आधिकारिक सूचनाOfficial AnnouncementOthers
16 Jul, 2026
सूर्यकुण्ड हाइड्रोको सामुहिक लगानी कोष शेयरको लक-ईन अवधि समाप्ति सूचना

सूर्यकुण्ड हाइड्रोको सामुहिक लगानी कोष शेयरको लक-ईन अवधि समाप्ति सूचनाSuryakunda Hydro: Collective Investment Scheme Share Lock-In Period Expiry Notice

वर्ग:Category:
Others
प्रकाशित मिति:Published:
Published on July 16, 2026

श्री नेपाल धितोपत्र बोर्डको पत्र संख्या २०८०/०८१, चलानी नं. १५२३, मिति २०८०/०८/२५ को निर्देशानुसार यस सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएको साधारण शेयरहरु मध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई बाँडफाँड गरी बाँकी रहेको ६,८९,६७५ (अक्षररूपी छ लाख उनान्नब्बे हजार छ सय पचहत्तर मात्र) शेयर कित्ताको ५% अर्थात ३४,४८४ (अक्षररूपी चौँतिस हजार चार सय चौरासी) कित्ता साधारण शेयरहरु सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएकोमा उक्त शेयरहरुको लक-ईन (Lock-In) अवधि सर्वसाधारणमा बाँडफाँड भएको मितिले छ (६) महिना अर्थात २०८३/०५/०४ सम्म रहेको तथा सो पश्चात् समाप्ति हुने व्यहोरा सम्पूर्ण नियमनकारी निकायहरु, शेयरधनी महानुभावहरु तथा सरोकारवालाहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

उक्त ५% अर्थात ३४,४८४ कित्ता साधारण शेयरहरु मध्ये ३२७ कित्ता साधारण शेयर सिटिजन्स म्युचुअल फण्ड २ (CMF 2) लाई बाँडफाँड गरिएकोमा उक्त सिटिजन्स म्युचुअल फण्ड २ मिति २०८३/०३/२१ गते परिपक्व भएको हुँदा श्री नेपाल धितोपत्र बोर्डको पत्र संख्या: २०८०/०८१, च.नं.: ११७५, मिति २०८०/०७/२० गतेको निर्देशानुसार योजनाको निर्धारित समयावधि समाप्त हुने अवस्थामा सामुहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न बाधा नपुग्ने व्यवस्था अनुसार उक्त ३२७ कित्ता बिक्री वितरण तथा लकईन खुल्ला गर्न यस कम्पनीले मिति २०८३/०३/३२ गते श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा पत्राचार गरिएको जानकारी समेत सम्पूर्ण नियमनकारी निकायहरु, शेयरधनी महानुभावहरु तथा सरोकारवालाहरुमा जानकारी गराइन्छ।

As per the directive of Nepal Securities Board letter number 2080/081, dispatch number1523,6,89,67534,484(6)
Among the said 5% or34,484327221175,327