Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
19 Nov, 2026
सिकलेस हाइड्रोपावर लिमिटेडको २२ औं वार्षिक साधारण सभा आह्वान

सिकलेस हाइड्रोपावर लिमिटेडको २२ औं वार्षिक साधारण सभा आह्वानSikles Hydropower Limited: Announcement of 22nd Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 20, 2026

सिकलेस हाइड्रोपावर लिमिटेडको

२२ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

यस सिकलेस हाइड्रोपावर लिमिटेडको मिति २०८३/०८/०२ गते बुधबार दिउँसोको ४:०० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम देहायका विषयहरुमा छलफल गर्न कम्पनीको २२ औं वार्षिक साधारणसभा निम्न मिति, स्थान, र समयमा बोलाउने निर्णय भएको हुँदा कम्पनीका सम्पूर्ण शेयरधनीहरुको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

२२ औं वार्षिक साधारण सभा हुने मिति, स्थान, र समय

मिति : २०८३/०८/२७ गते, आइतबार (December 13, 2026)

स्थान : आम्बा क्लब, घारीपाटन-१७, पोखरा, कास्की ।

समय : बिहान ११ : ०० बजे

२२ औं वार्षिक साधारण सभामा छलफलका विषयहरु

(क) सामान्य प्रस्ताव :

  1. सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यू द्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।
  3. आ.व. २०८३/०८४ लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त एवं निजको पारिश्रमिक निर्धारण गर्ने ।
  4. सञ्चालक समितिबाट सिफारिस भए बमोजिम २०८३ आषाढ मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ०.६६९ प्रतिशतको दरले हुन आउने रु. ६५,३६,९०९.३२/- (अक्षरेपी पैसाठ्ठी लाख छत्तीस हजार नौ सय नौ र पैसा बत्तीस मात्र) नगद लाभांश (कर प्रयोजनको लागी) वितरणको प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।

(ख) विशेष प्रस्ताव :

  1. सञ्चालक समितिबाट सिफारिस भए बमोजिम विद्युत नियमन आयोग (ERC) बाट समेत स्वीकृत प्राप्त गरी २०८३ आषाढ मसान्त सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १२.७०६ प्रतिशतका दरले हुन आउने रु. १२,४२,०१,२७७/- (अक्षरेपी बाह्र करोड बयालिस लाख एक हजार दुई सय सतहत्तर मात्र) बराबरको बोनस शेयर वितरणको प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।
  2. बोनस सेयर जारी पश्चात कायम हुन आउने चुक्ता पुँजीको १:०.७७४५ को अनुपातमा श्री विद्युत नियमन आयोगको स्वीकृती बमोजिम रु. ८५,३२,९८,७२३.९७/- (अक्षरेपी पचासी करोड बत्तीस लाख अठ्यान्ब्बे हजार सात सय तेईस र सन्तानब्बे पैसा मात्र) रकम बराबरको हकप्रद शेयर जारी गर्ने सम्बन्धमा ।
  3. हकप्रद शेयर जारी बापत प्राप्त रकमको प्रयोजन सम्बन्धमा ।
  4. कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा ।

(ग) विविध ।

साधारण सभाको सन्दर्भमा शेयरधनी दर्ता किताब बन्द रहने सूचना :

मिति २०८३/०८/१८ गते यस कम्पनीको दाखिला खारेज दर्ता बन्द (Book Close) रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८३/०८/१७ गते सम्म कारोबार भई प्रचलित कानुन बमोजिम शेयर नामसारी भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्ने छन् ।

साधारण सभामा सम्बन्धी सामान्य जानकारी

१) साधारण सभामा भाग लिन आउने शेयरधनी महानुभावहरुले आफ्नो शेयर प्रमाणपत्र वा आफ्नो परिचय खुल्ने कुनै प्रमाणपत्र अनिवार्य लिई आउनु पर्नेछ । संगठित संस्थाबाट प्रतिनिधित्व गर्ने भएमा संगठित संस्थाको आधिकारिक पत्र पेश गर्नुपर्नेछ ।

२) सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुलाई सभा हुने दिन शेयर प्रमाणपत्रमा उल्लेखित परिचय पत्र नम्बर/हितग्राही (DMAT) खाता खोलिएको प्रमाण सहित साथमा लिई आउनुहुन अनुरोध छ ।

३) शेयरधनी महानुभावहरुको ठेगानामा हुलाक/कूरियरबाट पठाईने २२ औं वार्षिक साधारण सभाको प्रतिवेदन पठाइएको छ ।

४) साधारण सभामा भाग लिनको लागी प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रोक्सी फारम कम्पनीको केन्द्रीय कार्यालय, मुस्ताङ्गचोक वडा नं. ७ कास्की पोखरामा साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै दर्ता गरिसक्नु पर्नेछ । सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गरिसकेपछि उक्त प्रतिनिधि बदर गरी अर्के मूकरर गर्ने भएमा सोको लिखित सूचना सोही अवधिभित्र संस्थाको केन्द्रिय कार्यालयमा दर्ता गरिसक्नुपर्नेछ । यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति समेत संस्थाको शेयरधनी हुनु पर्नेछ ।

५) प्रतिनिधि नियुक्त गरिसक्नुभएको शेयरधनी आपैं सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गर्नुभएमा प्रोक्सी दिई सकेको भएपनि त्यस्तो प्रोक्सी स्वतः बदर हुनेछ ।

६) नाबालक वा विक्षिप्त शेयरधनी ज्यूहरुका तर्फबाट संस्थाको शेयर लागत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन वा प्रतिनिधि तोक्न पाउनेछन् ।

७) शेयरधनी महानुभावहरुको सुविधाको लागि हाजिरी पुस्तिका सभा हुने दिनको १०:०० बजेदेखि खुल्ला रहनेछ ।

Sikles Hydropower Limited

Notice Regarding the 22nd Annual General Meeting

As per the decision of the Board of Directors meeting of Sikles Hydropower Limited held on Wednesday, 2083/08/02 at 4:00 PM, notice is hereby published for the attendance of all shareholders at the company's 22nd Annual General Meeting called to discuss the following matters at the date, time, and venue specified below.

Date, Venue, and Time of the 22nd Annual General Meeting

Date: 2083/08/27, Sunday (December 13, 2026)

Venue: Aamba Club, Gharipatan-17, Pokhara, Kaski.

Time: 11:00 AM

Agendas for Discussion at the 22nd Annual General Meeting

(A) Ordinary Agendas:

1. To discuss and pass the annual report for the fiscal year 2082/83 presented by the Chairman on behalf of the Board of Directors.

2. To discuss and pass the financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the Auditor's Report for the fiscal year 2082/83 (including schedules).

3. To appoint an auditor for the audit work of the fiscal year 2083/084 and fix their remuneration.

4. To approve the proposal recommended by the Board of Directors for the distribution of cash dividend (for tax purposes) amounting to Rs. 65,36,909.32/- (In words: Sixty five lakh thirty six thousand nine hundred nine and thirty two paisa only) at the rate of 0.669 percent of the paid-up capital from the accumulated profit up to the end of Ashadh 2083.

(B) Special Agendas:

1. To approve the proposal recommended by the Board of Directors and approved by Electricity Regulatory Commission (ERC) for the distribution of bonus shares amounting to Rs. 12,42,01,277/- (In words: Twelve crore forty two lakh one thousand two hundred seventy seven only) at the rate of 12.706 percent of the paid-up capital from the accumulated profit up to the end of Ashadh 2083.

2. To issue right shares worth Rs. 85,32,98,723.97/- (In words: Eighty five crore thirty two lakh ninety eight thousand seven hundred twenty three and ninety seven paisa only) at the ratio of 1:0.7745 of the paid-up capital to be maintained after the bonus share issuance, as per the approval of the Electricity Regulatory Commission.

3. Regarding the purpose of the funds received from the issuance of right shares.

4. Regarding amendments to the Memorandum and Articles of Association of the company.

(C) Miscellaneous.

Notice Regarding Book Closure for the General Meeting:

The company's share transfer register (Book Close) will remain closed on 2083/08/18. Only those shareholders whose shares have been traded on Nepal Stock Exchange Limited up to 2083/08/17 and transferred as per prevailing laws shall be eligible to attend the meeting.

General Information Regarding the Annual General Meeting

1) Shareholders coming to attend the general meeting must mandatorily bring their share certificate or an official identification document. If representing an institutional entity, an official letter from the institution must be presented.

2) Shareholders wishing to attend the meeting are requested to bring along their identity card number/Demat account proof mentioned in the share certificate on the day of the meeting.

3) The report of the 22nd Annual General Meeting is being sent by post/courier to the address of the shareholders.

4) Shareholders who wish to appoint a proxy to attend the general meeting must register the proxy form at the company's central office, Mustangchowk Ward No. 7, Kaski Pokhara, at least 48 hours prior to the general meeting. If a shareholder revokes the proxy after appointment and appoints another proxy, a written notice thereof must be registered at the central office within the same timeframe. The person appointed as a proxy must also be a shareholder of the company.

5) If a shareholder who has appointed a proxy attends the meeting in person and signs the attendance register, such proxy shall automatically be canceled.

6) On behalf of minor or incapacitated shareholders, the person registered as a guardian in the company's share register shall be eligible to attend the meeting or appoint a proxy.

7) For the convenience of shareholders, the attendance register will remain open from 10:00 AM on the day of the meeting.

Advertisement