Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAuction
15 Oct, 2026
सानिमा जीआईसी इन्स्योरेन्सको संस्थापक शेयर लिलामी बिक्री सूचना

सानिमा जीआईसी इन्स्योरेन्सको संस्थापक शेयर लिलामी बिक्री सूचनाSanima GIC Insurance: Promoter Share Auction Notice

वर्ग:Category:
Auction
प्रकाशित मिति:Published:
Published on October 15, 2026

शिलबन्दी बोलपत्रद्वारा सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर बिक्री गर्ने बारे सूचना

सूचना प्रकाशन मिति २०८३/०६/२९ गते

यस सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक समूहतर्फको २,३५,४४८ कित्ता शेयर प्रचलित नियम कानून तथा संस्थापक शेयरको खरीद बिक्री तथा नामसारी सम्बन्धी व्यवस्था (बीमा ऐन, २०७९ को दफा ४६, बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को दफा ३) तथा प्रचलित कानूनको अधिनमा रही संस्थापक समूहको शेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढको माध्यमबाट संस्थापक शेयर खरीद गर्न योग्य हाल कायम संस्थापक शेयरधनी, अन्य व्यक्ति, संघ/संस्था कम्पनीलाई बोलकबोल प्रक्रिया मार्फत बिक्री गर्न लागिएकोले प्रति कित्ता को कति दर रेटमा खरीद गर्ने हो तपशिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आह्वान गरिन्छ।

बोलपत्रद्वारा बिक्री गरिने संस्थापक समूहको शेयरको विवरण: २,३५,४४८ कित्ता

शिलबन्दी बोलपत्र पेश गर्ने शुरु मिति : २०८३/०७/०९

शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति : २०८३/०७/१२

शर्तहरु:

  1. आवेदन फाराम रु.१००/- भुक्तानी गरि सानिमा क्यापिटल लिमिटेड, सम मार्ग नक्साल-१, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ ।
  2. आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसँग लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ । केरामेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ ।
  3. शेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम ५,००० (पाँच हजार मात्र) कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम पुरा शेयर संख्याको लागि आवेदन दिन सकिनेछ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एक व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलवमा (खण्डित रुपमा) आउने गरि शेयर आवेदन गर्न पाइने छैन ।
  4. शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.२५८/- (अक्षरेपि दुई सय अन्ठाउन्न मात्र) तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्नेछ ।
  5. शिलबन्दी खाम बाहिर "सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर खरीद आवेदन" उल्लेख भएको हुनु पर्नेछ ।
  6. शेयर आवेदन फाराम नेपाली तथा अंग्रेजी भाषामा पूर्ण रुपले भरी बोलपत्रदाताले बोलपत्र आवेदन साथ आफूले खरीद गर्न चाहेको शेयरको सम्पूर्ण रकम र शेयर खरीद गर्दा लाग्ने Brokerage Commission लगायत अन्य लाग्ने शुल्क वरावरको रकम सानिमा क्यापिटल लिमिटेडको नाममा सानिमा बैंक लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा रहेको खाता नं. ००१०१००१०००३६८८ मा नगद जम्मा गरि सो को सक्कल भौचर, Good for Payment Cheque वा Swift Transfer/IPS/RTGS मार्फत रकम जम्मा गरी सो को प्रमाण पुष्टि गर्ने कागजात (भौचर) संलग्न गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । Swift Transfer/IPS/RTGS गरेको रकम बोलपत्र पेश गर्ने अन्तिम दिन अर्थात मिति २०८३/०७/१२ गते (बैंकिङ्ग समय भित्र) सम्ममा तोकिएको खातामा जम्मा भइसकेको हुनुपर्नेछ ।
  7. आवेदकले कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात पेश गर्नुपर्नेछ साथै आयश्रोत खुल्ने कागजातको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ ।
  8. आवेदकले स्थायी लेखा नं. को प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
  9. आवेदकले आवेदन फारममा हितग्राही खाता नं. र बैंक खाता नं. अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ ।
  10. शेयर खरीद गर्न ईच्छुक खरीदकर्ताले नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त इन्स्योरेन्स कम्पनीहरुलाई जारी गरिएको बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ ले तोकेको शर्त बमोजिम संस्थापक हुन योग्य हुनुपर्नेछ ।
  11. संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test को विवरण फारम भरि अनिवार्य रुपमा दरखास्तसाथ पेश गर्नु पर्नेछ ।
  12. बोलपत्रदाता नेपाली नागरिक वा नेपालमा दर्ता भएको कम्पनी हुनु पर्नेछ । आवेदक संगठित संस्था/कम्पनी भएमा दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र तथा शेयर खरीद गर्ने सम्बन्धमा सो संस्था/कम्पनीको संचालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि तथा अख्तियारनामा समेत संलग्न गर्नुपर्नेछ । साथै खरीदकर्ता कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको पत्र समावेश गर्नुपर्नेछ ।
  13. सबैभन्दा बढी दररेटमा खरीद माग गर्ने आवेदकहरुलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी दररेटमा खरीद माग गर्ने आवेदकहरुलाई शेयर बिक्री गरिनेछ । बोल कबलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मूल्यमा दुई वा सो भन्दा बढी आवेदन प्राप्त भएमा बाँकी रहेको शेयर संख्याको सापेक्षिक भार अनुसार शेयर बाँडफाँड गरिनेछ । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।
  14. प्राप्त आवेदनहरु मध्ये छनौट भएका आवेदनहरु स्वीकृतिको लागि सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको संचालक समिति समक्ष पठाइनेछ र सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको संचालक समिति मार्फत आवश्यक प्रक्रिया पूरा गरि नियमनकारी निकायबाट स्वीकृति लिनुपर्ने भएमा लिई सोको जानकारी छनौट भएका आवेदकलाई गराइनेछ ।
  15. बोलपत्र आवेदकहरु मध्ये बोलकबोलमा नपरेको आवेदकहरुको रकम प्रचलित कानूनको अधिनमा रहि IPS मार्फत फिर्ता भुक्तानी गरिनेछ । IPS मा लाग्ने शुल्क आवेदक आफैले व्यहोर्नु पर्नेछ । साथै फिर्ता हुने रकममा कुनै किसिमको ब्याज प्रदान नगरिने व्यहोरा पनि जानकारी गराइन्छ ।
  16. कुनै शर्त राखी पेश गरेको आवेदनलाई मान्यता दिईने छैन । म्याद नाघी आएको वा रित नपुगेको आवेदन उपर पनि कुनै कारवाही गरिने छैन ।
  17. शेयरको आवेदन मिति २०८३/०७/१२ गते अपरान्ह ४:०० बजे भित्र सानिमा क्यापिटल लिमिटेड, सम मार्ग, नक्साल-१, काठमाडौंमा दर्ता भई सक्नु पर्नेछ ।
  18. आवेदन मिति २०८३/०७/१३ गते बिहान ११:०० बजे सानिमा क्यापिटल लिमिटेड, सम मार्ग, नक्साल-१, काठमाडौंमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । उक्त दिन बिदा परेमा कार्यालय खुलेको दिनको बिहान ११:०० बजे खोलिनेछ ।
  19. सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडबाट स्वीकृति आए पश्चात संस्थापक शेयर खरीद बिक्री गर्नको लागि शेयर दलाल मार्फत कारोबार गरिनेछ । कारोबार गर्दा लाग्ने शुल्क नियम अनुसार बिक्री/खरीदकर्ताले व्यहोर्नु पर्नेछ ।

Notice Regarding Sale of Promoter Shares of Sanima GIC Insurance Limited Through Sealed Tender

Notice Publication Date: 2083/06/29

Among the promoter group shares registered under the names of promoter shareholders of Sanima GIC Insurance Limited, 2,35,448 promoter shares are being sold through a sealed tender bidding process to existing qualified promoter shareholders, other individuals, associations/institutions, and companies, keeping the shares within the promoter group in accordance with prevailing laws and regulations regarding the purchase, sale, and transfer of promoter shares (Section 46 of the Insurance Act, 2079, and Section 3 of the Directives Regarding Transaction of Promoter Shares of Insurers, 2077) and subject to prevailing laws. Sealed tender applications are invited under the conditions mentioned below, specifying the rate per share at which the applicant wishes to purchase.

Details of Promoter Group Shares to be Sold via Tender: 2,35,448 shares

Sealed Tender Application Start Date: 2083/07/09

Sealed Tender Application Closing Date: 2083/07/12

Terms and Conditions:

1. Application forms can be obtained from Sanima Capital Limited, Sam Marg, Naxal-1, Kathmandu upon payment of Rs. 100/-.

2. In the application form, the rate per share and total shares intended to be purchased must be clearly written in both figures and words. In case of any discrepancy between figures and words, the amount in words shall be recognized. Any corrections or overwriting must be signed.

3. The application must be for a minimum of 5,000 (Five thousand only) shares, and up to the maximum total number of shares offered. However, the total shares applied for must not exceed the maximum limit prescribed by the relevant regulatory authority for purchase or holding by a single individual, undivided family member, or institution. Applications with fractional (decimal) share quantities shall not be accepted.

4. The minimum price of the share is fixed at Rs. 258/- per share (in words: Two Hundred Fifty-Eight only); therefore, applications must be submitted at or above this price.

5. The outside of the sealed envelope must clearly state "Application for Purchase of Promoter Shares of Sanima GIC Insurance Limited".

6. The application form must be fully filled out in Nepali or English language. Applicants must deposit the total amount for the shares intended to be purchased along with the applicable Brokerage Commission and other required charges into Account No. 001010010003688 in the name of Sanima Capital Limited at Sanima Bank Limited, Narayanchaur, Naxal, Kathmandu by cash with original voucher, Good for Payment Cheque, or via Swift Transfer/IPS/RTGS, and attach the supporting document (voucher/receipt). For amounts sent via Swift Transfer/IPS/RTGS, the funds must be credited to the specified account by the deadline date for tender submission, i.e., 2083/07/12 (within banking hours).

7. Applicants must submit documentation proving that they are not included in the blacklist of the Credit Information Bureau Limited, as well as copies of documents disclosing their source of income.

8. Applicants must submit a copy of their Permanent Account Number (PAN) certificate and a copy of the tax clearance certificate for the latest fiscal year.

9. Applicants must mandatorily mention their Demat (Demat/BOID) Account No. and Bank Account No. in the application form.

10. Prospective buyers must be eligible to become promoters in accordance with the terms specified in the Directives Regarding Transaction of Promoter Shares of Insurers, 2077 issued by the Nepal Insurance Authority to licensed insurance companies.

11. The Fit & Proper Test form prescribed for promoter shareholders must be mandatorily filled out and submitted along with the application.

12. Applicants must be Nepali citizens or companies registered in Nepal. In the case of an organized institution/company, copies of Registration Certificate, Income Tax Registration Certificate, Tax Clearance Certificate for the latest fiscal year, certified copy of the Board of Directors' decision regarding share purchase, and Power of Attorney must be attached. Additionally, a letter proving that the purchaser is not blacklisted by the Credit Information Bureau must be included.

13. Shares will be sold to the applicant offering the highest price rate. If shares remain after that, they will be sold to applicants offering the next highest price rate. If two or more applications are received at the same final price rate during bidding, shares will be allocated on a pro-rata basis according to the relative weight of remaining shares. The company reserves all rights to accept or reject any tender application.

14. Among the applications received, the selected applications will be forwarded to the Board of Directors of Sanima GIC Insurance Limited for approval, and upon completing the necessary procedures through the Board of Directors of Sanima GIC Insurance Limited, required approvals will be obtained from the regulatory body and communicated to the selected applicants.

15. Non-selected applicants in the bidding process will have their money refunded via IPS in accordance with prevailing laws. Fees applicable for IPS must be borne by the applicant. Furthermore, notice is hereby given that no interest will be paid on refunded amounts.

16. Applications submitted with conditional clauses will not be recognized. No action will be taken on applications received after the deadline or those that are incomplete.

17. Share applications must be registered at Sanima Capital Limited, Sam Marg, Naxal-1, Kathmandu by 2083/07/12 before 4:00 PM.

18. Applications will be opened on 2083/07/13 at 11:00 AM at Sanima Capital Limited, Sam Marg, Naxal-1, Kathmandu in the presence of applicants or their representatives. Absence of applicants or their representatives shall not hinder the opening of tenders. If that day falls on a public holiday, tenders will be opened at 11:00 AM on the next office opening day.

19. Following approval from Sanima GIC Insurance Limited, transactions for the purchase/sale of promoter shares will be executed through share brokers. Transaction charges shall be borne by the buyer/seller as per regulations.

Advertisement