
युनिक नेपाल लघुवित्तको विशेष साधारण सभा आह्वानUnique Nepal Laghubitta Calls Special General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on August 16, 2026
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड
(नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था)
केन्द्रीय कार्यालय, कोहलपुर न.पा. ११, बाँके
फोन नं. ०८१ ५४०२१३, टोल फ्रि नं. १६६०८१५४०८१
विशेष साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित: २०८०/०४/३०)
आदरणीय शेयरधनी महानुभावहरु,
यस वित्तीय संस्थाको सञ्चालक समितिको २०८० साल साउन २९ गते सोमबार बसेको १२१औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको विशेष साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ।
विशेष साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८० भदौ १४ गते बिहीबार (तदनुसार ३१ अगस्ट, २०२३)
समय : बिहान १०:३० बजे
स्थान : १. केन्द्रीय कार्यालय, कोहलपुर न.पा. ११, बाँके र
२. रियल टाइम अनलाइन प्रविधि (भौतिकरुपमा उपस्थित हुन नसक्ने शेयरधनीहरुका लागि)
(जुम वा वेबिनार मिटिङ्गको लिङ्क संस्थाको वेबसाइटमा राखिने छ र सम्भव भएसम्म शेयरधनीहरुको मोबाइल नम्बरमा पनि जुम वा वेबिनार लिङ्क पठाइने छ ।)
छलफलका विषयहरु:
(क) विशेष प्रस्तावहरु
१. युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पत्ति, दायित्व तथा कारोवारको पुनः समायोजित मूल्यांकन (Due Diligence Audit-DDA) प्रतिवेदनको आधारमा सञ्चालक समितिले आधार नेटवर्थमा पुनः समायोजन गरेको प्रतिशत बमोजिम शेयर आदान प्रदान अनुपात (Share SWAP Ratio) सहित गाभ्ने गाभिने (Merger) सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गर्ने ।
२. तीन वटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) सिलसिलामा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन वा सुझाव भएमा सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।
(ख) विविध ।
सञ्चालक समितिको निर्णय अनुसार
कम्पनी सचिव
विशेष साधारण सभा सम्बन्धी अन्य जानकारी :
१. विशेष साधारण सभा प्रयोजनका लागि मिति २०८०/०५/०८ गते १ दिन वित्तीय संस्थाको दाखिल खारेज बन्द (Book Close) रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८०/०५/०५ गतेसम्म कारोवार भई प्रचलित कानुन अनुसार तोकिएको समयावधि भित्रमा यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार श्री मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौमा प्राप्त शेयरधनी नामसारी लिखतको आधारमा शेयरधनी दर्ता किताबमा अद्यावधिक भई कायम शेयरधनीहरुले मात्र विशेष साधारण सभामा भाग लिन पाउने छन् ।
२. विशेष साधारण सभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरुले आधिकारिक परिचय पत्र वा सोको प्रतिलिपि अनिवार्य रुपमा साथमा लिई आउन अनुरोध छ ।
Notice Regarding Special General Meeting
(First Published Date: 2080/04/30)
Respected Shareholders,
As per the decision of the 121th meeting of the Board of Directors of this financial institution held on Monday, Shrawan 29, 2080, the Special General Meeting of this financial institution will be held on the following date, time, and venue to discuss and decide on the agenda items mentioned below. Therefore, in accordance with Section 67 of the Companies Act, 2063, this notice is published for the information and attendance of all respected shareholders.
Date, Time and Venue of the Special General Meeting:
Date: Thursday, Bhadra 14, 2080 (Corresponding to 31 August, 2023)
Time: 10:30 AM
Venue: 1. Central Office, Kohalpur Municipality-11, Banke and
2. Real-Time Online Technology (for shareholders unable to attend physically)
(The Zoom/Webinar meeting link will be available on the institution's website and will also be sent to shareholders' mobile numbers where feasible.)
Agendas for Discussion:
(A) Special Resolutions
1. To pass the proposal of the Board of Directors regarding the merger of Unique Nepal Laghubitta Bittiya Sanstha Limited, Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited, and Manushi Laghubitta Bittiya Sanstha Limited, including the Share Swap Ratio determined based on the percentage readjusted by the Board of Directors on the base net worth according to the Due Diligence Audit (DDA) report of assets, liabilities, and business.
2. To grant full authority to the Board of Directors or officials designated by the Board of Directors to carry out necessary actions in accordance with any instructions or suggestions from regulatory bodies regarding amendments, changes, or revisions during the merger process of the three microfinance institutions.
(B) Miscellaneous.
By Order of the Board of Directors
Company Secretary
Other Information Regarding the Special General Meeting:
1. The Book Close of the financial institution will remain for 1 day on 2080/05/08 for the purpose of the Special General Meeting. Only shareholders whose names are maintained in the shareholder register book based on share transfer deeds received by the institution's Share Registrar, Muktinath Capital Limited, Narayanchaur, Naxal, Kathmandu within the timeframe stipulated by prevailing laws for trading conducted on the Nepal Stock Exchange Limited up to 2080/05/05, will be eligible to participate in the Special General Meeting.
2. Respected shareholders attending the Special General Meeting are mandatorily requested to bring an official identification card or a copy thereof.