Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
1 Oct, 2026
रिज लाइन इनर्जी लिमिटेडको ५ औं वार्षिक साधारण सभा बस्ने सूचना

रिज लाइन इनर्जी लिमिटेडको ५ औं वार्षिक साधारण सभा बस्ने सूचनाRidge Line Energy Limited: Notice of 5th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on October 1, 2026

५ औं वार्षिक साधारण सभाको सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०६/१५

श्री शेयरधनी महानुभावहरु,

मिति २०८३/०६/१४ मा बसेको यस कम्पनीको सञ्चालक समितिको १२२ औं बैठकको निर्णयानुसार कम्पनीको ५ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिको लागि यो सूचना प्रकाशन गरिएको छ ।

सभा बस्ने मिति, समय र स्थान :

मिति: २०८३ साल कार्तिक महिना १७ गते (तदनुसार सन् २०२६ नोभेम्बर ३) मंगलवार ।

समय: बिहान १०:०० बजे ।

स्थान: ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १ स्थित कुपण्डोल ब्याङ्क्वेट प्राइभेट लिमिटेड ।

छलफल तथा निर्णयका लागि निर्धारित विषयसूची :

क) सामान्य प्रस्ताव:

(१) आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन बारे ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८२/०८३ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु बारे ।

(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।

(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश रकम रु. १२,४७,३६,८४२.११/- (अक्षरेपी बाह्र करोड सतचालीस लाख छत्तीस हजार आठ सय बयालीस रुपैयाँ एघार पैसा) (कर सहित) नगद लाभांश स्वीकृत गर्ने बारे ।

(५) सहायक कम्पनी संस्थापना गर्नका लागि सञ्चालक समितिको १२१ औं बैठकबाट भएको निर्णय अनुमोदन गर्ने बारे ।

(६) सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालकको निर्वाचन गर्ने बारे ।

(ख) विशेष प्रस्ताव:

(१) आर्थिक वर्ष २०८२/०८३ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने बारे ।

(२) अर्थपूर्ण कारोबार र सोमा भएको खर्च अनुमोदन गर्ने बारे ।

(३) दूधपोखरी चेपे हाईड्रोपावर लिमिटेडको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा दिईएको संस्थागत जमानत अनुमोदन गर्ने बारे ।

(४) मैवा खोला जलविद्युत आयोजना (१२.५०४ मेगावाट) को विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण वा बिक्री गर्ने बारे ।

(ग) विविध ।

सञ्चालक समितिको आज्ञाले

Notice of the 5th Annual General Meeting

First published date: 2083/06/15

Dear Shareholders,

As per the decision of the 122nd meeting of the Board of Directors of this company held on 2083/06/14, the 5th Annual General Meeting of the company is scheduled to be held on the following date, time, and venue to discuss and decide on the following agendas. Therefore, this notice is published for the presence of all respected shareholders.

Date, Time, and Venue of the Meeting:

Date: 17th of Kartik, 2083 (corresponding to November 3, 2026) Tuesday.

Time: 10:00 AM.

Venue: Kupondole Banquet Private Limited, located at Lalitpur District, Lalitpur Metropolitan City Ward No. 1.

Agendas scheduled for discussion and decision:

A) Ordinary Resolutions:

(1) Regarding the Board of Directors' report for the fiscal year 2082/083.

(2) Regarding the Balance Sheet as of Ashad end, 2083 along with the Auditor's Report, and the financial statements including the Profit and Loss Account and Cash Flow Statement for the fiscal year 2082/083 ended on the same date.

(3) Regarding the appointment of the Auditor for the fiscal year 2083/084 and fixing their remuneration in accordance with Section 111 of the Companies Act, 2063.

(4) Regarding the approval of cash dividend (including tax) of Rs. 12,47,36,842.11/- (In words: Twelve Crore Forty-Seven Lakh Thirty-Six Thousand Eight Hundred Forty-Two Rupees and Eleven Paisa only) as proposed by the Board of Directors.

(5) Regarding the endorsement of the decision made by the 121st meeting of the Board of Directors to establish a subsidiary company.

(6) Regarding the election of 1 (one) Director representing the public shareholders.

B) Special Resolutions:

(1) Regarding the endorsement of expenses incurred under Corporate Social Responsibility (CSR) in the fiscal year 2082/083.

(2) Regarding the endorsement of expenses incurred in meaningful business transactions.

(3) Regarding the endorsement of corporate guarantee provided to Rastriya Banijya Bank Limited for the loan facility of Dudhpokhari Chepe Hydropower Limited.

(4) Regarding the transfer or sale of the electricity generation survey license of Maiwa Khola Hydropower Project (12.504 MW).

C) Miscellaneous.

By Order of the Board of Directors

Advertisement