Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
20 Aug, 2026
स्वस्तिक लघुवित्तको सातौँ वार्षिक साधारण सभा आह्वान

स्वस्तिक लघुवित्तको सातौँ वार्षिक साधारण सभा आह्वानSwastik Laghubitta Calls 7th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on August 20, 2026

कम्पनी दर्ता नं. : २०१२९२/०७५/०७६

इजाजतपत्र नं. ने.रा.बैंक/इ.प्रा./"घ"/८९/०७५/०७६

स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.

SWASTIK LAGHUBITTA BITTIYA SANSTHA LTD.

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्रप्राप्त संस्था, प्रादेशिकस्तर (मधेश प्रदेश)

सातौँ बार्षिक साधारण सभा सम्बन्धि सूचना !

सूचना प्रकाशित मिति : २०८१/०५/०४

आदरणीय शेयरधनी महानुभावहरु,

यहि मिति २०८१/०४/३० गते बसेको यस वित्तीय संस्थाको सञ्चालक समितिको ९७औं बैठकको निर्णयानुसार निम्न विषयहरु उपर छलफल गरि निर्णय गर्नको लागि सातौं बार्षिक साधारण सभा उल्लिखित मिति, समय र स्थानमा बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ (२) बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सुचना प्रकाशित गरिएको छ ।

साधारण सभा हुने मिति, समय र स्थान

मिति : २०८१/०५/२७ गते शनिवार, तदनुसार १२ सेप्टेम्बर २०२४ ।

समय : विहान ११:०० बजे ।

स्थान : विशाल होटल, लहान (सिराहा)

छलफलका विषयहरु :

(क) सामान्य प्रस्ताव

  1. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्युले पेश गर्नुहुने आ.व. २०८०/८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
  2. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/८१ को वाससात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु तथा सम्बन्धित अनुसुचिहरु छलफल गरि पारित गर्ने ।
  3. बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/०८२ का लागी लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।
  4. सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधीत्व हुनेगरि एकजना महिला सहित २ (दुई) जना सञ्चालकको निर्वाचन सम्बन्धमा ।

(ख) विशेष प्रस्ताव

  1. वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीका केही दफा/नियमहरुको संशोधन स्वीकृत गर्ने (जारी र चुक्ता पूँजी वृद्धि गर्ने एवं अन्य दफा तथा नियमहरुमा आवश्यक संशोधन गर्ने) तथा उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक संशोधन/परिमार्जन गर्न संचालक समिति वा संचालक समितिले तोकेको पदाधिकारीलाई अधिकार दिने ।
  2. हकप्रद शेयर १:२ माग गर्ने सम्बन्धमा ।
  3. वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई मर्जर/प्राप्ती (Merger/Acquisition) गर्न वा भई जान उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने ।
  4. सञ्चालकहरुको भत्ता तथा सुविधा परिमार्जन गर्ने सम्बन्धमा ।

(ग) विविध

सञ्चालक समितिको आज्ञाले,

कम्पनी सचिव

बार्षिक साधारण सभा सम्बन्धि सामान्य जानकारी

  1. सातौ वार्षिक साधारणसभामा भाग लिन ईच्छुक शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने फोटो सहितको आधिकारीक परिचय पत्र वा सोको प्रतिलिपि अनिवार्य रुपमा साथमा लिई आउनु हुन अनुरोध छ ।
  2. साधारण सभामा भाग लिन नसक्ने वा प्रतिनिधी नियुक्त गर्न चाहने शेयरधनीहरुले रीतपूर्वक प्रोक्सि फाराम भरि सभाहुनु भन्दा २४ घण्टा अगावै यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय लहान, सिराहामा दर्ता गराउनुपर्ने छ । यसरी नियुक्ती गरिएको प्रतिनिधी यस संस्थाको शेयरधनी हुनुपर्ने छ । शेयरधनीहरुको विवरण अद्यावधिक गर्ने कार्यको लागि यहि मिति २०८१/०५/११ गते शेयर कारोबार बन्द (Book Close) गरिनेछ ।
  3. शेयरधनी महानुभावहरुको सहजताको लागि साधारणसभा हुनुभन्दा कम्तिमा एक दिन पहिला नै संस्थाको वेवसाईटमा प्रस्तावित बार्षिक प्रतिवेदन पुस्तिका अपलोड गरिनेछ, सोहि वेवसाईटको प्रयोग गरि बार्षिक प्रतिवेदन प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिईएकोछ । कुनै कारणवस उक्त पुस्तिका प्राप्त नभएमा संस्थाको केन्द्रीय कार्यालयबाट समेत प्राप्त गर्न सकिने छ ।
  4. साधारण सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावहरुले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । हाजिरी पुस्तिका विहान ९ बजे देखि २ बजे सम्म वा मतदान शुरु नभएसम्म वा साधारणसभा सम्पन्न नभएसम्म खुला रहने छ
  5. शेयरधनी महानुभावहरुले व्यक्त गर्नुभएको मन्तव्य तथा जिज्ञासाहरु सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष आफैले वा निजबाट अख्तियार पाएका व्यक्तिहरुबाट सामूहिक रुपले जवाफ दिइनेछ ।
  6. छलफलका विषयहरु मध्ये विविध शिर्षक अन्तर्गत छलफल गर्न ईच्छुक शेयरधनी महानुभावहरुले सभा शुरु हुनु भन्दा ७ (सात) दिन अगावै छलफल गर्नुपर्ने विषयहरु कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनुपर्नेछ । सो विषयलाई छलफलमा समावेश गरिएपनि निर्णयको रुपमा भने राखिने छैन ।
  7. साधारण सभामा भाग लिन आउँदा जाँदा लागेको खर्च लगाएत अन्य कुनैपनि प्रकारको खर्चको शोधभर्ना यस वित्तीय संस्थाले नदिने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।
  8. निर्वाचन कार्यतालिका साधारणसभा हुनु भन्दा २४ घण्टा अगावै संस्थाको वेवसाईटमा प्रकाशित गरिने छ, निर्वाचन सम्बन्धि अन्य व्यवस्था संस्थाको स्वीकृत, सञ्चालकहरुको निर्वाचन निर्देशिका २०७६ तथा निर्वाचन सँग सम्बन्धित प्रचलित ऐन नियम बमोजिम हुनेछ ।

Company Registration No.: 201292/075/076

License No. NRB/I.Pra./"D"/89/075/076

SWASTIK LAGHUBITTA BITTIYA SANSTHA LTD.

"D" class licensed institution from Nepal Rastra Bank, Provincial Level (Madhesh Province)

Notice Regarding 7th Annual General Meeting!

Notice Publication Date: 2081/05/04

Respected Shareholders,

As per the decision of the 97th meeting of the Board of Directors of this financial institution held on 2081/04/30, the 7th Annual General Meeting is scheduled to be held on the specified date, time, and venue to discuss and decide upon the following agendas; this notice is hereby published for the information and attendance of all respected shareholders in accordance with Section 67 (2) of the Companies Act, 2063.

Date, Time, and Venue of the Annual General Meeting

Date: Saturday, 2081/05/27 (corresponding to 12 September 2024)

Time: 11:00 AM

Venue: Bishal Hotel, Lahan (Siraha)

Agendas for Discussion:

(A) Ordinary Agendas

1. To discuss and approve the Annual Report of F.Y. 2080/81 presented by the Chairperson on behalf of the Board of Directors.

2. To discuss and approve the financial statements of F.Y. 2080/81 including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the Auditor's Report and related schedules.

3. Pursuant to Section 63 of the Banks and Financial Institutions Act, 2073 and Section 111 of the Companies Act, 2063, to appoint the auditor for Fiscal Year 2081/082 and determine their remuneration.

4. Regarding the election of 2 (two) directors representing the public shareholders, including one woman.

(B) Special Agendas

1. To approve amendments to certain clauses/rules of the Memorandum and Articles of Association of the financial institution (to increase authorized and paid-up capital and make necessary amendments to other clauses and rules) and to authorize the Board of Directors or an official designated by the Board to make necessary amendments/modifications as advised or directed by regulatory authorities.

2. Regarding the requisition of Right Shares in the ratio of 1:2.

3. To delegate authority to the Board of Directors or person designated by the Board to carry out all necessary actions related to merger/acquisition if it appears appropriate to merge with or acquire another "D" class licensed microfinance financial institution.

4. Regarding the revision of allowances and facilities of the Directors.

(C) Miscellaneous

By Order of the Board of Directors,

Company Secretary

General Information Regarding the Annual General Meeting

1. Shareholders wishing to participate in the 7th Annual General Meeting are requested to compulsorily bring an official identity card with photograph or its photocopy verifying their identity.

2. Shareholders unable to attend the AGM in person or wishing to appoint a proxy must submit the duly filled proxy form to the Central Office of this financial institution in Lahan, Siraha at least 24 hours prior to the meeting. The appointed proxy must be a shareholder of this institution. Share trading will remain closed (Book Close) on 2081/05/11 for the purpose of updating the shareholder register.

3. For the convenience of the shareholders, the proposed annual report booklet will be uploaded on the institution's website at least one day before the AGM; it is believed that shareholders will access the annual report through the website. In case the booklet is not received for any reason, it can also be obtained from the Central Office of the institution.

4. Every shareholder attending the AGM must be present at the meeting venue and sign the attendance register. The attendance register will remain open from 9:00 AM to 2:00 PM or until voting commences or until the AGM concludes.

5. The Chairperson himself or persons authorized by him on behalf of the Board of Directors will collectively answer the remarks and queries expressed by the shareholders.

6. Shareholders wishing to discuss topics under the Miscellaneous heading must submit the agenda in writing to the Chairperson of the Board of Directors through the Company Secretary at least 7 (seven) days prior to the commencement of the meeting. Even if included in the discussion, such topics will not be made matters of decision.

7. Respected shareholders are informed that this financial institution will not reimburse travel expenses or any other types of expenses incurred while attending the AGM.

8. The election schedule will be published on the institution's website 24 hours prior to the AGM; other election arrangements will be in accordance with the institution's approved Directors Election Directives 2076 and relevant prevailing laws and regulations.

Advertisement