
सानिमा मिडिल तमोर हाइड्रोपावरको ११ औं वार्षिक साधारण सभाको निर्णय विवरणSanima Middle Tamor Hydropower: 11th AGM Decisions Summary
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on October 30, 2026
एघारौं वार्षिक साधारण सभाको निर्णय विवरण (माइन्युट)
(कम्पनी ऐन, २०६३ को दफा ७५(३) को प्रयोजनको निमित्त प्रकाशित)
यस सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको मिति २०८३ साल आश्विन ३० गते (तदनुसार अक्टोबर १६, २०२६) शुक्रबारका दिन कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल, काठमाडौँमा सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट पारित देहाय बमोजिमका निर्णयहरू जानकारीको लागि प्रकाशित गरिएको छ ।
सभामा शेयरधनीहरूको स्वयम् तथा प्रतिनिधि मार्फत उपस्थित संख्या ३५७ र कुल बाँडफाँड भएको शेयरको ५६.१६ प्रतिशतको प्रतिनिधित्व भएको हुँदा सभाको लागि गणपूरक संख्या पुगेको व्यहोरा सभामा जानकारी गराइयो ।
सभामा शेयरधनी महानुभावहरू श्री चन्द्र नारायण श्रेष्ठ, श्री ब्रम्हदेव शाक्य, श्री इन्द्र कृष्ण श्रेष्ठ, श्री विशेष अमात्यज्यूले मौखिक रूपमा तथा श्री लक्ष्मण बहादुर श्रेष्ठ, श्री सुरेन्द्र चिमोरिया, श्री डमरू बल्लभ घिमिरे, श्री बैजनाथ रौनियार, श्री सुदिप श्रेष्ठ, श्री गोविन्द बहादुर के.सी., श्री भेष राज भण्डारी, श्री जगन्नाथ आचार्य, श्री इन्द्र प्रसाद लामिछाने, श्री शत्रुघन श्रेष्ठ, श्रीमती निरुपमा गुप्ता र श्री युगल बस्यालज्यूले लिखित रूपमा आ-आफ्नो मन्तव्य तथा जिज्ञासा राख्नु भएको थियो । शेयरधनी महानुभावहरूले राख्नु भएको राय, सुझावका लागि धन्यवाद व्यक्त गर्दै जिज्ञासाका सम्बन्धमा सभा-अध्यक्ष श्री विनय कुमार श्रेष्ठज्यू तथा कम्पनीका महाप्रबन्धक सुदिप रोकाज्यूले जवाफ दिई स्पष्ट पार्नु भएको थियो ।
साधारण सभाबाट भएका निर्णयहरू :
निर्णयार्थ एघारौं वार्षिक साधारण सभा समक्ष पेश भएका प्रस्तावहरू सभाबाट निम्न बमोजिम पारित गरियो :
(क) साधारण प्रस्तावहरू:
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले आ.व. २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा सो सम्बन्धी प्रस्ताव साधारण सभामा प्रस्तुत गर्नु भयो । उक्त प्रस्तावलाई सभाद्वारा सर्वसम्मतिले पारित गरियो ।
- कम्पनीको २०८३ साल आषाढ मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, वार्षिक नाफा नोक्सानको हिसाब, नगद प्रवाहको विवरण एवं तत् सम्बन्धी अनुसूचीहरूका साथै आ.व. २०८२/०८३ को लेखापरीक्षकको प्रतिवेदन साधारण सभाको विषय सूचीसँगै शेयरधनीहरूलाई उपलब्ध गराइएको थियो । उक्त वासलात तथा नाफा नोक्सान हिसाब सहितको आ.व. २०८२/०८३ को वार्षिक आर्थिक विवरण तथा तत् सम्बन्धी अनुसूचीहरू स्वीकृतिको लागि सभा समक्ष प्रस्ताव गरिएकोमा सभाको सर्वसम्मतिबाट उक्त आर्थिक प्रतिवेदनहरू पारित गरियो ।
- सञ्चालक समितिले सिफारिस गरे अनुसार यस एघारौं वार्षिक साधारण सभाको निमित्त शेयर दाखिला खारेज बन्द भएको कारोबार हुने अघिल्लो दिनमा कायम कम्पनीका शेयरधनीहरूलाई आ.व. २०८२/०८३ सम्मको वित्तीय विवरणमा उल्लेख गरिए बमोजिम वितरण योग्य सञ्चित खुद मुनाफाबाट कम्पनीको चुक्ता पूँजीको ५.२६३ प्रतिशत नगद लाभांश (कर सहित) तपसिल अनुसार वितरण गर्ने प्रस्ताव सभाबाट सर्वसम्मतिले पारित गरियो ।
तालिका ३
क्र.सं. विवरण रकम (रु.)
१ कर सहित जम्मा लाभांश १७,५३,९४,५७९.००
२ लाभांश वितरण बापतको कर ८७,६९,७२९.००
३ खुद लाभांश १६,६६,२४,८५०.००
४. कम्पनीको लेखापरीक्षण समितिले आ.व. २०८३/०८४ को कम्पनीको हिसाब किताब लेखापरीक्षण गर्न लेखापरीक्षक संस्था P.L. Shrestha & Co., Chartered Accountants लाई मूल्य अभिवृद्धि कर बाहेक वार्षिक रू. २,५४,१००/- (अक्षरेपी: दुई लाख चौवन्न हजार एक सय रूपैयाँ मात्र) पारिश्रमिक तोकि पुनः लेखापरीक्षकमा नियुक्तिको लागि सिफारिस गरेकोमा समितिको सिफारिस बमोजिम उल्लिखित संस्थालाई आ.व. २०८३/०८४ को लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव सभाको सर्वसम्मतिबाट पारित गरियो ।
५. यस कम्पनीको आठौँ वार्षिक साधारण सभाबाट नियुक्त हुनुभएका कम्पनीका सञ्चालक श्री सुशिल कुमार ओझालज्यूले दिनु भएको राजीनामा स्वीकृत भई रिक्त हुन आएको सञ्चालक पदमा मिति २०८३ बैशाख ११ गते बसेको सञ्चालक समितिको निर्णयानुसार यस कम्पनीका शेयरधनी वीरगन्ज उ.म.न.पा.-९ स्थायी ठेगाना भएका श्री सौरभ अग्रवालज्यूलाई कम्पनी ऐन, २०६३ तथा कम्पनीको नियमावली बमोजिम नियुक्त गरेको कार्यलाई अनुमोदन गरी बाँकी कार्यकाल सम्मका लागि निरन्तरता दिने प्रस्तावलाई सभाको सर्वसम्मतिबाट पारित गरियो ।
(ख) विशेष प्रस्तावहरू:
१. कम्पनीको व्यावसायिक विस्तारका लागि कम्पनीको उद्देश्यमा थप गरी सोही बमोजिम प्रबन्धपत्रको दफा ३ र ४(१) मा निम्नानुसार संशोधन गर्न र धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम यस कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन भएको मितिले तीन वर्ष पछि संस्थापक लगायतका सबै समूहको शेयरको लकइन अवधि समाप्त भई रोक्का फुकुवा भए पश्चात् कम्पनीको सबै शेयरको कारोबार एउटै ISIN (International Securities Identification Number) बाट हुने भई शेयरधनीहरूको समूह विभाजनको आवश्यकता नरहेकोले, यस कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा रहेको शेयरधनीको समूह सम्बन्धी प्रावधानहरू लागू नहुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ (ङ) र ६ (च), ८ (ख) र नियमावलीको नियम ३९ (२) हटाउने तथा नियमावलीको नियम ३९ (१) मा निम्नानुसार संशोधन गर्ने प्रस्ताव सभाबाट सर्वसम्मतिले पारित गरियो ।
तपसिल
कम्पनीको प्रबन्धपत्रमा भएको संशोधनहरू:
(क) प्रबन्धपत्रको दफा ३, को सट्टा देहाय दफा ३ कायम गर्ने दफा ४ को उपदफा (१) को खण्ड (च) पछि (छ) थप गर्ने तथा दफा ६ को (ङ), (च) र दफा ८ को (ख) हटाउने ।
दफा ३ : प्रचलित ऐन तथा यस प्रबन्धपत्र र नियमावलीको अधीनमा रही जलविद्युत आयोजनाको निर्माण, विद्युतको उत्पादन तथा बिक्री वितरण गर्ने, निर्माण व्यवसाय सम्बन्धी कार्यहरू गर्ने, गराउने तथा विभिन्न कम्पनीहरूको शेयरमा लगानी गर्ने ।
दफा ४(१)(छ) : प्रचलित कानुन बमोजिम विभिन्न कम्पनीहरूको शेयरमा लगानी गर्ने र यस कम्पनीको नाममा रहेको शेयर बिक्री गर्ने ।
| दफा | ६ | ६ | ८ | |
| कम्पनीको नियमावलीमा भएको संशोधनहरू: | ||||
| (ख) नियमावलीको नियम | ३९ | (१) | (१) | (२) |
नियम ३९(१) : यस कम्पनीमा ७ (सात) जनाको सञ्चालक समिति हुनेछ । जसमा शेयरधनीहरूको तर्फबाट मनोनित प्रक्रिया वा आपसी सहमति वा निर्वाचन प्रक्रियाद्वारा नियुक्त ५ (पाँच) जना महिला सहित ६(छ) जना र १(एक) जना स्वतन्त्र सञ्चालक नियुक्ति भई सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेछन् ।
नियम ३९(२) : हटाउने ।
२. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमानुसार संशोधन अभिलेख गर्ने क्रममा सम्बन्धित नियमनकारी वा नियामक निकाय कार्यालयबाट कुनै फेरबदल / संशोधन/परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही अनुरूप आवश्यक फेरबदल/संशोधन/परिमार्जन गर्न वा मिलाउन कम्पनीको सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाबाट सर्वसम्मतिले पारित गरियो ।
(ग) विविध
विविध विषय अन्तर्गत कुनै छलफल तथा निर्णय भएन ।
Eleventh Annual General Meeting Decision Details (Minutes)
(Published for the purpose of Section 75(3) of the Companies Act, 2063)
This is to inform that the 11th Annual General Meeting of Sanima Middle Tamor Hydropower Limited, held on Friday, Ashwin 30, 2083 (October 16, 2026) at Kundalini Durbar Banquet, Chandol, Kathmandu, passed the following decisions.
It was informed to the meeting that a quorum was present as 357 shareholders were present in person or by proxy, representing 56.16 percent of the total allotted shares.
Shareholders Mr. Chandra Narayan Shrestha, Mr. Bramha Dev Shakya, Mr. Indra Krishna Shrestha, Mr. Bishesh Amatya verbally, and Mr. Laxman Bahadur Shrestha, Mr. Surendra Chimoriya, Mr. Damaru Ballabh Ghimire, Mr. Baijnath Rauniyar, Mr. Sudip Shrestha, Mr. Gobinda Bahadur K.C., Mr. Bhesh Raj Bhandari, Mr. Jagannath Acharya, Mr. Indra Prasad Lamichhane, Mr. Shatrughan Shrestha, Mrs. Nirupama Gupta, and Mr. Yugal Basyal in writing expressed their views and queries. Expressing thanks for the opinions and suggestions provided by the shareholders, Chairman Mr. Vinay Kumar Shrestha and General Manager of the company Mr. Sudip Roka responded to and clarified the queries.
Decisions made by the Annual General Meeting:
The proposals presented before the 11th Annual General Meeting for decision were unanimously passed as follows:
(A) Ordinary Proposals:
1. The Chairman, on behalf of the Board of Directors, presented the Board of Directors' Annual Report for F.Y. 2082/083 along with related proposals to the AGM. The said proposal was unanimously passed by the AGM.
2. The financial statements of the company up to end of Ashadh 2083, including Balance Sheet, Annual Profit and Loss Account, Cash Flow Statement and related schedules along with the Auditor's Report for F.Y. 2082/083, were provided to the shareholders with the AGM agenda. The proposal to approve the said annual financial statements including Balance Sheet and Profit and Loss Account for F.Y. 2082/083 and related schedules was unanimously passed by the AGM.
3. As recommended by the Board of Directors, the proposal to distribute 5.263 percent cash dividend (including tax) of the paid-up capital of the company from the distributable accumulated net profit as mentioned in the financial statements up to F.Y. 2082/083, to the shareholders maintained on the book closure date prior to trading for this 11th AGM, was unanimously passed by the AGM as detailed below.
Table 3
S.N. Particulars Amount (Rs.)
1 Total Dividend including Tax 17,53,94,579.00
2 Tax on Dividend Distribution 87,69,729.00
3 Net Dividend 16,66,24,850.00
4. As recommended by the Audit Committee to re-appoint auditor P.L. Shrestha & Co., Chartered Accountants, to audit the financial records of the company for F.Y. 2083/084 at an annual remuneration of Rs. 2,54,100/- (in words: Two Lakh Fifty Four Thousand One Hundred Rupees only) excluding VAT, the proposal to appoint the mentioned firm as Auditor for F.Y. 2083/084 as per the Committee's recommendation was unanimously passed by the AGM.
5. Director Mr. Sushil Kumar Ojha, who was appointed by the 8th AGM, submitted his resignation which was accepted, creating a vacancy in the director post. As per the Board of Directors meeting decision dated 2083 Baishakh 11, Mr. Saurabh Agrawal, a shareholder of this company with permanent address Birgunj Metropolitan City-9, was appointed in accordance with the Companies Act, 2063 and the company's Articles of Association. The proposal to approve his appointment and to continue his tenure for the remaining period was unanimously passed by the AGM.
(B) Special Proposals:
1. To add objectives for the business expansion of the company and amend Clauses 3 and 4(1) of the Memorandum of Association accordingly, and as per prevailing laws related to securities, after three years from the date of initial public offering (IPO), the lock-in period of shares for all groups including promoters expires and shares are released, all shares of the company will be traded under a single ISIN (International Securities Identification Number), eliminating the need for shareholder group division. Thus, as the shareholder group provisions in the Memorandum and Articles of Association will no longer apply, the proposal to remove Clauses 6(E), 6(F), 8(B) of the Memorandum of Association and Rule 39(2) of the Articles of Association, and amend Rule 39(1) of the Articles of Association as follows, was unanimously passed by the AGM.
Schedule
Amendments in the Memorandum of Association of the Company:
(A) Replace Clause 3 with the following Clause 3; add Sub-clause (G) after Sub-clause (F) of Sub-section (1) of Clause 4; and remove Clauses 6(E), (F) and Clause 8(B).
Clause 3: Subject to prevailing laws and this Memorandum and Articles of Association, to construct hydroelectric projects, generate and sell/distribute electricity, conduct construction business-related activities, and invest in shares of various companies.
Clause 4(1)(G): To invest in shares of various companies as per prevailing laws and sell shares owned by this company.
Clause 6 (E) and 6 (F), 8 (B): Removed.
Amendments in the Articles of Association of the Company:
| (B) Replace Sub-rule | (1) | 39 | (1) | |
| Rule 39(1): This company shall have a Board of Directors consisting of | 7 | 6 | 5 | 1 |
Rule 39(2): Removed.
2. The proposal to grant full authority to the Board of Directors of the company to make necessary changes/amendments/modifications or adjustments if any suggestions or directions are received from the relevant regulatory authorities during the process of registering the amendments to the Memorandum and Articles of Association as per rules, was unanimously passed by the AGM.
(C) Miscellaneous
Under miscellaneous topics, no discussions or decisions were made.