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्त सम्मको Statement of Financial Position, Statement of Cash Flow, Statement of Changes in Equity, २०८२ श्रावण १ गतेबाट २०८३ आषाढ मसान्त सम्मको Nepal Financial Reporting Standard (NFRS) अनुसारको Statement of Profit and Loss and consolidated statement of other comprehensive Income तथा संलग्न अनुसुचिहरु उपर छलफल गरी पारीत गर्ने ।
३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिबाट समेत सिफारिस गरिएका लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (हालका लेखापरीक्षक श्री URP & Associates, Chartered Accountants पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ) ।
४) सञ्चालकहरुको नियुक्ती सम्बन्धमा ।
५) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशतले (कर सहित) हुन आउन नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
६) विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
Reliable Investment & Merchant Capital Limited
Notice of the 5th Annual General Meeting
Dear Shareholders,
As per the decision of the 70th meeting of the Board of Directors of this company held on 2083/05/29, the 5th Annual General Meeting is scheduled to be held on the following date, time, and venue to discuss and decide on the matters listed below. Therefore, this notice is published for the information of all shareholders in accordance with Section 77(3) of the Companies Act, 2063.
Date, Time, and Venue of the Meeting:
Date: 2083/06/30 (corresponding to October 16, 2026)
Time: 1:00 PM
Venue: Office of Reliable Investment & Merchant Capital Limited, Baluwatar, Kathmandu.
Agenda for Discussion:
A) Ordinary Resolutions:
1) To discuss and approve the 5th Annual Report of the Board of Directors for the Fiscal Year 2082/083.
2) To discuss and approve the Auditor's Report along with the Statement of Financial Position, Statement of Cash Flow, Statement of Changes in Equity as of Ashad end 2083, and the Statement of Profit and Loss and consolidated statement of other comprehensive Income prepared in accordance with Nepal Financial Reporting Standard (NFRS) from Shrawan 1, 2082 to Ashad end 2083, along with the attached schedules.
3) To appoint an auditor for the Fiscal Year 2083/084 as recommended by the Audit Committee in accordance with Section 111 of the Companies Act, 2063, and to determine their remuneration (the current auditor, M/S URP & Associates, Chartered Accountants, is eligible for reappointment).
4) Regarding the appointment of Directors.
5) To approve the proposal of the Board of Directors to distribute a cash dividend of 5 percent (including tax) of the current paid-up capital.
6) Miscellaneous.
By Order of the Board of Directors
Company Secretary