
आर.एस. टि. सि. ए. इन्भेष्टमेन्ट फण्डको चौथो वार्षिक साधारण सभा सूचनाR.S. T.C.A. Investment Fund: Notice of Fourth Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 4, 2026
आर.एस. टि. सि. ए. इन्भेष्टमेन्ट फण्ड लिमिटेड
केन्द्रीय कार्यालय, काठमाण्डौ।
फोन नं. ०१-४४४८१६२
चौथो वार्षिक साधारण सभा सम्बन्धि सूचना
श्री शेयरधनी महानुभावहरु,
मिति २०८३/०५/१५ मा सम्पन्न संचालक समितिको बैठकको निर्णय बमोजिम आर.एस. टि. सि. ए. इन्भेष्टमेन्ट फण्ड लिमिटेड “कम्पनी” को चौथो वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनीहरुका समुपस्थितीको लागि यो सूचना प्रकाशित गरिएको छ।
सभा हुने मिति, स्थान र समय
स्थान : दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल, नेपाल ।
मिति : २०८३/०६/१२ गते सोमवार (तदनुसार सेप्टेम्बर २८, २०२६)
समय : बिहान ०८:०० देखि १२:०० बजे सम्म ।
छलफलका लागि प्रस्तावित विषयहरु :
(क) सामान्य प्रस्तावहरु :
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने ।
३) आ.व. २०८३/०८४ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने ।
४) संचालक समितिबाट भई गरेका निर्णय काम कारबाहीहरु अनुमोदन गर्ने ।
(ख) विशेष प्रस्तावहरु :
१) कम्पनीको रजिष्ट्रार कार्यालयको ठेगाना परिवर्तन गर्ने ।
२) कम्पनीले आई.पी.ओ. निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन गर्ने ।
(ग) विविध
साधारण सभा सम्बन्धी थप जानकारी :
- वार्षिक साधारण सभामा भाग लिन शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने प्रमाण वा सोको प्रतिलिपी अनिवार्य रुपमा साथमा लिई आउनु पर्नेछ ।
- शेयरधनी महानुभावहरुको उपस्थितीका लागि शेयरधनी उपस्थिती पुस्तिका बिहान ०७:३० बजे देखि खुल्ला रहनेछ ।
- वार्षिक साधारण सभामा भाग लिन प्रतिनिधी (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधीपत्र (प्रोक्सी) फारम भरी सभा शुरुहुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको केन्द्रिय कार्यालयमा दर्ता गराई सक्नु पर्नेछ । कम्पनीको शेयरधनी बाहेक अरुलाई प्रोक्सी दिन पाईने छैन ।
- एक जना शेयरधनीले एक भन्दा बढी प्रतिनिधी (प्रोक्सी) मुकरर गरेमा सबै प्रतिनिधी (प्रोक्सी) स्वत बदर हुनेछ । तर प्रतिनिधी (प्रोक्सी) नियुक्त गरिसके पछि सम्बन्धित शेयरधनीले प्रतिनिधी फेरबदल गर्न चाहेमा यस अघि दिएको प्रतिनिधीपत्र (प्रोक्सी) बदर गरी यो प्रतिनिधीपत्र (प्रोक्सी) लाई मान्यता दिईयोस् भन्ने व्यहोराको छुट्टै पत्र सहित प्रोक्सी फारम कम्पनीको केन्द्रिय कार्यालयमा सभा शुरु हुनु भन्दा कम्तीमा २४ घण्टा अगावै दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधी (प्रोक्सी) स्वत बदर भएको मानी पछिल्लो प्रतिनिधी (प्रोक्सी) लाई मान्यता दिईनेछ ।
- प्रतिनिधी नियुक्त गरि सकेको शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गरेमा निजले दिएको प्रतिनिधी (प्रोक्सी) स्वत बदर हुनेछ ।
- साधारण सभा सम्बन्धी थप जानकारी आवश्यक परेमा कार्यालय समय भित्र कम्पनीको केन्द्रिय कार्यालय, काठमाण्डौमा सम्पर्क राख्नहुन समेत अनुरोध गरिन्छ ।
संचालक समितिको आज्ञाले,
कम्पनी सचिव
Notice regarding Fourth Annual General Meeting
Dear Shareholders,
As per the decision of the Board of Directors meeting held on 2083/05/15, the Fourth Annual General Meeting of R.S. T.C.A. Investment Fund Limited (the “Company”) will be held on the following date, at the following place and time to discuss and decide on the following matters. This notice has been published for the attendance of all shareholders as per Section 67 of the Companies Act, 2063.
Date, Place and Time of the Meeting
Place: Dusit Thani Himalayan Resort, Dhulikhel, Nepal.
Date: Monday, 2083/06/12 (corresponding to September 28, 2026)
Time: From 08:00 AM to 12:00 PM.
Proposed Agendas for Discussion:
(a) Ordinary Resolutions:
1) To discuss and approve the annual report for the fiscal year 2082/083 to be presented by the Chairman on behalf of the Board of Directors.
2) To discuss and approve the audit report for the fiscal year 2082/083 including the auditor's report, balance sheet, profit and loss account, and cash flow statement, among other financial statements for the same period.
3) To appoint an auditor for the fiscal year 2083/084 and fix their remuneration.
4) To approve the decisions and actions taken by the Board of Directors.
(b) Special Resolutions:
1) To change the registered office address of the company.
2) To apply to the Securities Board for the issuance of IPO.
(c) Miscellaneous
Additional Information regarding the Annual General Meeting:
1. Shareholders attending the Annual General Meeting must bring their identification document or a copy thereof.
2. The shareholder attendance register will be open from 07:30 AM for the attendance of shareholders.
3. Shareholders wishing to appoint a representative (proxy) to attend the Annual General Meeting must fill out the proxy form in the format prescribed by the prevailing company law and submit it to the company's central office at least 48 hours before the commencement of the meeting. No one other than a shareholder of the company will be allowed to be a proxy.
4. If a shareholder appoints more than one representative (proxy), all proxies will automatically be cancelled. However, if the concerned shareholder wishes to change the representative (proxy) after appointing one, the previous proxy form will be cancelled, and the subsequent proxy form will be recognized if a separate letter expressing this intention, along with the proxy form, is registered at the company's central office at least 24 hours before the commencement of the meeting.
5. If a shareholder who has appointed a representative attends the meeting in person and signs the attendance register, the proxy given by them will automatically be cancelled.
6. For any additional information regarding the Annual General Meeting, please contact the company's central office in Kathmandu during office hours.
By order of the Board of Directors,
Company Secretary