
रिलायबल समृद्धि योजना-२ इकाईको सार्वजनिक निष्काशन तथा बिक्री बन्द
- वर्ग:Category:
- Mutual Fund
- प्रकाशित मिति:Published:
- Updated on May 29, 2026
धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएका
रिलायबल सामूहिक लगानी कोष Reliable Mutual Fund
रिलायबल समृद्धि योजना-२ (Reliable Samriddhi Yojana-2) (बन्दमुखी योजना) को
इकाईको सार्वजनिक निष्काशन तथा बिक्री बन्द बारेको सूचना
रिलायबल समृद्धि योजना-२ (Reliable Samriddhi Yojana-2) को प्रति इकाई अंकित मूल्य रु.१०/- दरको १०,००,००,००० (दश करोड) इकाई मध्ये बीज पूँजी बापत कुल इकाईको १५ (पन्ध्र) प्रतिशत अर्थात १,५०,००,००० (एक करोड पचास लाख) इकाई मध्ये कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई कुल निष्काशनको १४ प्रतिशत अर्थात १,४०,००,००० (एक करोड चालीस लाख) इकाई तथा योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई १ प्रतिशत अर्थात १०,००,००० (दश लाख) इकाई सुरक्षित गरि बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई मिति २०८३ वैशाख २१ गते मंगलवारदेखि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा मागभन्दा अधिक इकाई खरिदको लागि आवेदन प्राप्त भएकोले आज मिति २०८३ जेठ ०८ गते (बैंकिङ्ग समय पश्चात) उक्त इकाई खरिदका लागि आवेदन लिने कार्य बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गर्दछौँ।
यस निष्काशन कार्यमा संलग्न सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले यस सूचनालाई आधिकारिक मानी सामूहिक लगानी कोषको इकाईका लागि दरखास्त बुझिलिने कार्य आज मिति २०८३ जेठ ०८ गते (बैंकिङ्ग समय पश्चात) बन्द गर्नुहुन र सो अवधिमा प्राप्त भएका आवेदनहरुलाई तोकिएको समयावधि भित्र रुजु गरि दिनुहुन अनुरोध गर्दछौँ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, निष्काशन बैंक तथा सम्बन्धित सबै नियमन निकायहरुमा धन्यवाद ज्ञापन गर्दछौँ।
योजना व्यवस्थापक/धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक
रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड
रजिष्टर्ड कार्यालय: का.म.न.पा-०१, बालुवाटार, काठमाण्डौ