Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
29 Oct, 2026
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको दशौँ वार्षिक साधारण सभा आह्वान

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको दशौँ वार्षिक साधारण सभा आह्वानSwabhimaan Laghubitta Calls 10th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on October 29, 2026

दशौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना

श्री शेयरधनी महानुभावहरु,

यस वित्तीय संस्थाको मिति २०८३/०७/१० गते बसेको संचालक समितिको निर्णयानुसार संस्थाको दशौँ वार्षिक साधारण सभा निम्नलिखित मिति, समय र स्थानमा देहायका प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३, को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय र स्थान

मिति : २०८३/०८/१४ गते सोमवार, तदनुसार ३० नोभेम्बर, २०२६ ।

समय : बिहान ११:०० बजे ।

स्थान : द एस आर होटल (THE SR Hotel) तिलोत्तमा न.पा.वडा नं. १ ड्राइभरटोल, रुपन्देही ।

छलफलको विषय सूची :

क. सामान्य प्रस्ताव:

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षण प्रतिवेदन सहितको २०८३, आषाढ मसान्तको वासलात, आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।

(३) आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना संचालकको निर्वाचन गर्ने ।

ख. विशेष प्रस्ताव:

(१) संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु.१५,३४,४५,५०९। को १:१ अर्थात १ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।

(२) वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने ।

(३) प्रबन्धपत्रमा तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ।

(४) अन्य इजाजतपत्रप्राप्त "घ" वर्गका वित्तीय संस्थासंग मर्जर (Merger) वा प्राप्ति (Acquisition) गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(५) नियमनकारी निकायबाट कुनै निर्णय उपर वा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने ।

ग. विविध ।

साधारण सभाको सन्दर्भमा शेयरधनी दर्ता किताब बन्द रहने सूचना:

मिति २०८३/०७/२० गते वित्तीय संस्थाको दर्ता बन्द (Book Close) रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८३/०७/१९ गतेसम्म कारोबार भई प्रचलित कानून बमोजिम शेयर नामसारी भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र मतदान गर्न सक्ने निर्णय गरियो ।

संचालक समितिको आज्ञाले,

कम्पनी सचिव

साधारण सभा सम्बन्धी सामान्य जानकारी:

१. साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरुले आफ्नो हितग्राही खाता नं. (BOID) तथा परिचय खुल्ने फोटो सहितको कुनै प्रमाणपत्र अनिवार्य रुपमा साथमा लिई सभामा भाग लिन आउनु हुन अनुरोध छ । संगठित संस्थाबाट प्रतिनिधित्व गर्ने भएमा संगठित संस्थाको आधिकारिक पत्र पेश गर्नुपर्नेछ ।

२. सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुलाई सभा हुने दिन शेयर प्रमाणपत्रमा उल्लेखित परिचयपत्र नम्बर र हितग्राही (DMAT) खाता खोलिएको प्रमाण सहित साथमा लिई आउनु हुन अनुरोध छ ।

Notice Regarding 10th Annual General Meeting

Dear Shareholders,

As per the decision of the Board of Directors' meeting held on 2083/07/10, the 10th Annual General Meeting of this financial institution will be held on the following date, time, and location to discuss and decide on the agenda listed below. Therefore, in accordance with Section 67 of the Companies Act, 2063, this notice is published for the information and attendance of all shareholders.

Date, Time, and Venue of the Meeting

Date: 2083/08/14 Monday, corresponding to 30 November, 2026.

Time: 11:00 AM.

Venue: THE SR Hotel, Tilottama Municipality Ward No. 1, Drivertole, Rupandehi.

Agenda for Discussion:

a. Ordinary Resolutions:

(1) To discuss and approve the Annual Report for the fiscal year 2082/083 presented by the Chairman on behalf of the Board of Directors.

(2) To discuss and approve the financial statements for the fiscal year ended 2083 Ashadh end, including the auditor's report, Balance Sheet, Income Statement, and Cash Flow Statement (along with Schedules).

(3) To appoint auditors for the auditing work of the fiscal year 2082/083 and determine their remuneration.

(4) To elect 1 director representing the general shareholders to the Board of Directors.

b. Special Resolutions:

(1) To pass a special resolution regarding the issuance of right shares in the ratio of 1:1 (1 share for every 1 share held) based on the current paid-up capital of Rs. 15,34,45,509। as proposed by the Board of Directors.

(2) To increase the authorized, issued, and paid-up capital of the financial institution and amend the Memorandum of Association accordingly.

(3) To make necessary amendments to the Memorandum of Association and Articles of Association.

(4) To authorize the Board of Directors to initiate and complete all necessary procedures if deemed appropriate to merge with or acquire another licensed "D" class financial institution.

(5) To grant authority to the Board of Directors to make necessary additions, omissions, modifications, amendments, and adjustments as per the instructions/directions of regulatory bodies regarding any decision or proposed amendments to the Memorandum and Articles of Association.

c. Miscellaneous.

Notice Regarding Book Closure for the General Meeting:

The company's registry book (Book Close) will remain closed on 2083/07/20. Shareholders whose shares are traded and transferred as per prevailing laws up to 2083/07/19 in Nepal Stock Exchange Limited will be eligible to attend and vote at the Annual General Meeting.

By Order of the Board of Directors,

Company Secretary

General Information Regarding the Annual General Meeting:

1. Shareholders attending the General Meeting are mandatorily requested to bring their Beneficiary Account Number (BOID) along with a photo identification document. In case of representation by an institutional entity, an official letter from the organization must be submitted.

2. Shareholders wishing to participate in the meeting are requested to bring proof of the identification number mentioned in the share certificate and the proof of opening a Beneficiary (DMAT) account on the day of the meeting.

Advertisement