
वाटर इनर्जी सोलुसनको नवौं वार्षिक साधारण सभा आह्वानWater Energy Solution Calls 9th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on August 20, 2026
वाटर इनर्जी सोलुसन लिमिटेड
नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८१/०५/०४)
शेयरधनी महानुभावहरू,
यस कम्पनीको मिति २०८१/०५/०३ गते बुधबार बिहान ११:३० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम आ.व. २०८०/०८१ को नवौं वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा निम्न लिखित विषय उपर छलफल गरी निर्णय गर्न बोलाउने निर्णय भएको हुँदा उक्त साधारण सभामा शेयरधनी स्वयं उपस्थित हुन वा रीतपूर्वक प्रतिनिधी मुकरर गरी पठाई दिनु हुन सबै शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा हुने मिति, स्थान र समय
मिति : २०८१/०५/२६ गते, शुक्रबार अर्थात सेप्टेम्बर ११ तारीख २०२४ ।
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, मध्यपुर थिमी न.पा. वडा नं. ३ कौसल्टार, भक्तपुर ।
समय : बिहान ११:०० बजे ।
छलफलका विषयहरूः
सामान्य प्रस्ताव :
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, २०८० साल श्रावण १ गते देखि २०८१ साल आषाढ मसान्तसम्मको नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन लगायत सम्पूर्ण अनुसूची पारित गर्ने सम्बन्धमा ।
- कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (पुरानो लेखापरीक्षक पुनः नियुक्तिको लागी योग्य रहेको)
- विविध ।
विशेष प्रस्ताव
१. यस कम्पनीको सर्वसाधारणका निम्ती शेयरको प्रारम्भिक सार्वजनिक निष्काशनको प्रक्रियामा रहेकोले सो सम्बन्धमा प्रबन्धपत्र र नियमावलीमा कुनै पनि संसोधन गर्नु परेमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
२. प्रस्ताव बमोजिम प्रबन्धपत्र र नियमावलीमा कुनै पनि संसोधन गर्नु परेमा तथा सो कार्य बापत्को सम्पूर्ण कार्यविधीको लागी सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
Water Energy Solution Limited
Notice Regarding 9th Annual General Meeting
(First published date: 2081/05/04)
Respected Shareholders,
As per the decision of the Board of Directors meeting of this company held on Wednesday, 2081/05/03 at 11:30 AM, the 9th Annual General Meeting for the F.Y. 2080/081 has been decided to be convened on the following date, venue, and time to discuss and decide on the agenda items mentioned below. Therefore, this notice is published for the information of all respected shareholders to attend the AGM in person or by appointing a duly authorized proxy.
Date, Venue, and Time of the AGM
Date: 2081/05/26, Friday, i.e., September 11, 2024.
Venue: Registered Office of the Company, Madhyapur Thimi Municipality Ward No. 3, Kaushaltar, Bhaktapur.
Time: 11:00 AM.
Agenda for Discussion:
Ordinary Agendas:
1. To discuss and approve the Annual Report for F.Y. 2080/81 presented by the Chairman on behalf of the Board of Directors.
2. To discuss and approve the Auditor's Report for F.Y. 2080/81 and the Annual Financial Statements including Balance Sheet, Profit and Loss Account from 2080 Shrawan 1 to 2081 Ashadh end, Cash Flow Statement for the same period, Statement of Changes in Equity, and all related schedules.
3. Pursuant to Section 111 of the Companies Act, 2063, to appoint the Auditor for the F.Y. 2081/082 and determine their remuneration. (The incumbent auditor is eligible for reappointment)
4. Miscellaneous.
Special Agendas:
1. As this company is in the process of Initial Public Offering (IPO) of shares to the general public, to grant full authority to the Board of Directors to make any amendments to the Memorandum of Association and Articles of Association in that regard, if required.
2. To grant full authority to the Board of Directors to make any amendments to the Memorandum and Articles of Association as per the proposal and for the entire procedure related thereto.
By Order of the Board of Directors,
Company Secretary