
सुपर हेवा पावर कम्पनीको १६ औं वार्षिक साधारण सभा बस्ने सूचनाSuper Hewa Power Company: Notice of 16th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 21, 2026
१६ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०६/०५)
शेयरधनी महानुभावहरू,
मिति २०८३/०६/०२ गते शुक्रबार अर्थात १८ सेप्टेम्बर, २०२६ का दिन बिहान ११:३० बजे बसेको सञ्चालक समितिको २६ औं बैठकको निर्णय बमोजिम यस कम्पनीको आ.व. २०८२/८३ को १६औं वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा निम्न लिखित विषय उपर छलफल गरी निर्णय गर्न बस्ने भएको हुँदा शेयरधनी स्वयं उपस्थित हुन वा रीतपूर्वक प्रतिनिधि मुकरर गरी पठाई दिनुहुन सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीको लागि कम्पनी ऐन, २०६३ को दफा ६७ (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, स्थान र समय
मिति : २०८३/०६/२५ गते, आईतबार अर्थात अक्टोबर ११, २०२६ ।
स्थान : बुद्ध प्यालेस पार्टी भेन्यू, काठमाडौँ म.न.पा., वडा नं. १५, सानोभर्याङ, रिङरोड, काठमाडौँ ।
समय : बिहान ११:३० बजे ।
छलफलका विषयहरू:
- सञ्चालक समितिकोतर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने सम्बन्धमा ।
- आ.व. २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोको सम्पूर्ण अनुसूचीहरू पारित गर्ने सम्बन्धमा ।
- आ.व. २०८३/०८४ को लागि लेखापरीक्षक नियुक्ति गर्न कम्पनी ऐन, २०६३ को दफा १६५ को (घ) बमोजिम लेखापरीक्षण समितिबाट प्राप्त सिफारिस बमोजिम सोही ऐनको दफा १११ बमोजिम नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
- सञ्चालक समिति गठन गर्ने सम्बन्धमा ।
- ३.१५७९ प्रतिशत (कर सहित) नगद लाभांश स्वीकृत गर्ने सम्बन्धमा ।
- विविध ।
निर्वाचन सम्बन्धी कार्यक्रम:
१. ४ (चार) जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
Notice of the 16th Annual General Meeting
(First published date 2083/06/05)
Dear Shareholders,
As per the decision of the 26th meeting of the Board of Directors held on Friday, 2083/06/02 (September 18, 2026) at 11:30 AM, the 16th Annual General Meeting of this company for the F.Y. 2082/83 will be held at the following date, venue, and time to discuss and decide on the matters listed below. This notice is published for the information of all shareholders in accordance with Section 67 (2) of the Companies Act, 2063, requesting shareholders to attend in person or appoint a proxy in the prescribed format.
Meeting Date, Venue and Time
Date: 2083/06/25, Sunday (October 11, 2026).
Venue: Buddha Palace Party Venue, Kathmandu Metropolitan City, Ward No. 15, Sanobharyang, Ring Road, Kathmandu.
Time: 11:30 AM.
Agendas for Discussion:
1. Regarding the presentation and approval of the Annual Report of F.Y. 2082/083 to be presented by the Chairman on behalf of the Board of Directors.
2. Regarding the approval of the Auditor's Report of F.Y. 2082/083 and the Annual Financial Statements including the Balance Sheet, Profit and Loss Account, Cash Flow Statement for the same period, Statement of Changes in Equity, and all related schedules.
3. Regarding the appointment of the Auditor for F.Y. 2083/084 as per the recommendation received from the Audit Committee in accordance with Section 165 (d) of the Companies Act, 2063, and fixing their remuneration in accordance with Section 111 of the same Act.
4. Regarding the constitution of the Board of Directors.
5. Regarding the approval of 3.1579 percent (including tax) cash dividend.
6. Miscellaneous.
Election Program:
1. Regarding the election of 4 (four) Directors.
By Order of the Board of Directors,
Company Secretary