Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
4 Sep, 2026
सानिमा बैंकको २२औं वार्षिक साधारणसभा सूचना र वित्तीय विवरण

सानिमा बैंकको २२औं वार्षिक साधारणसभा सूचना र वित्तीय विवरण

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on September 4, 2026
English translation is not available for this announcement. Showing the original Nepali notice below.

सानिमा बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्बन्धी सूचना

यस बैंकको सञ्चालक समितिको २०८० साल भाद्र १८ गते बसेको सञ्चालक समितिको ७३१ औं बैठकको निर्णयानुसार बैंकको २२औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्न गराउनु भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस सूचनालाई आधार मानी सम्पूर्ण शेयरधनी महानुभावहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

१. सभा हुने मिति, समय र स्थान:

मिति: वि.सं. २०८१ साल आश्विन १२ गते (सेप्टेम्बर २८, सन् २०२४) सोमवार ।

समय: बिहान ११:०० बजे ।

स्थान: आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं ।

२. छलफलका विषयहरुः

क. सामान्य प्रस्तावहरु:

  1. आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको २२औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।
  3. यस बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण छलफल गरी पारित गर्ने ।
  4. लेखापरीक्षक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम महालेखा लेखापरीक्षक SAR Associates Chartered Accountants लेखापरीक्षण पुनः नियुक्त हुन योग्य रहेका)
  5. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८१ साल आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. १२,४६,१३,९३,०००।०० को ७.०० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर सहित) शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।
  6. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८१ साल आषाढ मसान्तमा कायम रहेको सञ्चित मुनाफाबाट साधारण शेयर पूँजीको १० प्रतिशत बराबर लाभांश (कर सहित) वितरण गर्ने स्वीकृत गर्ने ।
  7. सर्वसाधारण समूह (समूह 'ख') बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकको निर्वाचन गर्ने ।

ख. विविधः

१. शेयरधनी महानुभावहरुको सुविधाको लागि हाजिरी पुस्तिका सभा हुने दिन सभास्थलमा बिहान ९:०० बजेदेखि सभा संचालन रहेसम्म खुल्ला रहनेछ ।

२. वार्षिक साधारण सभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरुले डिम्याट खाता खोलिएको डिम्याट/शेयर प्रमाणपत्र वा आफ्नो परिचय खुल्ने प्रमाण को सक्कल प्रतिलिपी साथमा लिई आउनु हुन अनुरोध छ, अन्यथा सभाका प्रवेश गर्न पाइने छैन ।

Advertisement