Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
26 Aug, 2026
सौर्य कृषि कम्पनीको दोस्रो वार्षिक साधारण सभा आह्वान

सौर्य कृषि कम्पनीको दोस्रो वार्षिक साधारण सभा आह्वानSaurya Krishi Company: Notice of 2nd AGM

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on August 26, 2026

दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०८३/०५/१० गते

सौर्य कृषि कम्पनी लिमिटेडको मिति २०८३/०५/०९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको प्रथम वार्षिक साधारण सभा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्नको लागि २०८३/०५/३१ गते बुधबार बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा (२) बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

दोस्रो वार्षिक साधारण सभा हुने मिति, स्थान र समय

मिति: २०८३/०५/३१ गते बुधबार (Wednesday, 16th September 2026)

स्थान: होटल क्रिस्टल पशुपति, गौशाला

समय: बिहानको ११ :०० बजे देखि

दोस्रो वार्षिक साधारण सभाका छलफलका विषयहरु

(क) सामान्य प्रस्ताव

  1. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन उपर छलफल तथा स्वीकृत गर्ने ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२।८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने ।
  3. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने।

(ख) विशेष प्रस्ताव

  1. कम्पनीको शेयरमा सर्वसाधारणको लागि निष्काशन गर्ने सम्बन्धमा ।
  2. संचालकहरुको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिक सम्बन्धमा ।
  3. संचालक समितिका सदस्यहरुको मनोनयन सम्बन्धमा ।
  4. विविध

दोस्रो वार्षिक साधारण सभा सम्बन्धी जानकारीहरु

  1. साधारण सभामा उपस्थित हुने शेयरधनीहरुले अनिवार्य रुपमा आफ्नो परिचय स्पष्ट खुल्ने किसिमको फोटो सहितको प्रमाण पत्र तथा साथमा शेयर प्रमाण पत्र लिई सभामा भाग लिनहुन अनुरोध छ ।
  2. शेयरधनीहरुको दस्तखतको लागि शेयरधनी पुस्तिका बिहान १०:०० बजेबाट खुल्ला गरिनेछ ।
  3. साधारणसभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा वा वार्षिक प्रतिवेदन पुस्तिका अनुसारको प्रतिनिधी (प्रोक्सी) नियुक्त गर्नुपर्नेछ । तर प्रतिनिधी नियुक्त गर्नुभएका शेयरधनी आफैं उपस्थित भइ हाजिर पुस्तिकामा दस्तखत गरेमा प्रतिनिधी पत्र स्वतः बदर हुनेछ ।
  4. एक भन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधी चयन गरिएको एक जनाले मात्र वा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्नुहुनेछ । कुनै संगठित संस्था वा कम्पनीको शेयर खरिद गरेका हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नुहुनेछ ।
  5. कुनै शेयरधनी महानुभावहरूले छलफलका विषयहरूमध्ये विविध शीर्षकअन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न/गराउन चाहेमा सभा हुनुभन्दा ७ कार्यदिन अगावै कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रूपमा प्रस्ताव दिनुपर्नेछ । तर त्यस्तो प्रस्ताव साधारण सभामा छलफल वा बहसको रूपमा समावेश गर्ने वा नगर्ने अधिकार सञ्चालक समितिको अध्यक्षमा निहित हुनेछ ।

Notice Regarding 2nd Annual General Meeting

First Published Date: 2083/05/10

As per the decision of the Board of Directors meeting of Saurya Krishi Company Limited held on Tuesday, 2083/05/09, the company's Annual General Meeting is scheduled to be held on Wednesday, 2083/05/31 to discuss and decide on the following matters. Therefore, this notice is published in accordance with Section 67 Sub-section (2) of the Companies Act, 2063 inviting all respected shareholders to attend.

Date, Venue and Time of the 2nd Annual General Meeting

Date: Wednesday, 2083/05/31 (Wednesday, 16th September 2026)

Venue: Hotel Crystal Pashupati, Gaushala

Time: From 11 :00 AM

Agenda for Discussion at the 2nd Annual General Meeting

(A) Ordinary Agendas

1. To discuss and approve the Annual Report for the fiscal year 2082।83 presented by the Chairperson on behalf of the Board of Directors.

2. To discuss and approve the financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the Auditor's Report for the fiscal year 2082।83.

3. Pursuant to Section 111 of the Companies Act, 2063, to appoint the Auditor for the fiscal year 2083।84 and determine their remuneration.

(B) Special Agendas

1. Regarding the issuance of shares to the general public.

2. Regarding meeting allowances, travel expenses, and other remuneration of Directors.

3. Regarding the nomination of members of the Board of Directors.

4. Miscellaneous

Information Regarding the 2nd Annual General Meeting

1. Shareholders attending the General Meeting are requested to compulsorily bring an identity certificate clearly revealing their identity along with a photograph, and the share certificate to participate in the meeting.

2. The shareholders' signature register will be opened from 10:00 AM.

3. Shareholders wishing to appoint a proxy to participate in the general meeting must appoint a proxy in the format prescribed by prevailing company law or as per the Annual Report booklet. However, if the shareholder who appointed a proxy is present in person and signs the attendance register, the proxy form will automatically be deemed invalid.

4. In the case where shares are registered jointly in the name of more than one person, only one representative chosen by mutual consent or the person whose name is listed first in the register book may participate in the meeting. In the case of an incorporated institution or company purchasing shares, the representative nominated by such institution or company may participate in the capacity of a shareholder.

5. If any respected shareholder wishes to discuss/raise any matter relating to the company under the miscellaneous agenda, they must submit a proposal in writing to the Chairperson of the Board of Directors through the Company Secretary at least 7 working days prior to the meeting. However, the authority to include or not include such a proposal for discussion or debate in the general meeting shall be vested in the Chairperson of the Board of Directors.

Advertisement